अफ्रिदीको रेकर्ड तोड्दै शाकिब बने टि-२० विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता

टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आइतबार बंगलादेश अलराउण्डर शाकिब अल हसनले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्।

श्रीलंका बिरुद्ध खेलमा पराजित भएता पनि खेलमा २ विकेट लिएका शाकिबले पाकिस्तानका शाहिद अफ्रिदीलाई पछि पर्दै टि-ट्वान्टी विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ताको कीर्तिमान आफ्नो नाम गरेका छन्। श्रीलंकाका पथुम निसंकाको विकेट लिंदै उनले रेकर्ड बराबरी गरेका थिए भने अभिस्का फर्नान्डोलाई २ बल पछि बोल्ड गर्दै कीर्तिमान आफ्नो नाम गरेका थिए।

२९ खेलमा शकिबले २८ इनिंग्समा बलिंग गर्दै कुल ४१ विकेट लिएका छन्। अफ्रिदीले ३४ खेलमा ३९ विकेट लिएका थिए। तेश्रो धेरै श्रीलंकन फास्ट बलर लासिथ मालिंगाले ३८ विकेट लिएका छन्। चौंथो धेरै पाकिस्तानका सईद अज्मलले ३६, पाँचौ धेरै श्रीलंकाका अजन्था मेन्डिस र पाकिस्तानका उमर गुलले समान ३५ विकेट लिएका छन्।

जारि विश्वकपमा शानदार लयमा रहेका ३४ वर्षीय हसनले ४ खेलमा ११ विकेट लिईसकेका छन्। यस क्रममा उनले समुह चरणमा स्कटल्याण्ड बिरुद्ध २ विकेट, ओमान बिरुद्ध ३ विकेट तथा पपुवा न्यु गिनी बिरुद्ध ४ विकेट लिएका थिए।

श्रीलंका बिरुद्ध हसनले १७ रन खर्चेर २ विकेट लिएता पनि खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो। बंगलादेशले दिएको १७२ रनको लक्ष्य श्रीलंकाले ५ विकेट क्षेतीमा भेटायो। प्रतियोगितामा उत्कृस्ट लयमा रहेका शाकिबले ४ खेलमा ११ विकेट लिनुको साथै ब्याटिंगमा पनि ११८ रन बनाइसकेका छन्।

प्रतियोगितामा बंगलादेशले आगामी खेल इंग्ल्यान्ड बिरुद्ध बुधबार ( अक्टोबर २७ ) खेल्ने तालिका रहेको छ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]