“कसैले पनि सुरुवातमा हामीलाई दाबेदार मानेका थिएनन्” वार्नर

दिल्ली क्यापिटल्ससंग दोश्रो क्वालीफायरमा पराजित हुँदै आईपीएल २०२० बाट बाहिरिएपछि सनराइजर्स हैदरावादका कप्तान डेभिड वार्नरले टिमको प्रदर्शनमा गर्व रहेको बताएका छन्।

शेख जायद स्टेडियम अबुधाबीमा दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले १७२ रन बनाउन सकेपछि १७ रनको हार बेहोर्यो।

अंकतालिकाको सातौं स्थानमा रहेको हैदरावादले लिग चरणको अन्तिम ३ खेलमा लगातार जित हाँसिल गर्दै अंकतालिकाको तेश्रो स्थानमा रहँदै प्ले-अफमा स्थान बनाएको थियो। त्यसपछि इलिमीनेटरमा बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दोश्रो क्वालीफायर पुगेको थियो। गत वर्ष पनि हैदरावादको यात्रा प्लेअफमा पुगेर रोकिएको थियो जुन बेला पनि इलिमीनेटरमा दिल्ली २ विकेटले विजयी भएको थियो।

खेलपछि कुराकानीको क्रममा वार्नरले लिग सुरुवातमा कसैले पनि हैदरावादलाई बलियो टिमको रुपमा नलिएको बताए –

“पहिलो र प्रमुख कुरा, कसैले पनि सुरुवातमा हामीलाई दाबेदार मानेका थिएनन्। सबै ठूला ३ टिम : मुम्बई, दिल्ली र बैंगलोरको कुरा गरिरहेका थिए। म हाम्रो यात्रा प्रति गर्व गर्छु। समग्रमा हेर्दा प्रतियोगिता राम्रो रह्यो। म सम्पूर्ण समर्थकहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। ”

वार्नरले क्याच छोड्नु टिमको प्रतियोगितामा असफलताको कारण भएको बताए – “सबैभन्दा प्रमुख कुरा मैदानमा तपाईको स्वभाव हो। तपाईले क्याच छोड्नु हुन्छ भने म्याच जित्न सक्नुहुँदैन। हामीले यो पक्षमा अर्को पटक अझ राम्रो गर्नुपर्नेछ। त्यो कुरा थियो जसले हामीलाई असफल बनायो।”

वार्नरले सिजनकै सर्वाधिक योर्कर गर्न सफल टि नटराजनको खुलेर तारिफ गरे जसलाई लिगकै खोज बताए- “नटराजन यो आईपीएलको खोज हो जसले उत्कृस्ट प्रदर्शन गरे। राशिदले गजब प्रदर्शन गरे र मनिष पाण्डेले नम्बर ३ मा।”

उनले भुवनेश्वर कुमार र रिद्दीमान साहा जस्ता खेलाडीहरु घाइते हुँदा टिमलाई ठुलो घाँटा पुगेको बताए – “साहा र भुवी जस्तो खेलाडी गुमाउनु मुस्किल कुरा थियो, तर अन्य खेलाडीहरुले आफ्नो जिम्मेवारी राम्रो संग निभाएका कारण हामि यहाँसम्म पुग्न सक्यौं।”

“हैदरावाद हाम्रो दोश्रो घर हो र फ़्रेन्चाइज् मालिकहरु परिवार जस्तै हुन्। आशा गर्छौं अर्को आईपीएल भारतमा आगामी वर्ष हुनेछ जसमा हामिले यो भन्दा राम्रो गर्नेछौँ।” वार्नरले बताए।

पहिलो पटक आईपीएल फाइनल प्रवेश गर्न सफल भएपछि दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरले निकै खुसि लागेको प्रतिक्रिया दिए –

“अद्भुत ! , अहिलेसम्मकै उत्कृस्ट महसुस गरिरहेको छु। यो यात्रा उतारचढावले भरिएको थियो। हामीले एउटा परिवार भएर खेल्यौं। कप्तानको रुपमा र ब्याट्सम्यानको रुपमा धेरै जिम्मेवारी थियो। प्रशिक्षक र मालिकबाट धेरै साथ पाएको छु। म यति उत्कृस्ट टिम पाउदा भाग्यमानी महसुस गरिरहेको छु।”

ऐयरले आगामी खेलमा पनि यस्तै स्वतन्त्र क्रिकेट खेल्ने बताए – “अर्को खेलमा पनि हामीले यही मानसिकतालाई निरन्तरता दिंदै स्वतन्त्र भएर खेल्नुपर्छ।”

“हामीले राम्रो योगफल बनाउन सक्यौं। १० ओभर पछि राशिदले घातक बलिंग गरेपछि उनलाई हेरेर खेल्ने सोच्यौं। हामिले प्रतियोगितामा राम्रो ओपनिंग साझेदारी पाएका थियौं र हामीलाई उत्कृस्ट सुरुवात आवस्यक थियो। हामीले सोचेका थियौं कि स्टोइनिसलाई धेरै बल दिन सके उनले धकेल्न सक्नेछन्।” ऐयरले बताए।

पहिलो क्वालीफायरमा मुम्बईसंग पराजित भएपछि दिल्लीले दोश्रो क्वालीफायरमा हैदरावादको यात्रा समाप्त गर्दै फाइनलमा मुम्बईसंगको भेट पक्का गरेको हो। फाइनल खेल नोभेम्बर १० तारिख मंगलबार दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेलिनेछ। मुम्बईले दिल्लीलाई पहिलो क्वालीफायरमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

https://wicketnepal.com/ipl-dc-vs-srh-2nd-qf-report-wn20/

https://wicketnepal.com/pak-2nd-t20i-win-vs-zim-wn20/

https://wicketnepal.com/sehwag-about-kohli-captain-rcb-wn20/

https://wicketnepal.com/can-bargikaran-sachyayo-wn20/





थप समाचार

NPL : न्युजिल्यान्डका निशम जनकपुर बोल्ट्समा आबद्ध

नेपाल प्रिमियर लिगको टिम जनकपुर बोल्ट्सले चर्चित न्युजिल्यान्ड क्रिकेटर जिम्मी निशमलाई टिममा आबद्ध गरेको छ। आसिफ शेख मार्की खेलाडी रहेको […]

पूजाको कप्तानीमा यु-१९ विश्वकप एसिया छनोटको लागि नेपाली टिमको घोषणा

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार पूजा […]

बिपी कोइराला स्मृति कप : सेमीफाइनल समीकरण पुरा 

रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। सिद्धार्थ रंगशाला मैदानमा बुधबार जित्नै पर्ने […]

वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा […]

सन्दिपको उत्कृस्ट प्रदर्शन बाबजुद ब्याटिंग नचल्दा अभ्यास खेलमा नेपाल पराजित

अमेरिका भ्रमण अन्तर्गत रहेको नेपाली क्रिकेट टिमले अमेरिका ‘ए’ संग अभ्यास खेलमा ४ विकेटले पराजित भएको छ। घरेलु टोलि स्कटल्याण्ड […]

सन्दिप जोराको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा

हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि […]