लारा र सचिनको विश्वरेकर्ड ठुलो अन्तरले उछिन्दै कोहली

भारतीय कप्तान बिराट कोहली लगातार आफ्नो आदर्श क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडीरहेका छन्। प्रत्येक सिरिज खेल्दा कोहली नयाँ किर्तिमान बनाईरहेका छन् जसमा तेन्दुलकरको सानो-ठुलो रेकर्ड पनि धेरै तोडिने गर्छ।

इंग्ल्याण्डमा जारि आईसीसी एक दिवसीय विश्वकप पनि कोहली र रेकर्डको कथा छुटेको छैन। भारतीय कप्तान कोहलीले विश्वकपमा पाकिस्तान बिरुद्धको अघिल्लो खेलमा तेन्दुलकरले बनाएको सबैभन्दा छिटो ११,००० एकदिवसीय अन्तर्राष्ट्रिय रनको रेकर्ड तोडेका थिए।

भारतले अब विश्वकपमा अफगानिस्तानसंग शनिवार खेल्दैछ जुन खेलमा कोहलीसंग पुनः तेन्दुलकरको रेकर्ड तोड्ने मौका रहेको छ।

कोहली करियरमा २० हजार अन्तर्राष्ट्रिय रन बाट मात्र १०४ रन टाढा छन्। उनले अफगानिस्तानसंग शनिवार खेलिने खेलमा यदी उक्त रन बनाए यो सफलता हाँसिल गर्ने विश्वको १२ औं ब्याट्सम्यान बन्नेछन्। सचिन तेन्दुलकर ( ३४,३५७ रन ) र राहुल द्रविड ( २४,२०८ रन ) पछि उनि तेश्रो भारतीय क्रिकेटर बन्नेछन्।

कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा कुल ११,०२० रन बनाएका छन् भने टेस्ट क्रिकेटमा ६,६१३ र टि-२० अन्तर्राष्ट्रियमा २,२६३ रन बनाएका छन्। यदी उनले अफगानिस्तानसंग २० हजार रन छुन सके विश्वकै सबैभन्दा छिटो क्रिकेटर बन्नेछन्।

सबैभन्दा छिटो २० हजार अन्तर्राष्ट्रिय रन बनाउने किर्तिमान भारतीय लेजेण्ड सचिन तेन्दुलकर र वेस्ट इन्डिज लेजेण्ड ब्रायन लाराको नाममा रहेको छ।  तेन्दुलकर र लारा दुवैले समान ४५३ इनिंगमा २० हजार रन पुरा गरेका थिए।

अर्कोतर्फ कोहलीले भने हालसम्म मात्र ४१५ इनिंग खेलेका छन्। यस क्रममा उनले टेस्टमा १३१ , एकदिवसीयमा २२२ र टि-२० मा ६२ इनिंग खेलेका छन्। कोहलीले तेन्दुलकर र लारालाई ठुलो अन्तरले पछि पार्नेछन्।

यो रेकर्ड छिटो बनाउने सुचीमा तेश्रो स्थानमा रहेका अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोंटिंग रहेका छन् जसले ४६८ खेलमा यो सफलता हाँसिल गरेका थिए।

२० हजार माथि अन्तर्राष्ट्रिय रन बनाउने क्रिकेटरहरु :- सचिन तेन्दुलकर ( ३४,३५७ ) , कुमार साँगाकारा ( २८,०१६ ) , रिकी पोंटिंग २७४८३, महेला जयवर्धने २५९५७, ज्याक कालिस ( २५५३४ ) , राहुल द्रविड ( २४२०८ ) , ब्रायन लारा ( २२३५८ ) , सनथ जयसूर्या ( २१०३२ ) , शिभनारायण चन्द्रपाल ( २०९८८ ) , इन्जमाम उल हक ( २०५८० ) , एबि डी भिल्लीयर्स ( २००१४ )

कोहलीले गत वर्ष अक्टोबरमा वेस्ट इन्डिजसंग एकदिवसीय अन्तर्राष्ट्रियमा १०,००० रन पुरा गरेका थिए। सो क्रममा पनि उनले सचिन सबै भन्दा छिटो १०,००० रन बनाउने ब्याट्सम्यानको रेकर्ड तोड्दै २०५ इनिंगमा उक्त रन बनाएका थिए। सचिन तेन्दुलकर पछि एकदिवसीयमा धेरै शतक बनाउने रेकर्ड पनि कोहलीकै नाममा रहेको छ। सचिनले ४९ शतक बनाएका थिए भने कोहली उनको रेकर्ड तोड्न अब मात्र ९ शतक टाढा रहेका छन्। ५० शतक बनाउने पहिलो ब्याट्सम्यान बन्ने समेत कोहलीको सम्भावना रहेको छ। कोहली पछि धेरै शतक बनाउनेमा तेश्रो नम्बरमा रहेका रिकी पोंटिंगको ३० शतक रहेको छ।

जारि विश्वकपमा फर्ममा रहेका कोहलीले अस्ट्रेलियासंग ८२ र पाकिस्तानसंग ७७ रन बनाएका थिए। अफगानिस्तानसंग कोहलीलाई शतक बनाउदै सचिन र लाराको रेकर्ड तोड्ने राम्रो मौका रहेको छ।

कोहलीले सन् २००८ मा श्रीलंका बिरुद्ध भारतको लागि एकदिवसीयमा डेब्यु गरेका थिए।

 





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]