धोनीको विस्फोटक ब्याटिंग, चेन्नाई शीर्षस्थानमा उक्लियो

विकेटनेपाल, बैशाख १८ – मंगलबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत चेन्नाई सुपरकिंग्स र दिल्ली डेयरडेभिल्सबिचको खेलमा दिल्लीलाई १३ रनले पराजित गर्दै चेन्नाई अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ ।

घरेलु मैदान पुनेमा चेन्नाईले दिएको २१२ रनको लक्ष्य सहित मैदानमा उत्रेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १९८ रनमात्र बनाउन सक्यो । उसका लागि रिशब पन्तले ७९ रन बनाउनेक्रममा ४५ बलमा ७ चौका र ५ छक्का प्रहार तथा विजय शंकरले अविजित ५४ रन बनाउनेक्रममा ३१ बलमा १ चौका र ५ छक्का प्रहार गरेपनि अन्य खेलाडीहरुले रन बनाउन सकेनन् ।

पाँचौ विकेटको रुपमा रिशब पन्त आउट हुँदा दिल्लीलाई १४ बलमा ४९ रनको आबश्यकता थियो, विजय शंकरले त्यसपछी ५ छक्का प्रहारगर्दै खेललाई नजिक पुर्याए । बलिंगतर्फ चेन्नाईका केएम असिफले २ विकेट तथा रविन्द्र जडेजा र लुंगी एन्गीडीले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिंग गरेको चेन्नाई सुपरकिंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको बिशाल योगफल तयार पारेको थियो । उसका लागि फाफ डु प्लेसिसले पहिलो विकेटको रुपमा आउट हुँदा ३३ रन (३३ बल, ३ चौका, १ छक्का) बनाउंदै पहिलो विकेटको लागि शेन वाटसनसंग १०२ रनको साझेदारी गरेका थिए । त्यसपछि थप १ रनको स्कोरमा सुरेश रैना व्यक्तिगत १ रनमा आउट भएका थिए ।

वाटसनले ७८ रनको पारि खेले

शेन वाटसनले तेस्रो विकेटको रुपमा आउट हुनेक्रममा ७८ रन बनाउन मात्र ४० बलमा ४ चौका र ७ छक्का प्रहार गरे । चौथो विकेटको   लागि अम्बाती रायडुले ४१ रन र महेन्द्रसिंह धोनीले अविजित ५१ रन प्रहार गर्दै ७९ रनको साझेदारी गरेका थिए । २४ बल सामना गरेका रायडुले ५ चौका र १ छक्का तथा २२ बल सामना गरेका धोनीले २ चौका र ५ छक्का प्रहार गरेका थिए जुन धोनीको आइपिएल इतिहासको दोश्रो छिटो प्रहार गरेको अर्धशतक रहेको छ । यसभन्दा अगाडी सन् २०१२ मा मुम्बई बिरुद्द २० बलमा अर्धशतक प्रहार गरेका थिए ।

धोनीले २२ बलमा अर्धशतक पुरा गरे

बलिंगतर्फ एकओभर मात्र बलिंग गरेका ग्लेन म्याक्सवेलले ५ रन खर्चिंदै सुरेश रैनालाई आउट गरेका थिए भने विजय शंकर र अमित मिश्रले पनि समान १/१ विकेट लिएका थिए । शेन वाटसन म्यान अफ द म्याच चुनिए ।

स्कोरकार्ड





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]