१३ औं आईपीएल अन्तर्गत सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोर बीच खेल जारि रहेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा हैदरावाद बैंगलोरले दिएको १६४ रनको लक्ष्य पछ्याईरहेको छ।
लक्ष्य पछ्याउने क्रममा हैदरावादका कप्तान डेभिड वार्नर दुर्भाग्यपूर्ण तरिकाले आउट भएका छन्। इनिंगको दोश्रो ओभरमा वार्नर ६ रन बनाएर रन आउट हुनपुगेका हुन् जुन क्रममा उनले १ चौका प्रहार गरेका थिए।
दोश्रो ओभरको चौथो बलमा बैंगलोर फास्ट बलर उमेश यादवले गरेको बललाई जोनी बेयरस्टोले सिधा आक्रामक सट खेलेका थिए। त्यस क्रममा बलर यादवले क्याच समात्नको लागि बल तिर हात बढाए। बल यादवको हातमा लागेर स्टम्प लाग्न पुग्यो। स्टम्पमा बल लागेको समयमा वार्नरले क्रिज छोडेका थिए जसकारण उनि दुर्भाग्यपूर्ण तरिकाले आउट हुन पुगे। आउट भएपछि वार्नर हाँस्दै बाहिरिएका थिए भने अर्को तर्फ कोहली कप्तानीको टिम ठुलो विकेट पाउदा निकै खुसि देखिएको थियो।
भिडियो हेर्नुस
David Warner GONE! 😅#SRHvRCB #IPL2020pic.twitter.com/zBUfyJBMVv
— FlashScore India 🇮🇳🎧 (@FlashScore_IN) September 21, 2020
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाउदै हैदरावादलाई १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। बैंगलोरको ब्याटिंगमा ओपनर देभदत्त पडीक्कल र ए बि डी भिल्लीयर्सले अर्धशतक बनाए।
लिगमा डेब्यु गरिरहेका बायाँ हाते पडीक्कलले अर्धशतक बनाउने क्रममा ४२ बलमा ८ चौका मद्दतले ५६ रन बनाए। डी भिल्लीयर्सले लिगमा ३४ औं शतक बनाउने क्रममा ३० बलमा ४ चौका र २ छक्का मद्दतले ५१ रन बनाए। आरोन फिन्चले २९, कप्तान बिराट कोहलीले १४ तथा शिभम दुबेले ७ रन बनाए।
डी भिल्लीयर्स र पडीक्कलको अर्धशतक, बैंगलोरद्वारा हैदरावादलाई १६४ रनको लक्ष्य
आईपीएल डेब्युमै पडीक्कलको अर्धशतक
शाहिन अफ्रिदीले ४ बलमा लिए ४ विकेट ( भिडियो सहित )
कप्तान मल्लको ट्वीटले अमेरिकी एम्बेसी क्लिन बोल्ड