भिभोले आईपीएल प्रायोजन छोड्दा बिसीसीआईलाई करिब २०० करोड घाटा लाग्न सक्ने

चिनियाँ मोबाइल कम्पनि भिभोले इन्डियन प्रिमियर लिग ( आईपीएल ) को टाइटल स्पन्सरबाट हात झिकेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई ( बिसीसीआई ) लाई ठुलो आर्थिक नोक्सानी हुने अनुमान गरिएको छ।

आर्थिक वेबसाइट मनिकन्ट्रोलका अनुसार बिसीसीआईले नयाँ टाइटल स्पन्सरबाट बढीमा ३ सय करोड भारु मात्र पाउन सक्नेछ। अर्थात् करीब १४० करोड भारुको ( २२४ करोड नेपाली रुपैयाँ ) घाटा भारतीय क्रिकेट बोर्डले व्यहोर्नु पर्नसक्छ।

बिसीसीआईलाई भिभोले वार्षिक ४४० करोड भारतीय रुपैयाँ ( ७१०.४ करोड नेपाली रुपैयाँ ) दिने सम्झौता गरेको थियो। यो वर्ष भिभो प्रायोजक नहुने हुँदा नयाँ प्रायोजकबाट भिभोले दिने भन्दा निकै कम रकम बिसीसीआईले पाउन सक्ने बताईएको छ।

मनिकन्ट्रोलका अनुसार भिभो बाहिरिदा बिसीसीआई पछि आईपीएलको आधिकारिक ब्रोडकाष्टिङ पार्टनर स्टार इन्डियालाई पनि पर्नेछ।

“वर्तमान परिस्थितिमा बिसीसीआईले भिभोको सट्टा नयाँ प्रायोजकबाट ४४० करोड भारु कमाउन सक्नेछैन। भारतमा चिन बिरोधि अभियान चलीरहंदा भिभो आफ्नो ब्राण्डको प्रशारण पनि नगर्न सक्ने हुँदा प्रतियोगिताको अधिकारिक ब्रोडकास्ट पार्टनर स्टार इन्डियालाई पनि यसले ठुलो असर पर्न सक्छ।”  मोगे मिडियाका अध्यक्ष सन्दिप गोयलले मनिकन्ट्रोललाई बताए।


गोयलका अनुसार यो समयमा अर्को टाइटल स्पन्सर पाउन बिसीसीआईलाई मुस्किल हुनेछ भने चाहे अनुसार पैसा पाउने सम्भावना कम रहेको छ। ” जनताको भावना चिन बिरोधि हुँदा बिसीसीआई मुस्किल भएको हो। भिभोले आगामी वर्ष परिस्थिति कस्तो हुने आंकलन गरेर पुनः प्रायोजन सम्झौता गर्ने बारे पुनर्विचार गर्नेछ।” उनले थपे।

भारतमा चिनिया समान बहिस्कार गर्ने अभियाननै चलीरहेको छ

भारत र चिन बीच सिमा तनावको क्रममा गलवान उपत्यकामा २० जना भारतीय सैनिकहरु मारिएपछि भारतमा चिनिया सामग्रीहरु बहिस्कार गर्ने लहर चलीरहेको छ। यस कारण बिसीसीआईलाई भिभोसंगको करार रद्द गर्न दबाब रहेको थियो। भारतले ६० वटा चिनिया मोबाइल याप समेत प्रतिवन्ध गरेको थियो।

भिभोको स्थानमा को होला प्रायोजक 

भिभोको स्थानमा आईपीएलको प्रायोजकमा एफएमसीजी कम्पनि र टेलिकम कम्पनि अघि आउन सक्ने अनुमान गरिएको छ। चाडपर्वको समय आउदै गरेकोले एमएमसीजी कम्पनि र टेलिकम सेवा प्रदायकहरुको लागि बजार माहोल सिर्जना गर्ने राम्रो समय हुँदा आईपीएललाई प्रयोजन गर्न सक्ने सम्भावना बढी रहेको हो।

भारतमा चिन बिरोधि अभियान चलेका कारण भिभोको व्यापारमा निकै गिरावट आएको बताईएको छ। चिनियाँ सामग्री बिरोधि अभियान चलीरहंदा बिज्ञहरुका अनुसार भीभोले यो वर्ष टाइटल स्पन्सर छोड्ने निर्णय जिम्मेवारीपूर्ण रहेको छ। बिसीसीआईको लागि पनि यसले अस्थाई रुपमा नोक्सान पुर्याउनेछ।

बिसीसीआईसंग भिभोले २०१८-२०२३ सम्म ५ वर्षको सम्झौताको लागि २,१९९ करोड भरातीय रुपैयाँ दिने सम्झौता गरेको थियो। प्रति वर्ष ४४० करोड भारु पाउने हुँदा भिभोसंग सम्झौता रद्द गर्न बिसीसीआईले मानिरहेको थिएन। तर भिभोलाई पनि दवाव परेका कारण उसैले हात झिक्दा दुवै पक्षलाई जित-जितको अवस्था भएको छ।

१३ औं संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा आयोजना हुँदैछ।

धेरैले पढेको :- 

https://wicketnepal.com/5-kheladi-jasko-antim-ipl-wn20/

https://wicketnepal.com/sanjay-manjrekar-req-bcci-ipl-com-wn20/





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]