आईसीसी अवार्डमा कोहलीको राज, ३ वटै अवार्ड जित्ने इतिहासमै पहिलो खेलाडी

  • विकेटनेपाल, माघ-८ , मङ्गलबार 

बिराट कोहली बिश्व क्रिकेट इतिहासमै एकै वर्ष आईसीसी वर्ष खेलाडी, आईसीसी वर्ष उत्कृस्ट टेस्ट खेलाडी तथा आईसीसी वर्ष उत्कृस्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडी समेत घोषित हुने पहिलो खेलाडी बनेका छन्।

आईसीसीले बुधवार घोषणा गरेको आईसीसी अर्वार्डमा त्यति मात्रै हैन कोहली आईसीसी द्वारा घोषित ‘टेस्ट टिम अफ द एअर’ र ‘ओडीआई टिम अफ द एअर’को कप्तान समेत भएका छन्।

वर्ष २०१८ मा उत्कृस्ट लयमा रहेका कोहलीले ५५.०८ को एभरेजले १३ टेस्टमा कुल १३२२ रन बनाएका थिए जसमा ५ शतक सामेल थियो। यस्तै १४ वटा एकदिवसीय अन्तर्राष्ट्रियमा कोहलीले १३३.५५ को अचम्मित पार्ने एभरेजले कुल १२०२ रन बनाएका थिए जसमा ६ वटा शतक सामेल थियो। यस्तै उनले १० वटा टि-२० अन्तर्राष्ट्रियमा २११ रन बनाए।

सन् २००८ को मलेसियामा सम्पन्न अन्डर-१९ बिश्वकपमा भारतको कप्तानी गर्दै जित दिलाएका ३०वर्षीय  कोहली यो वर्षको २०१८ को उत्कृस्ट टेस्ट र एकदिवसीय खेलाडी बनेका छन्। दुवै फर्म्याटमा कोहलीले सबैभन्दा धेरै रन बनाए। २०१८ मा एकदिवसीयमा ३ जनाले तथा टेस्टमा २ जनाले मात्र १,००० रन पुरा गर्न सकेका थिए।

आईसीसीले सर गारफिल्ड सोबर्सको नामबाट प्रदान गर्दै आएका टेस्ट क्रिकेटर अफ द एअरको अवार्डमा कोहली पछि दक्षिण अफ्रिकाका कागीसो रबाडा दोश्रो स्थानमा रहे भने ओडीआईमा कोहली पछि अफगानिस्तान लेग स्पिनर राशिद खान दोश्रो स्थानमा रहे।

ऐतिहासिक सफलता पछि कोहलीले बताएका छन् –

“एकदमै खुसि लागेको छ। यो मैले वर्ष भरि गरेको मेहनतको पुरस्कार हो। म मेरो टिम प्रति पनि धन्य छु जसले मसंगै राम्रो गरिरहेको छ। एउटा क्रिकेटरको रुपमा म गर्व गर्छु किनकि बिश्व स्तरमा धेरै क्रिकेटरहरु यो खेलखेली रहेका छन्।”

कोहलीले गत वर्ष पनि आईसीसी एकदिवसीय वर्ष खेलाडीको अवार्ड जितेका थिए भने सन् २०१२ मा पनि यो उपलब्धि हाँसिल गरेका थिए। कोहलीको नाममा हाल २१९ एकदिवसीयमा १०,३८५ कुल रन रहेको छ भने ७७ टेस्टमा ६६१३ रन रहेको छ। यस्तै टि-२० मा कोहलीले ६५ खेलमा २१६७ रन बनाएका छन्। एकदिवसीयमा उनले ३९ शतक र ४८ अर्धशतक प्रहार गरेका छन् भने टेस्टमा २५ शतक र २० अर्धशतक प्रहार गरिसकेका छन्। टि-२० मा शतक प्रहार नगरेका उनले १९ अर्धशतक बनाएका छन्।

आईसीसी वर्ष टेस्ट टिम ( ब्याटिंग अर्डर अनुसार ) – टम लाथम ( न्युजिल्याण्ड ), डीमुथ करुनारत्ने ( श्रीलंका ) , केन विलीयमसन ( न्युजिल्याण्ड ) , बिराट कोहली ( कप्तान, भारत )  , हेनरी निकोलस ( न्युजिल्याण्ड ) , रिशभ पन्त ( भारत, विकेटकिपर ) , जेसन होल्डर ( वेस्ट इन्डिज ) , कागीसो रबाडा ( दक्षिण , अफ्रीका ) , नाथन लायन ( अस्ट्रेलिया ) , जस्प्रित बुम्राह ( भारत ) , मोहम्मद अब्बास ( पाकिस्तान )

आईसीसी वर्ष एकदिवसीय टिम ( ब्याटिंग अर्डर अनुसार )- रोहित शर्मा ( भारत ) , जोनी बेयरस्टो ( इंग्ल्याण्ड ) , बिराट कोहली ( कप्तान, भारत ) ,जोय रुट ( इंग्ल्याण्ड ) , रोस टेलर ( न्युजिल्याण्ड ) , जोस बटलर( इंग्ल्याण्ड ), बेन स्टोक्स ( इंग्ल्याण्ड ), मुस्तफिजुर रेहमान ( बंगलादेश ) , राशिद खान ( अफगानिस्तान ) , कुलदिप यादब ( भारत ) , जस्प्रित बुम्राह ( भारत )

अम्पायर अफ द एअर – कुमार धर्मसेना ( श्रीलंका )
एसोसीएट प्लेयर अफ द एअर – कालम म्याकलेओड (  स्कटल्याण्ड )
फ़्यान्स मोमेन्ट अफ द एअर – भारतले न्युजिल्याण्डलाई पराजित गर्दै यु-१९ बिश्वकप जितेको
स्पिरिट अफ क्रिकेट – केन विलियमसन ( न्युजिल्याण्ड )
इमर्जिङ्ग क्रिकेटर अफ द एअर – रिशभ पन्त





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]