अफ्रिदीको रेकर्ड तोड्दै शाकिब बने टि-२० विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता

टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आइतबार बंगलादेश अलराउण्डर शाकिब अल हसनले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्।

श्रीलंका बिरुद्ध खेलमा पराजित भएता पनि खेलमा २ विकेट लिएका शाकिबले पाकिस्तानका शाहिद अफ्रिदीलाई पछि पर्दै टि-ट्वान्टी विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ताको कीर्तिमान आफ्नो नाम गरेका छन्। श्रीलंकाका पथुम निसंकाको विकेट लिंदै उनले रेकर्ड बराबरी गरेका थिए भने अभिस्का फर्नान्डोलाई २ बल पछि बोल्ड गर्दै कीर्तिमान आफ्नो नाम गरेका थिए।

२९ खेलमा शकिबले २८ इनिंग्समा बलिंग गर्दै कुल ४१ विकेट लिएका छन्। अफ्रिदीले ३४ खेलमा ३९ विकेट लिएका थिए। तेश्रो धेरै श्रीलंकन फास्ट बलर लासिथ मालिंगाले ३८ विकेट लिएका छन्। चौंथो धेरै पाकिस्तानका सईद अज्मलले ३६, पाँचौ धेरै श्रीलंकाका अजन्था मेन्डिस र पाकिस्तानका उमर गुलले समान ३५ विकेट लिएका छन्।

जारि विश्वकपमा शानदार लयमा रहेका ३४ वर्षीय हसनले ४ खेलमा ११ विकेट लिईसकेका छन्। यस क्रममा उनले समुह चरणमा स्कटल्याण्ड बिरुद्ध २ विकेट, ओमान बिरुद्ध ३ विकेट तथा पपुवा न्यु गिनी बिरुद्ध ४ विकेट लिएका थिए।

श्रीलंका बिरुद्ध हसनले १७ रन खर्चेर २ विकेट लिएता पनि खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो। बंगलादेशले दिएको १७२ रनको लक्ष्य श्रीलंकाले ५ विकेट क्षेतीमा भेटायो। प्रतियोगितामा उत्कृस्ट लयमा रहेका शाकिबले ४ खेलमा ११ विकेट लिनुको साथै ब्याटिंगमा पनि ११८ रन बनाइसकेका छन्।

प्रतियोगितामा बंगलादेशले आगामी खेल इंग्ल्यान्ड बिरुद्ध बुधबार ( अक्टोबर २७ ) खेल्ने तालिका रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy