“उनीहरु सोच्छन् आईपीएल खेल्नु पर्याप्त छ” अक्रमले बताए भारतको खराब प्रदर्शनको कारण

पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान वासिम आक्रमले टि-२० विश्वकप २०२१ मा भारतको कमजोर प्रदर्शनको कारण सिमित ओभर क्रिकेटलाई वेवास्ता गर्नु बताएका छन्। महान पूर्व फास्ट बलर आक्रमले भारतले अन्तिम पटक मार्चमा इंग्ल्यान्डमा सिमित ओभर अन्तर्राष्ट्रिय खेलेको तथ्य समेत उजागर गरेका छन्। भर्खरै आईपीएल खेलेता पनि अन्तर्राष्ट्रिय क्रिकेटको स्तर बराबर लिगको खेल नहुने उनको भनाई छ।

“भारतले अन्तिम पटक सबै सिनियर खेलाडीहरुलाई लिएर मार्चमा सिमित ओभर अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। अहिले हामि नोभेम्बरमा छौँ। त्यसले देखाउछ कि उनीहरु सिमित ओभर अन्तर्राष्ट्रियलाई कति कम महत्व दिन्छन्। उनीहरु सोच्छन् कि आईपीएल खेल्नु पर्याप्त छ। तपाईले जतिनै लिग क्रिकेट खेलेता पनि लिग क्रिकेट खेल्दा तपाईले एक-दुईवटा मात्र राम्रो बलर बिपक्षी टिममा पाउनुहुन्छ। अन्तर्राष्ट्रिय क्रिकेटमा तपाई राम्रो ५ जना बलरको सामना गर्नुहुन्छ।” अक्रमले ए स्पोर्ट्ससंग कुराकानीमा बताए।

भारतले जुलाई अन्तिममा श्रीलंकासंग एकदिवसीय र टि-२० सिरिज खेलेता पनि उक्त टिममा युवा खेलाडी मात्र भएको र सिनियर खेलाडी इंग्ल्यान्ड टुरमा टेस्ट खेलीरहेको बताए। न्युजिल्यान्डसंग आइतबार ८ विकेटले पराजित भएपछि सेमीफाइनल सम्भावना कमजोर भएको भारतले खेलमा टस हार्नु र त्यसपछि रोहित शर्मालाई तेश्रो नम्बरमा ब्याटिंग गराउने निर्णय माथि अक्रमले प्रश्न चिन्ह खडा गरे।

“त्यो एकतर्फी खेल थियो। भारतले धेरै गल्ति गर्यो। टस हारेपछि उनीहरु मानसिक रुपमा कमजोर भए जस्तो लग्यो। त्यसपछि ‘गर या मर’ को खेलमा उनीहरुले रोहित शर्मालाई ३ नम्बरमा पठाए। जुन खेलाडीसंग टि-२० अन्तर्राष्ट्रियमा ओपनरको रुपमा ४ वटा शतक छ। उनीहरुले इशान किशनलाई तेश्रो नम्बरमा पठाउनु पर्थ्यो। त्यही बेला देखि उनीहरुको खराब समय सुरु भयो।” आक्रमले औल्याए।

यो पनि पढ्नुस : न्युजिल्यान्ड कप्तान विलियमसनको तारिफ गर्दै सचिनले बताए भारतको हारको कारण





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]