पाकिस्तानको सकियो यात्रा, सेमीफाइनल पुग्ने ४ टिमको टुंगो लाग्यो

२०७६ असार २०, शुक्रबार २०:१८

पाकिस्तान अधिकारिक रुपमा आईसीसी एकदिवसीय विश्वकपको सेमीफाइनल दौडबाट बाहिरिएको छ।

बंगलादेशसंग लर्ड्स मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रन बनाएको थियो। यो अवस्थामा न्युजिल्यान्डलाई नेट रन रेटमा पछि पार्दै सेमीफाइनल पुग्न पाकिस्तानले बंगलादेशलाई ९ रनमै अल-आउट गर्नुपर्ने थियो।

बंगलादेशले लक्ष्य पछ्याउने क्रममा तेश्रो ओभरमा ९ रन कटाएपछि पाकिस्तानको २०१९ विश्वकप यात्रामा पूर्णविराम लागेको हो।

पाकिस्तानको लागि इमाम उल हकले सर्वाधिक १०० तथा बाबर आजमले ९६ रन बनाए। बंगलादेशलाई जित्न सुरुवात देखि आक्रामक ब्याटिंग गर्ने अनुमान गरिए पनि पाकिस्तानले सेमीफाइनल पुग्न भन्दा आजको खेल जित्ने लक्ष्यका साथ खेलेको देखिएको थियो। पहिलो १० ओभरमा पाकिस्तानले मात्र ३८ रन बनाएको थियो। बंगलादेश बलर मुस्तफिजुर रहमानले सर्वाधिक ५ विकेट र मोहम्मद सैफुद्दीनले ३ विकेट लिए।


प्रतियोगितामा पाकिस्तानले अफगानिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रीका, इंग्ल्याण्ड जस्तो टिमलाई पराजित गर्दा वेस्टइन्डिज र अस्ट्रेलियासंग पराजित हुन पुग्यो। श्रीलंकासंगको खेल नतिजाविहिन रहेको थियो जुन खेल भएको भए पाकिस्तान सेमीफाइनल पुग्ने सम्भवना प्रवल हुन सक्थ्यो।

यस्तै वेस्ट इन्डिजसंगको खेलमा २१.४ ओभरमा १०५ रनमा अल आउट हुनु पनि पाकिस्तानको नेट रन रेट कमजोर हुनुको कारण बन्यो। उक्त खेल वेस्टइन्डिजले १३.४ ओभरमै जितेको थियो।

सेमीफाइनल खेल्ने ४ टिमको लाग्यो टुंगो, लिगको उत्कृस्ट हुन अस्ट्रेलिया र भारत बीच प्रतिस्पर्धा 

पाकिस्तान प्रवेश नगर्ने निश्चित भएसंगै विश्वकपको सेमीफाइनल पुग्ने ४ टिमको टुंगो लागेको छ। अस्ट्रेलिया सबैभन्दा अगाडी सेमीफाइनल पुगेको थियो भने भारत दोश्रो, इंग्ल्याण्ड तेश्रो र न्युजिल्याण्ड तेश्रो टिम बन्न पुग्यो।

विश्वकप क्रिकेट इतिहासमा अस्ट्रेलिया र न्युजिल्यान्ड सबैभन्दा धेरै ८ पटक सेमीफाइनल प्रवेश गरेको छ। भारत ७ पटक तथा पाकिस्तान र इंग्ल्याण्ड ६/६ पटक सेमीफाइनल पुगेका छन्। वेस्ट इन्डिज,श्रीलंका र दक्षिण अफ्रीका ४/४ पटक तथा केन्या १ पटक सेमीफाइनल पुगेको छ ।

विश्वकपको सेमीफाइनल खेलहरु जुलाई ९ र ११ तारिकमा हुनेछ। जुलाई ९ मा अंकतालिकामा नम्बर-१ र नम्बर-४ टिम बीच प्रतिस्पर्धा हुनेछ भने जुलाई ११ मा अंकतालिकामा दोश्रो र तेश्रो हुने टिम बीच खेल हुनेछ।

१२ अंक सहित इंग्ल्याण्ड तेश्रो स्थानमा र ११ अंक सहित न्युजिल्यान्ड चौथो स्थानमा रहेको छ। अझै पनि पहिलो र दोश्रो स्थानको तय भने भएको छैन। अस्ट्रेलिया र भारतले १/१ खेल खेल्न बाँकी रहेको छ।

जुलाई ६ तारिक शनिवार भारतले श्रीलंकासंग तथा अस्ट्रेलियाले दक्षिण अफ्रीकासंग खेल्नेछ। अस्ट्रेलियाले जितेमा भारतले श्रीलंकालाई पराजित गरे पनि अस्ट्रेलिया नम्बर-१ हुनेछ। त्यसैले भारत नम्बर-१ हुन दक्षिण भारतले श्रीलंकालाई र संग दक्षिण अफ्रीकाले अस्ट्रेलियालाई पराजित गर्नुपर्ने हुन्छ।

समान ८ खेल खेले पनि भारतको न्युजिल्याण्डसंगको खेल नतिजाविहिन रहंदा ६ जित सहित १३ अंक र अस्ट्रेलियाले भारतसंग हारेको १ खेल र अन्य ७ जित सहित १४ अंक रहेको छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy