इंग्ल्यान्डसंग हार पछि अक्रमद्वारा पाकिस्तान कप्तानको आलोचना

पाकिस्तानका महान तिब्र गति बलर वासिम आक्रमले इंग्ल्यान्डसंग पाकिस्तानले रोमान्चक पहिलो टेस्टमा हार पछि पाकिस्तानी कप्तान अजहर अलिको आलोचना गरेका छन्।

जितको नजिक पुगेता पनि ३ विकेटको हार बेहोर्दै तिन टेस्टको सिरिजमा पाकिस्तान ०-१ ले पछि परेपछि आक्रमले पाक कप्तान अलिले खेलको दौरान लिएको निर्णयहरुको आलोचना गरेका हुन्।

आक्रमले चौथो इनिंगमा तिब्र गति बलर नसिम शाहको प्रयोग राम्रो नगरिएको र कुल ८२ ओभरमा मात्र १३ ओभर मात्र उनलाई गर्न दिईएकोमा असन्तुष्टि व्यक्त गरे। आक्रमले स्काई स्पोर्ट्सलाई बताए – “यो हारले दुख दिनेछ , पाकिस्तान टिम र पाकिस्तानी क्रिकेट फ्यानहरुलाई।”

“जित र हार क्रिकेटको हिस्सा हो तर मलाई लाग्छ हाम्रो कप्तानले नेतृत्वको हकमा केहि निर्णयहरुमा चुके” पाकिस्तानका पुर्वकप्तान समेत रहेका आक्रमले बताए।

कप्तान अलिले पाकिस्तान क्रिकेट टिमले आक्रमकता देखाउन नसकेको आरोप लगाए

२७७ रनको लक्ष्य पछ्याउने क्रममा हारतर्फ अघि बढेको इंग्ल्यान्डलाई दबाबमा जोस बटलर ( ७५ रन ) र क्रिस वोक्स ( ८४*) ले छैठौं विकेटको लागि शानदार १३९ रनको साझेदारी गर्दै जित दिलाउन अहम योगदान दिएका थिए।

आक्रमका अनुसार ११७/५ को अवस्थामा पाकिस्तानले टेस्टमा आफ्नो ठाउँ जोगाउन संघर्ष गरिरहेका तथा पछिल्लो ६ टेस्टमा ५.२२ को औशतमा ब्याटिंग गरेका वोक्सलाई दबाब दिन सकेन।

“जब वोक्स ब्याटिंगमा आए, न बाउन्सर फालियो नत सर्ट बलनै फालियो, उनलाई क्रिजमा जम्न दिईयो र रन सहजै आइरहेको थियो।” अक्रमले पाकिस्तान कप्तानको कमजोरी औल्याए।

“जब साझेदारी अघि बढ्दै थियो, केहि प्रयास भइरहेको थिएन। न बलमा टर्न थियो न स्विंग र बटलर र वोक्सले यतिकै खेल खोसेर लगे”

“पाकिस्तान क्रिकेट आफ्नो स्वभाव अनिश्चिता र आक्रामक क्रिकेटको लागि जनिने गर्छ। हामि काउन्टी बलर हैनौं जो आउछ र दिनभर मात्र लाइन र लेन्थमा बलिंग गरेर जान्छ।” ५४ वर्षीय देब्रे हाते पेसरले बताए।

“हामिसंग १७ वर्षीय युवा नसिम जसले ९० माइल प्रति/किमी बलिंग गर्न सक्छ, शाहिन अफ्रिदी जो ८८ माइल प्रति/किमी बलिंग गर्न सक्छ त्यस्ता बलर छन् र उनीहरुले अझ धेरै ओभर बलिंग गर्नु पर्थ्यो , प्रत्येक इनिंगमा १८-२० ओभर , चाहे जस्तो सुकै परिस्थिति होस्।”

खेलमा वोक्स र बटलरले छैठौं विकेटको लागि १३९ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए

टेस्टमा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंगमा ३२६ रन बनाएको थियो। इंग्ल्यान्डले पहिलो इनिंगमा २१९ रन मात्र बनाएको थियो। पाकिस्तानले दोश्रो इनिंगमा १६९ रन बनाएपछि इंग्ल्यान्डले २७७ रनको लक्ष्य पाएको थियो जुन लक्ष्य ७ विकेट गुमाएर इंग्ल्यान्डले पुरा गरेको थियो।

सन् १९९६ पछि पाकिस्तानले इंग्ल्यान्डमा टेस्ट सिरिज जित्न सकेको छैन।

सिरिज अन्तर्गत दोश्रो टेस्ट अगस्ट १३ बाट सुरु हुनेछ। यस्तै तेश्रो टेस्ट २१ अगस्टमा खेलिनेछ। आगामी दुवै टेस्ट रोज बल, साउथह्याम्पटनमा खेलिनेछ।





थप समाचार

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]