युएई र ओमानमा संयुक्तरुपमा जारी सातौं संस्करणको टि-ट्वान्टी विश्वकपको समुह चरणको खेलहरु चल्दै गर्दा क्रिकेट पण्डितहरु विश्वकप जित्न दावेदार टिमको आंकलन तथा भविष्यवाणी गरिरहेका छन्। स्टार पूर्व अस्ट्रेलियन लेग स्पिनर शेन वार्नले पनि विश्वकप जित्नेसक्ने टिमको नाम लिएका छन्। वार्नले ट्वीटरमार्फत अस्ट्रेलियन क्रिकेट टिमलाई धेरैले कम आंकलन गरेको तथा डेभिड वार्नर र ओएन मोर्गनको फर्मको बारे पनि धारणा राखेका छन्।
वार्नले बिहिबार ट्वीट गर्ने क्रममा भारत र इंग्ल्यान्डलाई यो विश्वकपको दावेदार टिम मानेका छन्। त्यस क्रममा उनले अस्ट्रेलियालाई धेरैले कम आँकलन गरेता पनि टिममा आरोन फिंच र धेरै म्याच विनर खेलाडीहरु रहेको बताएका छन्। डेभिड वार्नर र ओएन मोर्गनको फर्मको बारे बोल्दै ५२ वर्षीय पूर्व स्पिनरले फर्म साथमा नभएता पनि क्षमता स्थायी भएको बतएका छन्। वार्नको लागि वार्नर र मोर्गन प्रतियोगिताकै उत्कृस्ट खेलाडी भएता पनि आश्चर्य हुनेछैन।
“मलाई लाग्छ इंग्ल्यान्ड र भारत टि-२० विश्वकपको दावेदार टिम हो। न्युजिल्यान्डले सधैं आईसीसी प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने गर्छ। तर मलाई अस्ट्रेलियालाई कम आँकलन गरिए जस्तो लाग्छ किनकि टिममा धेरै म्याच विनरहरु छन्। त्यसपछि पाकिस्तान र वेस्टइन्डिज। उत्साहित छु कस्ले जित्छ हेर्न।” वार्नले ट्वीट गरेका छन्।
I think Eng & India have to go in as fav’s for the T/20 WC. NZ always perform well in @ICC events too. But I have a feeling the Aussies are being underestimated as they have a lot of match winners in their squad. Then you have Pakistan & the Wi. Excited to see who will win 🏆
— Shane Warne (@ShaneWarne) October 21, 2021
“जसले पनि डेभिड वार्नर र ओएन मोर्गनको फर्मबारे सोधेका छन् , याद गर्नुस ‘कला स्थायी हुन्छ र फर्म अस्थायी ‘। आश्चर्य हुने छैन यदी यी दुई मध्ये एक खेलाडी प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिनेछन्।” आईपीएलमा मोर्गन र वार्नरको खराब फर्म इंग्ल्यान्ड र अस्ट्रेलियाको चिन्ता बनेको छ। विश्वकप अघि अभ्यास खेलमा समेत दुवैको ब्याट बोलेको छैन।
Ps Whoever wants to write of @davidwarner31 & @Eoin16 re their lack of form. Remember class is permanent & form is temporary – don’t be surprised if one of these players will be player of the tournament #ICCT20WorldCup2021 ! Who will win followers ?
— Shane Warne (@ShaneWarne) October 21, 2021
वार्नले यसै साता गरेको अर्को ट्वीटमा अस्ट्रेलियाको विश्वकपमा अन्तिम-११ टिम चुन्ने क्रममा अस्ट्रेलियन पूर्व कप्तान स्टिभ स्मिथलाई समाबेश गरेका थिएनन्। उनले आरोन फिंच, डेभिड वार्नर, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, जोश इंगलिश, मिचेल मार्शलाई ब्याटिंग क्रममा स्थान दिएका थिए।
वार्नरको अस्ट्रेलिया अन्तिम एघार – आरोन फिंच, डेभिड वार्नर, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, जोश इंगलिश, मिचेल मार्श, ड्यानियल क्रिस्चियन/एस्टन एगर, एडम जाम्पा, प्याट कमिन्स, मिचेल स्टार्क, केन रिचर्डसन/जोश हेजलवुड/नाथन इलिस
Wow, what a start to the @ICC #T20WorldCup ! My Aussie team would be
Finch
Warner
Stoinis
Maxwell
Inglis
Marsh M
Christian/Agar (depending on conditions)
Cummins
Starc
Zampa
Ellis/Richardson/Hazlewood (depending on conditions)What would your Oz team be and who’s winning ?
— Shane Warne (@ShaneWarne) October 18, 2021
विश्वकपको सुपर-१२ चरणको खेलहरु अक्टोबर २३ तारिख देखि सुरु हुँदैछ। पहिलो दिन अस्ट्रेलिया र दक्षिण अफ्रीका तथा इंग्ल्यान्ड र वेस्टइन्डिज बीच प्रतिस्पर्धा हुनेछ। अक्टोबर २४ तारिखमा भारत र पाकिस्तान तथा बंगलादेश र समुह ‘ए’ को उत्कृस्ट हुने टिमले प्रतिस्पर्धा गर्नेछ।
