भ्याली कप टी-२० : ग्रेट हिमालयनद्वारा सीएसी पराजित

२०८१ जेष्ठ १७, बिहीबार १६:१८

काठमाडौं । भ्याली कप टी-२० क्रिकेट प्रतियोगितामा ग्रेट हिमालयन क्रिकेट एकेडेमीले सीएसी भक्तपुरलाई पराजित गरेको छ ।

प्रतियोगिताको आफ्नो जितको यात्रा कायम राख्ने क्रममा ग्रेट हिमालयनले सीएसी भक्तपुरलाई २१ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको ग्रेट हिमालयनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।

ग्रेट हिमालयनका लागि इशाान पान्डेले २६ बलमा ३९ तथा दीनेश बुढामगरले २३ बलमा २१ रन बनाए ।

सीएसी भक्तपुरका लागी भुपेन्द्र चन्द र स्वरुप श्रेष्ठले समान २/२ तथा किरण चन्दले १ विकेट लिए ।

ग्रेट हिमालयनले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको सीएसी भक्तपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन मात्र बनायो ।

सीएसी भक्तपुरका लागि विपिन आचार्यले ४० बलमा ६० तथा स्वरुप श्रेष्ठले १८ बलमा १५ रन बनाए ।

ग्रेट हिमालयनका लागि प्लेयर अफ द म्याच अभिसेक थापा र सन्दीप पराजुलीले समान २/२ तथा दीपक चन्द्रकान्त पौडेलले १ विकेट लिए ।

प्रतियोगिता भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेसम्म जारी रहने छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता रहनेछ।

पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन् ।

पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।

यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछ। महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy