सनराइजर्स हैदरावादसंग लिगको पहिलो खेल जित्दै २०२० सिजनको उत्कृस्ट सुरुवात गर्ने मौका थिए। तर ब्याटिंग धरासायी बन्दा बिराट कोहली कप्तानीको टिम बिरुद्ध टिम उत्कृस्ट सुरुवातका बाबजुद पराजित हुन पुग्यो। १६४ रन लक्ष्य पछ्याउदा १२१/२ को अवस्थाबाट टिम १५३ रनमा अलआउट हुन् पुग्यो। लेग स्पिनर युझ्भेन्द्र चाहलले १५ औं ओभरमा ६१ रन बनाएका बेयरस्टोलाई बोल्ड गरेपछि टिमको ब्याटिंग कोल्याप्स भएको थियो।
खेलमा हैदरावादका कप्तान डेभिड वार्नर दुर्भाग्यपूर्ण तरिकाले रन आउट हुन पुगेका थिए। बेयरस्टोले प्रहार गरेको बललाई बलर उमेश यादवले रोक्ने क्रममा उनको हातमा लागेर वार्नर भएतिरको स्टम्पमा लागेपछि त्यसबेला क्रिज बाहिर रहेका वार्नर रन आउट हुन पुगेका थिए। ६ रन बनाएर वार्नर आउट भएका थिए। हारपछि बैंगलोरसंगको खेल बारे कुरा गर्दै उनले आफ्नो दुर्भाग्यपूर्ण विकेटको बारेमा बताए –
“मलाई याद छैन अन्तिम पटक कहिले त्यसरी आउट भएको थिए। म्याचमा अरु पनि त्यस्तो कुरा भयो जुन मैले कहिले पनि देखेको थिईन।”
“हामीले नियन्त्रणका साथ लक्ष्य पछ्याएका थियौं र थाहा थियो कि अन्त्यमा आक्रामक सट खेल्नुपर्नेछ। चाहलको अन्तिम ओभर खेल विपरित दिशातिर गयो। हामीले खेलको गल्तिलाई सुधार गर्दै आगामी खेलमा अझ मेहनत गर्नुपर्छ।”
अन्तिमको ८ जना ब्याट्सम्यानलाई ३२ रनमा आउट गर्दै १० रनको जित हात पार्दा चेन्नाईका युवा भारतीय बलर शिभम दुबे र नवदीप सैनीले २ विकेट लिएका थिए। वार्नरले भारतीय युवा खेलाडीहरुको तारिफ गरे – “भारतीय क्रिकेटको लागि उत्साहजनक कुरा हो कि युवा खेलाडीहरु उत्पादन भइरहेका छन्।”
यस्तै वार्नरले खेलको क्रममा पहिलो ओभर बलिंग गर्दा घाइते भएका अलराउण्डर मिचेल मार्शको चोटको बारेमा बताए। यस्तै घाइते खुट्टाका बाबजुद उनि ब्याटिंग गर्न गएकोमा उनको साहसको तारिफ गरे –
“मिचेल मार्शले घाइते भए पनि गएर ब्याटिंग गरे त्यसको लागि ठूलो साहस चाहिन्छ। चोट हेर्दा अवस्था राम्रो देखिएको थिएन। उनलाई खुट्टामा भार दिन मिल्दैन। आशा गर्छु धेरै नराम्रो नभएको होस्। उनि निकै पीडादायी अवस्था थिए र राम्रो होस् प्रार्थना गर्छु।” चोटको बाबजुद ब्याटिंग गर्न आए पनि उनि खाता नखोली आउट भएका थिए।
श्रोतका अनुसार मार्शको चोटको कारणले प्रतियोगिताबाट बाहिरिन सक्ने सम्भावना रहेको छ। टिमले यो बारे अधिकारिक जानकारी दिएको छैन। मार्शको प्रतिस्थापनमा अस्ट्रेलियन अलराउण्डर ड्यान क्रिस्टीयनले लिने सम्भावना रहेको छ।
हैदरावादले लिगको आगामी खेल सेप्टेम्बर २६ तारिखमा दिनेश कार्तिक कप्तानीको कोलकाता नाइट राइडर्स बिरुद्ध अबु दाबिमा खेल्नेछ।
IPL : अलराउण्डरको रुपमा ठूलो कीर्तिमान नजिक जडेजा
IPL Match 4 : चेन्नाईलाई राजस्थानको चुनौती, दुवै टिमको बलियो र कमजोर पक्ष
IPL : “दुखाइ शान्त भएको छ” आश्विनले दिए दोश्रो खेल खेल्ने संकेत