इण्डियन प्रिमियर लिग २०२० अन्तर्गत कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्ध महत्वपूर्ण खेलमा आइतबार अफ स्पिनर सुनिल नारायणलाई बेन्चमा राख्ने निर्णय लियो। नारायणको सट्टा टिममा इंगलिस विकेटकिपर ब्याट्सम्यान टम ब्यान्टनलाई डेब्यु गर्ने मौका दिईयो। अघिल्लो खेलमा पन्जाब बिरुद्ध २ रनको जित दर्ता गर्ने क्रममा नारायणले उत्कृस्ट बलिंग गरेका थिए। डेथ ओभरमा नारायणले दबाब बनाउदै पन्जाबलाई लक्ष्य पछ्याउन मुस्किल बनाएका थिए।
तर, उक्त खेलपछि आईपीएलले जारि गरेको प्रेस विज्ञप्तिमा नारायणको पन्जाब बिरुद्ध बलिंग याक्सन अवैध भएको अम्पायरले रिपोर्ट गरेको बताएको थियो। नियमानुसार नारायणलाई चेतावनी सूचीमा राखिएको छ तर उनलाई बलिंग गर्न भने रोकिएको छैन। तर नियममा यो पनि बताईएको छ कि अर्को पटक पुनः याक्सन बारे यही रिपोर्ट दोहोरिएमा याक्सनलाई मान्यता नदिएसम्म बलिंग गर्न प्रतिबन्ध लगाइने छ।
टसको क्रममा कोलकाता कप्तान दिनेश कार्तिकलाई नारायणलाई किन खेलाइएन भनेर सोधिएको थियो। कार्तिकले यस बारे फ़्रेन्चाइजले धारणा राखीसकेको बताए – “हामीले बिज्ञप्ति मार्फत धारणा राखेका छौँ, तपाईले हेर्न सक्नुहुन्छ।”
खेल अघि कोलकाता नाइट राइडर्सले बिज्ञप्ति जारि गरेको थियो जहाँ टिमले आईपीएल आयोजकसंग समस्या समाधानको लागि नजिकबाट काम गरिरहेको बताएको थियो –
“सुनिल नारायणलाई पन्जाब बिरुद्ध अक्टोबर १०, २०२० को खेलपछि शंकास्पद बलिंग याक्सनमा रिपोर्ट गरिएको छ। खबरले हामिलाई आश्चर्यमा पारेको छ, यो हेर्दै कि उनले लिगमा २०१२ पछि ११५ खेल तथा २०१५ पछि ६८ खेल खेलीसकेका छन् जब उनको बलिंग याक्सनलाई रिपोर्टपछि सफाइ पाइसकेका थिए। उनि लिगको छैठौं खेल खेलीरहेका थिए र यस अघि अहिलेसम्म म्याच अफिसियलहरुले प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा यो बारे कुनै कुरा बताएका थिएनन्।”
“यति भन्दै हामि आईपीएलको प्रक्रियाको सम्मान गर्छौ र यो विषयमा आईपीएलसंग नजिकबाट काम गरिरहेका छौँ। हामि आशा गर्छौं कि चाडैनै यसको उचित समाधान हुनेछ। हामि यो विषयमा आईपीएलले गरेको सहयोगलाई सम्मान गर्छौँ।” कोलकाताले बिज्ञप्तिमा लेखेको छ।
कोलकाता सुनिल नारायण दोश्रो चेतावनी पाएर प्रतियोगिताबाट बाहिर भएको हेर्न चाहदैन। नारायणलाई गुमाउने रिस्क कोलकाता टिम लिन चाहदैन। त्यसको लागि अन्तरिक रुपमा काम गरिरहेको छ। अब अर्को पटक रिपोर्ट नआउनेमा ढुक्क भएपछि नारायणले बलिंग गरेको हेर्न पाइने देखिन्छ।
तपाईलाई जानकारी हुनसक्छ बलिंग गर्दा बलरले आफ्नो कुहिनो १५ डिग्री भन्दा बढी खुम्च्याउन पाउदैन। खेलको दौरान यदी अम्पायरले कुनै बलरले १५ डिग्री भन्दा बढी हात बाङ्गो गरेको पाएमा रिपोर्ट गर्न पाउने नियम रहन्छ।
नारायणको बलिंग याक्सन विवाद नयाँ हैन। ६ वर्ष अघि २०१४ मा आयोजित च्याम्पियन्स लिग प्रतियोगितामा २ पटक उनको याक्सन अबैध पाइएको थियो जसपछि उनले याक्सन सुधार्ने क्रममा २०१५ को विश्वकपनै गुमाउनु परेको थियो। यस्तै २०१५ को आईपीएलमा पनि उनको बलिंग शंकास्पद भएको भन्दै रिपोर्ट दर्ता गरिएको थियो जसपछि सोहि वर्ष नोभेम्बरमा बलिंगबाट प्रतिबन्ध लगाइएको थियो। आईसीसीले २०१६ अप्रिलमा उनको याक्सन सुधार पछि पुनः प्रतिबन्ध खुला गरेको थियो। त्यसै कारण उनले २०१६ को टि-२० विश्वकप खेल्न पाएका थिएनन्। त्यसपहि २०१८ मार्चमा पुनः पाकिस्तान सुपर लिगमा उनको याक्सनबारे अम्पायरले रिपोर्ट गरेका थिए।
नारायणले जारि लिगमा ६ खेल खेल्ने क्रममा ५ विकेट लिएका छन्। ब्याटिंगमा भने कमजोर प्रदर्शन गरेका नारायणले ५ इनिंगमा मात्र ४० रन बनाउन सकेका थिए।
कोलकाता बिरुद्ध विशाल जित दर्ता गर्दै बैंगलोर तेश्रो स्थानमा उक्लियो
दिल्लीलाई अर्को झट्का, इशान्त शर्मा पनि लिगबाट बाहिरिए
आइपिएलमा सट्टेबाजी खेलाउने ३ भारतीय सहित ७ जना पक्राउ
IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण
छक्का हान्दै राजस्थानलाई जिताएपछि परागको रोचक नृत्य, खेलपछि बताए रहस्य