पीएसएल : क्वेट्टाको बिशाल जितमा वाटसनको आक्रामक इनिंग

  • विकेटनेपाल, १३ फागुन 

पाकिस्तान सुपर लिग अन्तर्गत शनिबार राति सम्पन्न २ वटा खेलमा क्वेटा ग्ल्याडीएटर्स र पेशावर जाल्मीले पहिलो जित हात पारेका छन्।

पहिलो खेल – पेशावर Vs इश्लामाबाद 

टस हारेर ब्याटिंग गरेको पेशावरले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो। कामरान अकमलले ५३ रन ( ३२ बल, ७ चौका, ३ छक्का ) बनाए भने तामिम इकबाल ( ३९ रन , २ चौका, २ छक्का ) तथा ड्वेन स्मिथ र मोहम्मद हफिजले समान ३०/३० रन योगदान दिए। पहिलो विकेटको लागि अकमल र इकबालले ६९ रनको तथा दोश्रो विकेटको लागि इकबाल र स्मिथले ५२ रनको साझेदारी गरे।

जवाफमा १७७ रनको लक्ष्य पछ्याउने क्रममा इश्लामाबादले ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो। फाहिम अशरफले अविजित ५४ रन ( ६ चौका, २ छक्का ) प्रहार गरेपनि जितको लागि पर्याप्त हुन सकेन। प्लेयर अफ द म्याच चुनिएका पेशावरका बलर उमेद आसिफले ४ विकेट हात पार्न ४ ओभरमा मात्र २३ रन खर्चिए।

दोश्रो खेल – लाहोर कलन्दर्स Vs क्वेट्टा ग्ल्याडीएटर्स

टस जितेर पहिले फिल्डिंग रोजेको क्वेट्टाले लाहोरको इनिंग ११९/९ मै समेट्यो। जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट तथा मोहम्मद नवाजले २ विकेट हात पारे। लाहोरको लागि ओपनर ब्रेण्डन म्याककुलमले स्सर्वाधिक ३० तथा सुनिल नारिनले २८ रन योगदान दिए।

४ ओभरमा मात्र ४ रन दिएर २ विकेट लिएका मोहम्मद नवाज प्लेयर अफ द म्याच चुनिए।

१२० रनको लक्ष क्वेट्टाले मात्र १ विकेट गुमाई १४ ओभरमै पुरा गर्यो। ओपनर असद शफिकले अविजित ३८ रन ( ३ छक्का, १ चौका ) तथा आक्रामक इनिंग खेल्ने क्रममा शेन वाटसनले ४२ बलमा ५ चौका र ५ छक्का मदतले ६६ रन बनाए।

४ ओभरमा मात्र ४ रन दिएर २ विकेट लिएका मोहम्मद नवाज प्लेयर अफ द म्याच चुनिए।





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]