वार्नलाई चित्त बुझेन इंग्ल्यान्ड बिरुद्ध अस्ट्रेलियाको रणनीति, “स्मिथ टि-२० टिममा हुनुहुँदैन”

टि-२० विश्वकप अन्तर्गत आफ्नो तेश्रो खेलमा अस्ट्रेलिया इंग्ल्यान्डसंग पराजित भएपछि पूर्व अस्ट्रेलियन क्रिकेटर शेन वार्नले अस्ट्रेलियाको टिम छनोट र रणनीतिको आलोचना गरेका छन्।

सुपर-१२ चरणको समुह ‘१’ को खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ८ विकेटले एकतर्फी खेलमा पराजित गर्यो। अस्ट्रेलियाले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा जोस बटलरले ३२ बलमा ७१ रन बनाएपछि ५० बल बाँकी रहँदै इंग्ल्यान्डले जित दर्ता गर्यो। यो जित अस्ट्रेलिया बिरुद्ध इंग्ल्यान्डको बल बाँकी रहेको आधारमा इतिहासकै छिटो जित हो। खेलमा टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले पहिलो १४ ओभरमा ५ विकेट गुमाएर मात्र ५७ रन बनाएको थियो। कप्तान फिंच र तल्लो क्रमले योगदान दिंदा टिमले १२५ रनको सम्मानजनक योगफल बनाउन सक्यो।

शेन वार्नले टिमको खराब रणनीति हारको कारण भएको बताए। उनले टि-२० टिममा स्टिभ स्मिथको काम नभएको र मिचेल मार्शलाई उनको स्थानमा मौका दिनु पर्ने महसुस गरेका हुन्।

“अस्ट्रेलियाको निराशाजनक छनोट। मार्शलाई बाहिर राख्नु र म्याक्सवेललाई पावरप्लेमा ब्याटिंग गराउनु। म्याक्सवेललाई सधैं पावरप्ले पछि पठाउनु पर्छ। स्टोइनिसलाई पठाउनु पर्थ्यो। अस्ट्रेलियाको खराब रणनीति र चाल। मलाई स्मिथ मन पर्छ तर उनि टि-२० टिममा हुनुहुँदैन, मार्श हुनुपर्छ।” उनले ट्वीट गरेका छन्।  यो वर्ष टि-२० क्रिकेटमा स्मिथले संघर्ष गरेका छन्। उनले यो वर्ष ७ खेलमा मात्र १५३ रन बनाउदा स्ट्राइक रेट ११३.३ मात्र रहेको छ।

अस्ट्रेलियन कप्तान आरोन फिंचले भने स्मिथको छनोटबारे सोध्दा बताए – “सबैको फरक धारणा हुन्छ। हामीले खेल जित्नकै लागि टिम छनोट गरेका हौँ।”

फिंचले स्टोइनिस र वेड हुँदा हुँदै ग्लेन म्याक्सवेललाई पावरप्ले भित्र चौंथो नम्बरमा पठाउनुको कारण बारे सोध्दा बताए – “तपाईसंग मात्र ६ जना स्पेसलिस्ट ब्याट्सम्यान छन् भने तपाईको टप-६ ब्याट्सम्यानलाई कामको लागि पठाउनु हुन्छ। त्यसैले त्यहाँ कुनै समस्या छैन। म्याक्सवेलले बिगतमा उत्कृस्ट प्रदर्शन गरेका छन्। उनि पावरप्लेमा पनि लय पाए उत्तिकै विस्फोटक छन्।”

प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाले आगामी खेल नोभेम्बर ४ मा बंगलादेशसंग, नोभेम्बर ६ मा वेस्टइन्डिजसंग खेल्ने तालिका रहेको छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]