भीएनसीएको आयोजनामा अस्ट्रेलियामा इन्टर स्टेट त्रिकोणात्मक सिरिज आयोजना हुने

भिक्टोरिया नेप्लिज क्रिकेट एसोसिएसन ( भीएनसीए ) र एनआरएनए खेलकुद बिभागको सह आयोजनामा अस्ट्रेलियामा एक्स्पर्ट इन्टर-स्टेट त्रिकोणात्मक टि-ट्वान्टी सिरिज आयोजना हुने भएको छ।

भिक्टोरिया, तास्मनिया र न्यु साउथ वेल्स गरि तिन वटा स्टेट सहभागी हुने प्रतियोगिता अप्रिल १० र ११ तारिखमा संचालन हुनेछ। तिन वटै स्टेटमा उत्कृस्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरु बीच सिरिज आयोजना हुन लागेको हो जसमा प्रत्येक स्टेटबाट टिममा १४ जना खेलाडीहरु हुनेछन्।

तिन वटै स्टेटमा रहेका क्लबहरुमा उत्कृस्ट प्रदर्शन गरेका खेलाडीहरु स्टेट टिममा छनोट गरिने एनआरएनएको खेल बिभाग भिक्टोरियाका उपाध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेटर यशवन्त सुवेदीले जानकारी दिएका छन्।

नेपालको लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका तिब्र गति बलर अमृत भट्टराई लगाएत नेपालको राष्ट्रिय स्तरको क्रिकेट खेलीसकेका सन्दिप यादव, नबिन गुरुङ, गोविन्द कार्की, कुशल तुलाधर जस्ता खेलाडीहरु समेत लिगमा सहभागी हुनेछन्।

सिरिजको खेलहरु भिक्टोरियाको गिलोंग स्थित हिकिनबोथम ओभल मैदानमा खेलिनेछ।

प्रतियोगितालाई एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले मुख्य प्रायोजन गरेको छ।

सम्बन्धित

https://wicketnepal.com/vnca-arko-cricket-pratiyogita-wn21/

https://wicketnepal.com/nav-cup-expert-lai-upadhi-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy