हारपछि दिल्लीको तारिफ गर्दै कोहलीले भने – “पराजित गर्न मुस्किल टिम”

आईपीएल टि-२० अन्तर्गत दिल्ली क्यापिटल्ससंग कमजोर प्रदर्शन गर्दै ५९ रनको ठूलो अन्तरको हारपछि बैंगलोर कप्तान बिराट कोहलीले दिल्ली टिमको तारिफ गर्दै आफ्नो टिमको कमजोर पक्ष औल्याएका छन्।दिल्लीले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले १३७ रन मात्र बनाउन सकेको थियो।

कोहलीले पहिलो इनिंगमा आफ्ना फिल्डरहरुले सजिलो क्याच पनि छोडेको बताए –

“उनीहरुले पहिलो ६ ओभर उत्कृस्ट सुरुवात गरे जसपछि ८ ओभर हामीले पुनरागमन गर्यौं तर अन्तिम समयमा हामीले राम्रो गर्न सकेनौ। हामीले नजिक आएको अवसरलाई समात्न सक्नुपर्छ। आधा मौका हैन हामीले सजिलो क्याच पनि छोड्यौ त्यो पीडादायी थियो। हामीले कुनै पनि पक्षमा आज उत्कृस्ट प्रदर्शन गर्न सकेनौं।”

कोहलीले दिल्ली ओपनर पृथ्वी र धवन तथा स्टोइनिसको तारिफ गरे – “नयाँ बलमा हामि आक्रामक थियौं तर पृथ्वी र शिखरले निकै राम्रो ब्याटिंग गरे। मलाई लाग्छ पृथ्वीले खेललाई हामिबाट पर लगे र हामीले त्यसको अपेक्षा गरेका थियौं। हामीले उनलाई क्याच गराउन फिल्डर राख्यौं र उनको विकेट लिन स्पिनर पनि लगायौं।” पहिलो ६ ओभर पछि हामि खेलमा फर्कन सफल भएका थियौं तर त्यसपछि स्टोइनिसले अन्तिममा निकै राम्रो ब्याटिंग गरे जसले हामिबाट खेल खोसे।”

एक समय ९०/३ को अवस्थामा पुगेको दिल्लीको लागि स्टोइनिस र रिशभ पन्तले चौथो विकेटको लागि ८९ रनको साझेदारी गरेका थिए। त्यस क्रममा स्टोइनिसले २६ बलमा अविजित ५३ रन तथा पन्तले २५ बलमा ३७ रन बनाएका थिए।

कोहलीले अर्को खेलमा डेथ ओभर स्पेसलिस्ट दक्षिण अफ्रिकी बलर क्रिस मोरिस खेल्ने संकेत दिए। आज लेग स्पिनर एडम जम्पाको स्थानमा टिमले मोइन अलिलाई खेलाएको थियो जसले राम्रो प्रदर्शन गर्न सकेनन्। मोरिस पूर्णत फिट नहुँदा खेल्न पाएनन् –

“मोरिस आज खेल्न थोरैले चुक्न पुगे। अब हामिसंग ४ दिन छ। मोरिस आएपछि टिममा छुट्टै सन्तुलन आउनेछ।”

कोहलीले लक्ष्य पछ्याउने क्रममा साझेदारी हुन नसकेको बताए – “लक्ष पछ्याउदा ठूलो साझेदारी आवस्यक थियो। यदी १० ओभर बाँकी हुँदा ७-८ विकेट बाँकी रहेको भए खेल अझै हाम्रो पक्षमा हुन सक्थ्यो। पन्जाब बिरुद्ध पनि त्यस्तै भएको थियो।”

बैंगलोर कप्तानले दिल्ली टिमको तारिफ गर्दै पराजित गर्न मुस्किल टिम बताए –

“उनीहरु ( डल्ली ) निकै राम्रो क्रिकेट खेलीरहेका छन्। उनीहरुको ब्याटिंग लाइन अप निडर छ भने टिम सन्तुलित छ। बलिंग लाइन अप पनि उस्तै राम्रो छ त्यसैले पराजित गर्न गार्हो छ। तर म पराजितनै गर्न नसकिने टिम भने मान्दिन तर पनि गाह्रो टिम भने हो। यस्तो टिम बिरुद्ध हामीले उत्कृस्ट खेल खेल्नु पर्छ जुन आज हामीले गर्न सकेनौं।”

हारपछि बैंगलोर अंकतालिकाको तेश्रो स्थानमा रहेको छ। समान ६ अंक रहेता पनि मुम्बई नेट रन रेटमा अघि रहेको छ। दिल्ली ८ अंक सहित पहिलो स्थानमा छ।

‘योजना अनुसार बलिंग गरे’ – प्लेयर अफ द म्याच पटेल 

खेलको प्लेयर अफ द म्याच चुनिएका देब्रे हाते स्पिनर अक्षर पटेलले आफुले योजना अनुसारको बलिंग गरेको बताए। पटेलले ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिएका थिए जुन क्रममा आरोन फिंच र मोइन अलिको विकेट लिएका थिए।

“मैले पावरप्लेमा बलिंग गर्न अभ्यास गरेको थिए। योजना अनुसार बलिंग गर्न सके। ब्याट्सम्यानसंग कुरा गरे पछि विकेट स्लो छ भन्ने थाहा पाएको थिए। त्यसैले मैले बल स्टम्पमा सुस्त गतिमा फाले। सुरुमा रक्षात्मक गर्ने सोच बनाएको थिए तर तेश्रो बल राम्रो घुमेपछि मैले गेर परिवर्तन गरेर आक्रामक मोडमा लगे।” पटेलले बताए।

प्लेयर अफ द म्याच चुनिएका अक्षर पटेल

‘अक्षर र आश्विनले खेल जिताए’ – रबाडा

यस्तै खेलमा ४ विकेट लिंदै यो सिजनको उत्कृस्ट स्पेल दर्ता गरेका कागीसो रबाड़ाले स्पिनरहरुको तारिफ गरे –

“आरसीबि जस्तो राम्रो ब्याट्सम्यानहरु भएको टिमलाई पराजित गर्दा आत्मविश्वास मिलेको छ। मैले विकेट लिने योजना बनाएको थिइनँ, मात्र नियन्त्रित बलिंग गर्न खोजेको थिए। मलाई लाग्छ स्पिनरहरुले उत्कृस्ट काम गरे। उनीहरुले पावरप्लेमा राम्रो बलिंग गर्दै हाम्रो लागि सहज बनाए। वास्तविक रुपमा भन्दा अक्षर र आश्विनले खेल जिताए।

दिल्ली कप्तान श्रेयस ऐयरले पाँचौ खेलमा चौथो जित पछि टिमको तारिफ गरे-

“दबाबमा खेलाडीहरुले राम्रो प्रदर्शन गरे जसको तारिफ गर्नुपर्छ। हाम्रो योजना निडर र स्वतन्त्र भएर खेल्ने थियो। हाम्रो टिममा राम्रो युवा खेलाडीहरु छन् जसले प्रतिभा र कला देखाए। हामि यही लय कायम राख्न चाहन्छौ।”

लिग अन्तर्गत दिल्लीले आगामी खेल शुक्रबार राजस्थान रोयल्स बिरुद्ध तथा बैंगलोरले शनिबार कोलकाता बिरुद्ध खेल्ने तालिका रहेको छ। मंगलबार मुम्बई इन्डीएन्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। खेल शेख जायद स्टेडीयममा ७:४५ बजे राति सुरु हुनेछ।

रबाडाले सिजनकै उत्कृस्ट बलिंग, बैंगलोरलाई सहजै पराजित गर्दै दिल्ली शिर्षमा

विश्वकीर्तिमान सहित कोहलीले बनाए २ ठूलो कीर्तिमान

हैदरावादलाई अर्को झट्का ! भुवनेश्वर कुमार आईपीएलबाटै बाहिर

घाइते हुँदा अमित मिश्रा प्रतियोगिताबाटै बाहिर, सन्दिपको सम्भावना बढ्यो

कोरोनाका कारण डिपीएलको चौथो संस्करण सर्यो





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]