भिभोले आईपीएलको टाइटल स्पन्सरसिप छोड्ने

भारत र चिनको बीच बढीरहेको राजनीतिक तनाव बीच चिनिया मोबाइल कम्पनि भिभो ( VIVO ) ले यो वर्ष इन्डियन प्रिमियर लिग टि-२० ( IPL ) को ‘टाइटल स्पन्सरसिप’ बाट हात झिक्ने पक्का भएको भारतीय मिडियाहरुले दावी गरेका छन्।

भारतीय मिडियाहरुका अनुसार हाल भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) र भिभो बीच आपसी सहमतिमा अलग हुने विषयमा कुराकानी चलीरहेको छ।

चिनियाँ कम्पनिसंग मुख्य प्रयोजन सम्झौता तोड्नको लागि भारतीय क्रिकेट बोर्डलाई ठुलो दवाव रहेको थियो। भारत र चिन बीच सिमा तनावको क्रममा गलवान उपत्यकामा २० जना भारतीय सैनिकहरु मारिएपछि भारतमा चिनिया सामग्रीहरु बहिस्कार गर्ने लहर चलीरहेको छ। यस कारण बिसीसीआईलाई भिभोसंगको करार रद्द गर्न दबाब रहेको थियो। भारतले ६० वटा चिनिया मोबाइल याप समेत प्रतिवन्ध गरेको थियो।

भिभोले सन् २०१७ मा २,१९९ करोड भारतीय रुपैयाँमा आईपीएलको प्रायोजन सम्झौता हाँसिल गरेको थियो। ५ वर्षे सम्झौताको हरेक सिजनमा उसले आईपीएललाई ४४० करोड रुपैयाँ दिने सम्झौता भएको थियो।

आईपीएल १९ सेप्टेम्बर देखि १० नोभेम्बरसम्म युएईमा संचालन हुनेछ। 
आईपीएल १९ सेप्टेम्बर देखि १० नोभेम्बरसम्म युएईमा संचालन हुनेछ।

यो बताईएको छ कि यो वर्ष सम्झौता स्थगित गरेर आगामी २०२१ मा सम्बन्ध सुधार भएको खण्डमा २०२१ देखि २०२३ सम्मको लागि पुनः ३ वर्षको अनुबन्ध गर्न सकिनेछ।

आईपीएलले यसै साता आइतबार आईपीएलको सबै प्रायोजक कायम रहने बताएको थियो। भिभोले हात झिक्ने भएपछि भारतीय क्रिकेट बोर्ड १ वर्षको लागि अर्को प्रायोजक खोज्न छलफल गरिरहेको बताईएको छ। तथापी छोटो समयमा ठुलो रकम दिने प्रायोजक पाउन बिसीसीआईलाई मुस्किल हुने छ किनकि प्रतियोगिता विदेशी भूमिमा आयोजना हुनेछ भने स्टेडियममा दर्शक हुनेछैनन्।

आईपीएल १९ सेप्टेम्बर देखि १० नोभेम्बरसम्म युएईमा संचालन हुनेछ।

धेरैले पढेको :- 

सन्दिप १४ दिने क्वारेन्टिनमा, पिसीआर परिक्षण नतिजा पछि सिपिएल खेल्न पाइने

अविनाश बोहराको ४ उत्कृस्ट बलिंग प्रदर्शन





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]