मेल्बर्नमा क्रिकेटको माहोल, भिएनसीएले टि-टेन च्याम्पियनसिप गर्दै

न्याभ कप क्रिकेट प्रतियोगिता सकिएको केहि हफ्तामै अस्ट्रेलियाको मेलबर्नमा अर्को क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसनको आयोजनामा यही मार्च २७ र २८ तारिखमा तेश्रो संस्करणको एक्स्पर्ट टि-टेन च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको हो।

प्रतियोगितामा कुल ८ वटा टोलिहरुले सहभागिता जनाउने छन् जसमा द हिमालयन क्लब टाईटन्स, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा ब्लुज स्टार, एक्स्पर्ट सगरमाथा ब्लुज रेनेगेड्स, रोयल राइनोज क्रिकेट क्लब रहेका छन्। प्रतियोगिताको खेलहरु फेयरबेन पार्क एक्स्टभेल र बोइंग रिजर्भ स्टार्थमोरमा हुनेछ।

https://www.facebook.com/vnca8848/posts/1328254834226883

प्रतियोगिताको विजेता टिमले मेलबर्नमा आयोजना हुने नेपाली समुदाय क्रिकेट मध्ये सर्वाधिक पुरस्कार राशि ३ हजार अस्ट्रेलियन डलर पाउनेछ। यस्तै उपविजेता टोलिले ५०० अस्ट्रेलियन डलर पाउनेछ।

प्रतियोगितालाई बुद्ध ट्राभल्स, थ्रीआरजे हंग्री आइज, एभरेस्ट ड्राइभिङ, डाईनास्टि होम्स, लालीगुराँस इन्टरप्राइजेज, एमएनटिभीले प्रायोजन गरेको छ।

यस्तै भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसनले अप्रिल १० र ११ तारिखमा एक्स्पर्ट इन्टरस्टेट प्रतियोगिता समेत आयोजना गर्ने घोषणा गरेको छ। उक्त प्रतियोगितामा मेलबर्न, सिड्नी, तास्मनियाको स्टेट टिमहरुले सहभागिता जनाउनेछन्।

भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसनले स्थापना कालदेखि नेपाली समुदायमा क्रिकेट लगायतका खेलहरुमार्फत नेपाली समुदायलाई जोड्ने, खेलाडीहरुलाई समृद्ध बनाउने तथा युवा र उदयमान खेलाडीहरुलाई उचित अवसर दिने काम गर्दै आएको छ।

सम्बन्धित 

https://wicketnepal.com/nav-cup-expert-lai-upadhi-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy