टि-१० क्रिकेट : १२ बलमै वासिमको अर्धशतक, करनको कमजोर प्रदर्शन

युएईमा जारि अबु धाबी टि-१० लिग अन्तर्गत नेपाली खेलाडी आवद्ध पुने डेभिल्स लगातार पाँचौ खेलमा पराजित भएको छ। पुनेलाई नर्दर्न वारियर्सले पराजित गर्दै छैठौ खेलमा पाँचौ जित दर्ता गरेको हो।

शेख जायद स्टेडियममा पुनेले दिएको ९८ रको लक्ष्य नर्दर्न वारियर्सले मात्र ४.३ ओभरमा भेटायो।

वारियर्सलाई जित दिलाउने क्रममा नर्दर्न वारियर्सका ओपनर वासिम मुहम्मदले १३ बलमा अविजित ५६ रन बनाए। १२ बलमा अर्धशतक पुरा गरेका उनले ३ चौका र ७ छक्का प्रहार गरे। ब्रेण्डन किंगले २० रन बनाए। पुनेको बलिंगमा स्याम विस्नीस्किले २ विकेट लिए।

१२ बलमा वासिमको अर्धशतक टि-१० क्रिकेटमा संयुक्त रुपमा सबैभन्दा छिटो अर्धशतक हो। आज टिम अबुधाबीका क्रिस गेलले पनि १२ बलमा अर्धशतक बनाएका थिए। २०१८ मा मोहम्मद शहजादले पनि १२ बलमा अर्धशतक बनाएका थिए।


यस अघि टस हारेर ब्याटिंग गरेको पुनेले १० ओभरमा ८ विकेट गुमाएर ९७ रन बनाउन सक्यो। पुनेको लागि नासिर होसेनले सर्वाधिक २७ रन, केनार लुइसले २४ रन, टम कोह्लरले २० रन तथा एलेक्स डेभिसले १८ रन बनाए। नर्दर्न वारियर्सको बलिंगमा वायन पार्नेलले ३ विकेट लिए जुन क्रममा २ ओभरमा मात्र ५ रन खर्चिए। वाहब रियाजले २ तथा फाबियन एलेन र रायद इम्रीटले समान १ विकेट लिए।

करनको कमजोर प्रदर्शन 

बलिंग प्रदर्शन : इनिंग्सको तेश्रो ओभरमा बलिंग गर्न आएका करनको पहिलो बलमै ब्रेण्डन किंगले चौका प्रहार गरे। दोश्रो बलमा फिल्डरले सहज बल रोक्न नसक्दा डिप-मिड विकेटमा चौका प्रहर भयो।

लगातार २ चौका पछि करनले तेश्रो बलमा पुनरागमन गर्दै योर्करमा डट बल गरे। तर चौथो बलमा पनि ब्रेण्डन किंग रोकिएनन् , करनले दिएको स्लोअर बलमा बाहिरि किनारा लाग्दै बल चौका भयो।

ओभरको पाँचौ बलमा करनलाई किंगले छक्का प्रहार गरे। करनले दिएको सर्ट बललाई किंगले पुल गर्दै डिप-मिड विकेटको माथिबाट छक्का हिर्काए। ओभरको अन्तिम बलमा करनले १ रन मात्र दिए।

ओभरमा करनले १९ रन खर्चिए जसपछि दोश्रो ओभर बलिंग गर्न पाएनन्।

ब्याटिंग प्रदर्शन

छैठौं ओभरमा ब्याटिंग गर्न आएका करनले वायन पार्नेलको लगातार २ बलमा रन बनाउन सकेनन्। पहिलो बललाई रोकेपछि दोश्रो बल पार्नेलले बाउन्सर गरे जुन बललाई करनसंग जवाफ थिएन।

सातौँ ओभरको दोश्रो बलमा रायद इम्रिटले गरेको फुल लेन्थ बललाई ठूलो सट खेल्न खोजेका करन पुनः असफल भए र लगातार तेश्रो बलमा रन बनाउन सकेनन्। त्यसपछिको बलमा करनले १ रन लिंदै टि-१० लिगमै व्यक्तिगत खाता खोले। नासिर हुसेनले १ रन लिंदै स्ट्राइक दिएपछिको बलमा पनि करनले रन बनाउन सकेनन्। त्यसपछिको बल इम्रीटले बाउन्सर गरे जुन वाइड भयो। त्यसपछिको बलमा करनलाई इम्रीटले स्लोअर बल गर्दै झुक्काए। पहिलो ६ बलमा करनले १ रन मात्र बनाउन सके।

आठौँ ओभरमा चौथो बलमा स्ट्राइक पाएका करनले १ रन लिंदै नासिर हुसेनलाई स्ट्राइक दिए। पहिलो ७ बलमा १ रन बनाएका करनको कमेन्टेटरले आलोचना गरे र ठूलो सट खेल्नु पर्ने बताए।

नवौं ओभरको दोश्रो बलमा पार्नेललाई आक्रामक सट खेल्न खोजेका करनले १ रन लिन सके। एक्स्ट्रा कभरमा फिल्डरले बल रोक्दा करन अर्को किनार पुगीसकेका थिए।

नवौं ओभरको चौथो बलमा वायाँ पार्नेलले करनलाई बोल्ड गरे। अफस्टम्पको बललाई मिड विकेटमा खेल्न खोजेका उनि बोल्ड हुन पुगे। आउट भए पछि करन निराश हुँदै पेभेलियन प्रस्थान गरेका थिए।

करन केसीले ९ बल खेल्दै मात्र ३ रन बनाउन सके। आफ्नो ब्याटिंग क्षमताको कारण पनि एसोसीएट क्रिकेटमा परिचित करनले दोश्रो पटक पनि ब्याटिंगबाट निराशाजनक प्रदर्शन गरेका हुन्।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]