हैदरावाद कप्तान वार्नरले आईपीएलमा पहिलो पटक गरे बलिंग , हेर्नुस भिडियो

२०७७ कार्तिक १२, बुधबार ०९:४७

सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्स बीच मंगलबारको खेलमा हैदरावादका कप्तान डेभिड वार्नरले आईपीएलमा पहिलो पटक बलिंग गरेका छन्।

दिल्लीले ब्याटिंग गर्ने क्रममा हैदरावादका अलराउण्डर विजय शंकरले श्रेयस ऐयरको विकेट लिएपछि घाइते भएर ओभर पुरा गर्न सकेनन्। ओभर पुरा गर्न मात्र एउटा बल बाँकी रहेको थियो। त्यसपछि वार्नर अघि सरेर ओभर पुरा गरे।

स्पिन बलिंग गरेका वार्नरले क्रिजमा रहेका रिशभ पन्तलाई पहिलो बल वाइड गरे। त्यसपछिको बलमा पन्तले १ रन लिए। वार्नरले २ रन खर्चिए।

वार्नरले बलिंग गरेको भिडियो हेर्नुस 

लेग स्पिन बलिंग गर्ने वार्नरले टेस्ट क्रिकेटमा ८४ खेल खेल्दा १९ पटक बलिंग गरेका छन् जुन क्रममा ४ विकेट समेत लिएका छन्। वानडे क्रिकेटमा वार्नरले १२६ खेलमा मात्र १ खेलमा बलिंग गरेका छन् जसमा ८ रन खर्चेर विकेटविहिन रहेका थिए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बलिंग गरेका छैनन्। प्रथम श्रेणी क्रिकेटमा वार्नरको नाममा ६ तथा लिस्ट ए क्रिकेटमा ४ विकेट रहेको छ। दिल्ली बिरुद्ध गरेको बलिंग वार्नरले टि-२० क्रिकेटमा २९४ खेल खेल्ने क्रममा दोश्रो पटक हो।

खेलमा हैदरावादले दिल्ली बिरुद्ध ८८ रनको विशाल जित दर्ता गर्दै प्ले-अफ सम्भावना जिवितै राखेको छ। टस हारेर ब्याटिंग गर्दै हैदरावादले दिएको २२० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १९ ओभरमा १३१ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। खेलमा वार्नरले ब्याटबाट ३४ बलमा ६६ रन बनाएका थिए।

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक

हैदरावादसंग विशाल हार तथा लगातार तेश्रो हारपछि दिल्ली कप्तान ऐयरले के भने

राशिदको सिजनकै सबैभन्दा किफायती बलिंग, हैदरावादसंग दिल्ली विशाल अन्तरले पराजित

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy