भ्याली कप टी-२० : ग्रेट हिमालयनद्वारा सीएसी पराजित

काठमाडौं । भ्याली कप टी-२० क्रिकेट प्रतियोगितामा ग्रेट हिमालयन क्रिकेट एकेडेमीले सीएसी भक्तपुरलाई पराजित गरेको छ ।

प्रतियोगिताको आफ्नो जितको यात्रा कायम राख्ने क्रममा ग्रेट हिमालयनले सीएसी भक्तपुरलाई २१ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको ग्रेट हिमालयनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।

ग्रेट हिमालयनका लागि इशाान पान्डेले २६ बलमा ३९ तथा दीनेश बुढामगरले २३ बलमा २१ रन बनाए ।

सीएसी भक्तपुरका लागी भुपेन्द्र चन्द र स्वरुप श्रेष्ठले समान २/२ तथा किरण चन्दले १ विकेट लिए ।

ग्रेट हिमालयनले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको सीएसी भक्तपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन मात्र बनायो ।

सीएसी भक्तपुरका लागि विपिन आचार्यले ४० बलमा ६० तथा स्वरुप श्रेष्ठले १८ बलमा १५ रन बनाए ।

ग्रेट हिमालयनका लागि प्लेयर अफ द म्याच अभिसेक थापा र सन्दीप पराजुलीले समान २/२ तथा दीपक चन्द्रकान्त पौडेलले १ विकेट लिए ।

प्रतियोगिता भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेसम्म जारी रहने छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता रहनेछ।

पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन् ।

पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।

यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछ। महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]