ग्रेट हिमालयको एसइइ क्याम्प सम्पन्न, मुनाल कुँवर उत्कृस्ट

वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा चौथो एसइइ क्रकेट क्याम्प बिहिबार सम्पन्न भएको छ।

क्याम्पमा देशभरका ४५ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए जसलाई प्रशिक्षक स्यामसन जंग थापाले प्रशिक्षण दिएका थिए। क्याम्प अन्तर्गत प्रशिक्षार्थीहरु बीच टि-२० सिरिज समेत आयोजना गरिएको थियो।

सिरिजमा उत्कृस्ट खेलाडी पुरुषोत्तम न्यौपाने चुनिए भने उत्कृस्ट ब्याट्सम्यान मुनाल कुँवर र उत्कृस्ट बलर सैमन पौडेल चुनिए।

उत्कृस्ट खेलाडी र सहभागीहरुलाई सीजी फुड्सका असिस्टेन्ट जेनेरल म्यानेजर लाल बाबु प्रसादले जर्सी, प्रमाणपत्र र अवार्डले पुरस्कृत गर्नु भयो। यस्तै कार्यक्रममा अर्किड इन्टरनेसनल कलेजका बिदुर दाहालको विशेष उपस्थिति रहेको थियो।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy