अपराजित रहँदै भारत सेमिफाइनलमा, अस्ट्रेलियाको सेमिफाइनल सम्भावना बाँकी

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको सुपर एटको अन्तिम खेलमा अस्ट्रेलियालाई हराउँदै भारत अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाउँन सफल भएको छ ।

वेस्ट इन्डिजको सेन्ट लुसियामा अपराजित रुपमा सेमिफाइनलमा स्थान बनाएको भारतले २४ रनको जित हात पार्यो ।

भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो ।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ७६ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान मिचेल मार्शले २८ बलमा ३७ तथा ग्लेन म्याक्सवेलले १२ बलमा १९ रन बनाए ।

भारतका लागि कुलदिप यादवले दुई तथा अर्शदिप सिंह, जसप्रित बुमराह र अक्षर पटेलले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले कप्तान रोहित शर्माको सानदार अर्धशतकमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।

भारतका लागि कप्तान शर्माले ४१ बलमा ७ चौका र ८ छक्काको सहयोगमा ९२ रनको सानदार अर्धशतकीय ईनिङ खेले । सुर्यकुमार यादवले १६ बलमा ३१ तथा शिभम दुवेले २२ बलमा २८ रन बनाए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनेसले समान दुई दुई तथा जस हेजलवुडले एक विकेट लिए ।

जितसँगै भारत अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको छ । पराजित अस्ट्रेलियाको सेमिफाइनल प्रवेशको झिनो सम्भावना भने बाँकी रहेको छ ।

मंगलबार बिहान हुने खेलमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेमा अस्ट्रेलियाको सेमिफाइनल प्रवेशको सम्भावना छ ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]