‘विश्वकप छनोट हुने एक मात्र लक्ष्य’

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टि-२० विश्वकपमा क्वालियफायर हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन्।

आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्ला ६ महिना यता ब्याटिङ राम्रो भएको बताए। उनले पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको उल्लेख गरेका हुन् ।

उनले क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरूले ठूलो अवसरको रूपमा लिएको बताए। उनले कुनै पनि टिमलाई सहज रूपमा नलिएको र क्वालिफाइ हुने आफूहरूको लक्ष्य रहेको बताए। सबै खेलाडीहरूले आफूहरूको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने बताए।

त्यस्तै प्रशिक्षक मोन्टी देसाईले कुनैपनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए। उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। उनले एक पटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताए। उनले आफ्ना लागि सबै खेल महत्त्वपूर्ण रहेको बताए।

कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ। नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन्।

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy