हैदरावाद कप्तान वार्नरले आईपीएलमा पहिलो पटक गरे बलिंग , हेर्नुस भिडियो

सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्स बीच मंगलबारको खेलमा हैदरावादका कप्तान डेभिड वार्नरले आईपीएलमा पहिलो पटक बलिंग गरेका छन्।

दिल्लीले ब्याटिंग गर्ने क्रममा हैदरावादका अलराउण्डर विजय शंकरले श्रेयस ऐयरको विकेट लिएपछि घाइते भएर ओभर पुरा गर्न सकेनन्। ओभर पुरा गर्न मात्र एउटा बल बाँकी रहेको थियो। त्यसपछि वार्नर अघि सरेर ओभर पुरा गरे।

स्पिन बलिंग गरेका वार्नरले क्रिजमा रहेका रिशभ पन्तलाई पहिलो बल वाइड गरे। त्यसपछिको बलमा पन्तले १ रन लिए। वार्नरले २ रन खर्चिए।

वार्नरले बलिंग गरेको भिडियो हेर्नुस 

लेग स्पिन बलिंग गर्ने वार्नरले टेस्ट क्रिकेटमा ८४ खेल खेल्दा १९ पटक बलिंग गरेका छन् जुन क्रममा ४ विकेट समेत लिएका छन्। वानडे क्रिकेटमा वार्नरले १२६ खेलमा मात्र १ खेलमा बलिंग गरेका छन् जसमा ८ रन खर्चेर विकेटविहिन रहेका थिए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बलिंग गरेका छैनन्। प्रथम श्रेणी क्रिकेटमा वार्नरको नाममा ६ तथा लिस्ट ए क्रिकेटमा ४ विकेट रहेको छ। दिल्ली बिरुद्ध गरेको बलिंग वार्नरले टि-२० क्रिकेटमा २९४ खेल खेल्ने क्रममा दोश्रो पटक हो।

खेलमा हैदरावादले दिल्ली बिरुद्ध ८८ रनको विशाल जित दर्ता गर्दै प्ले-अफ सम्भावना जिवितै राखेको छ। टस हारेर ब्याटिंग गर्दै हैदरावादले दिएको २२० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १९ ओभरमा १३१ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। खेलमा वार्नरले ब्याटबाट ३४ बलमा ६६ रन बनाएका थिए।

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक

हैदरावादसंग विशाल हार तथा लगातार तेश्रो हारपछि दिल्ली कप्तान ऐयरले के भने

राशिदको सिजनकै सबैभन्दा किफायती बलिंग, हैदरावादसंग दिल्ली विशाल अन्तरले पराजित





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]