शेहवागद्वारा नेपाली क्रिकेट टिम र नेपालीको तारिफै तारिफ

  • विकेटनेपाल – ६ चैत्र, मंगलवार

भारतीय क्रिकेट टोलिका पुर्व स्टार खेलाडी बिरेन्द्र शेहवागले नेपाली क्रिकेट टोलिको खुलेर तारिफ गरेका छन्। सन् १९९६ मा आईसीसीको एसोसीएट राष्ट्रको मान्यता पाएको नेपालले २२ बर्ष पछि ऐतिहासिक सफलता हात पार्दा बिश्व क्रिकेट जगतमा चर्चित नामहरुले नेपाली क्रिकेट टिमलाई बधाई दिंदै प्रशंसा गरेका छन् जसमा शेहवाग पनि सामेल भएका छन्।

पुर्व बिष्फोटक ब्याट्सम्यान शेहवागले आफ्नो फेसबुक पेजमार्फत समर्थकहरुको प्रश्नको लाइभ जवाफ दिने क्रममा नेपालको तारिफ गरेका हुन्। सोमबार राति फेसबुक लाइभ मार्फत कुराकानी गर्ने क्रममा सुजन नामक एक समर्थकले राखेको प्रश्नको उत्तर दिंदै शेहवागले नेपाली टोलिलाई बधाई दिएका हुन्। नेपाली समर्थकले एकदिवसीय मान्यता पाएको नेपाली टोलिलाई के भन्न चाहानुहुन्छ भन्ने प्रश्नमा शेहवागले यस्तो जवाफ दिए-

“नेपाली टोलिले त कमाल गरेको छ। नेपाललाई अब एक दिवसीय राष्ट्रको दर्जा मिलेको छ र नेपाल एक दिवसीय राष्ट्रको सुचिमा प्रवेश गरेको छ।”

शेहवाग त्यतिमै रोकिएनन् र गत बर्ष यु-१९ एसिया कपमा नेपालले भारतलाई हराएको प्रशंग कोट्याउँदै भने-

“एक दिवसीय मान्यता पाउनु अघि नेपालको अन्डर-१९ टोलिले भारतको अन्डर-१९ टोलिलाई हराएको थियो। त्यो समय नेपालले खेलेको खेल देखेर मजा आएको थियो र मैले त्यो खेल हेरेको पनि थिएँ।”

नेपाली टिमको मात्रै हैन शेहवागले नेपाल जान समेत मन लागेको सुनाउदै सम्पूर्ण नेपालीकै तारिफ गरे-

“मैले सुनेको छु कि नेपालीहरु धेरै प्यारा हुन्छन् भनेर। म आजसम्म नेपाल गएको छैन। नेपाल एउटा कमालको देश हो र मेरो इच्छा छ कि म एकपटक नेपाल गएर घुम्न चाहन्छु, त्यहाँका मानिसहरुसंग भेट्न चाहन्छु।”

नेपाली टोलिले एक दिवसीय मान्यता पाएको खुशीमा शेहवागले जोडे” मलाई धेरै खुशी लागेको छ की नेपालले यो उपलब्धि हाँसिल गरेको छ। अब अर्को छिमेकि देशले एक दिवसीय मान्यता पाएको छ जो अब हामीसंग वानडे क्रिकेट खेल्नेछ। म मेरोतर्फबाट सबै नेपाली र नेपाली टोलिलाई धेरै-धेरै शुभकामना दिन चाहन्छु।”

७ मिनेट लामो लाइभ भिडियोमा शेहवागले व्यक्तिगत जिन्दगि, आईपीएल टिम किंग्स ११ पन्जाब लगायत बिषयमा कुरा गरेका छन्। शेहवाग किंग्स ११ पन्जाब टिमको मेन्टर हुन् र फ्यानहरुको प्रश्नमा यो पटकको आइपिएल पन्जाबले जित्ने समेत उनले दाबि गरेका छन्।

शेहवाग भन्दा अघि भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनीले पनि नेपालले एकदिवसीय मान्यता पाएकोमा बधाई दिएका थिए – “यो (एकदिवसीय राष्ट्रको मान्यता) उनीहरुको मिहिनत र सच्चा लगावको परिणाम हो। मलाई लाग्दैन कि सानो राष्ट्रहरुको सहभागिताले अन्तराष्ट्रिय क्रिकेटको स्तरलाई धमिलो बनाउछ”

नेपाल क्रिकेटको लागि यो ठुलो सफलता भएको बताउदै धोनीले एकदिवसीय मान्यता पश्चात नेपालमा क्रिकेट खेल्ने र संचालन गर्ने प्रकृयामानै ठुलो परिवर्तन आउनु पर्ने विचार ब्यक्त गरेका थिए।

बिश्वकप छनौट अन्तर्गत प्लेअफमा पपुवा न्यु गिनीलाई पराजित गरेको नेपालले हंगकंग र पपुवा न्यु गिनीलाई पछि पार्दै एकदिवसीय राष्ट्रको मान्यता पाएको हो। प्रतियोगिताको सुपर सिक्स चरण पुग्न असफल नेपाली टिमले समुह चरणको खेलमा जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसंग हार बेहोर्यो भने त्यसपछि हंगकंगलाई पराजित गरे पनि नेट रन रेटको आधारमा अफगानिस्तानसंग पछि पर्दै सुपर सिक्स पुग्न असफल भएको थियो।

Nepal Cricket Team
Nepal Cricket Team

एकदिवसीय मान्यता पाए नेपाललाई के फाइदा हुन्छ ?

१. एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई छुट्याउने बजेट ठुलो हुनेछ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

२. प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ। साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

३. यस्तै नेपालले खेलेको खेलले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछ र आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ। नेपाली खेलाडीहरु बिश्व क्रिकेटका ठुला क्रिकेटरहरुसंगै बिश्व वरियतामा सामेल हुन पाउनेछन्।

४. नेपाली खेलाडीले यो स्तरमा बनाएको रेकर्ड बिश्वरेकर्डमा गनिनेछ। नेपालले टि-२० अन्तर्राष्ट्रियको मान्यता पाउदा सोमपाल कामिले दशौं नम्बरमा ब्याटिंग गर्दै सबैभन्दा धेरै रन बनाउने बिश्वरेकर्ड बनाएका थिए। अब नेपाली क्रिकेट टिम र नेपाली खेलाडीले अर्को एकदिवसीय राष्ट्रसंग बनाएको रेकर्ड बिश्वस्तरमा गणना हुनेछ।

५. बिश्व क्रिकेट जगतले नेपाललाई हेर्ने नजर परिवर्तन हुनेछ। ठुला लिगहरुमा नेपाली खेलाडीहरुको माग समेत बढ्ने सम्भावना समेत यसले बढाउनेछ।

६. एकदिवसीय मान्यता प्राप्त राष्ट्रहरुले एकअर्कासंग मैत्रीपूर्ण सिरिज खेल्न सक्छन्। आईसीसीले दिने बजेट धेरै हुनाले सिरिज खेल्न विदेश जान पनि टिमलाई सहज हुनेछ।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]