रोचक बन्दै विश्वकप सेमीफाइनल दौड, सेमीफाइनल पुग्न कुन टिमको कस्तो समीकरण

इंग्ल्याण्डमा जारि विश्वकप क्रिकेट लिग चरणको अन्त्य तिर पुगेको छ। थोरै खेल मात्र बाँकी हुँदा हालसम्म अस्ट्रेलियाले सेमीफाइनलमा स्थान पक्का गरेको छ भने अन्य ३ टिमको अझै प्रतीक्षा छ।

अफगानिस्तान, दक्षिण अफ्रीका र वेस्ट इन्डिज सेमीफाइनल पुग्न असफल भइसकेका छन् भने अब निश्चित हुन बाँकी ३ स्थानको दौडमा भारत, न्युजिल्याण्ड, इंग्ल्याण्ड, पाकिस्तान, बंगलादेश र श्रीलंका रहेका छन्।

भारतले आफ्नो बाँकी ३ खेलमा १ मात्र जित हाँसिल गरे सेमीफाइनलमा स्थान पक्का गर्नेछ भने अन्य टिमको लागि बाटो सहज छैन।

न्युजिल्याण्ड :  लगातार दोश्रो हार र शनिबार अस्ट्रेलियासंगको हारले न्युजिल्याण्ड पनि सहज अवस्थामा रहेको छैन। सेमीफाइनल पुग्न अब न्युजिल्याण्डले खेल्न बाँकी इंग्ल्याण्डसंगको खेलमा कम्तिमा १ अंक प्राप्त गर्नुपर्नेछ। इंग्ल्याण्डको पनि सेमीफाइनल बाटो मुस्किल हुँदा उसलाई पनि जितको खाँचो छ।

न्युजिल्याण्ड इंग्ल्याण्डसंग यदी पराजित भए ११ अंकको साथ लिग चरणको अन्त्य गर्नेछ। यसो भए न्युजिल्याण्डले भारतसंग इंग्ल्याण्ड हारेको वा पाकिस्तान-बंगलादेश बीचको खेलको विजेताको नेट रन-रेट आफ्नो भन्दा कम रहोस भन्ने कामना गर्नुपर्नेछ।

न्युजिल्याण्डको नेट रन रेट +०.५७२ रहंदा पाकिस्तानको -०.७९२ तथा बंगलादेशको -०.१३३ रहेको छ।

यदी त्यसो नभएको खण्डमा न्युजिल्यान्ड अघि बढ्न भारतले खेलेको सबै ३ खेलमा हार बेहोर्नुपर्नेछ साथै नेट-रन रेट समेत न्युजिल्यान्डको भन्दा कम हुनु पर्छ।

इंग्ल्याण्ड : अफगानिस्तानलाई पाकिस्तानले पराजित गरेसंगै उत्कृस्ट ४ मा इंग्ल्याण्डलाई पछि पर्दै पाकिस्तान प्रवेश गरेको छ।

यदी इंग्ल्याण्डले आइतबार भारतसंग र बुधबार न्युजिल्याण्डसंग २ जित दर्ता गरे सेमीफाइनल प्रवेश गर्नेछ।

यदी २ वटा खेलमा १ मात्र जित हाँसिल गरेको खण्डमा बंगलादेशलाई भारतले तथा बंगलादेशले पाकिस्तानलाई पराजित गर्नुपर्नेछ। यसो भएमा इंग्ल्याण्डको १० अंक रहनेछ भने पाकिस्तान र बंगलादेशको ९ अंक मात्र हुनेछ। श्रीलंकाले बाँकी खेलमा वेस्ट इन्डिज र भारतलाई पराजित गरेमा उसको १० अंक हुनेछ जुन पनि श्रीलंकाको लागि पर्याप्त हुने छैन। ( श्रीलंकाको ४ र इंग्ल्याण्डको ५ जित हुनेछ )

इंग्ल्याण्डको मात्र ८ अंक भए पनि गणितीय रुपमा सेमीफाइनल पुग्ने सम्भावना छ। भारत र न्युजिल्याण्डसंग इंग्ल्याण्ड पराजित भए निम्न परिस्थितिमा इंग्ल्याण्ड अघि बढ्न सक्छ –

– श्रीलंका बाँकी २ मध्ये कम्तिमा एक खेलमा हार बेहोर्नु पर्नेछ र ८ अंकमा अन्त्य गर्नुपर्नेछ

– पाकिस्तान र बंगलादेश बीचको खेल केहि कारणले अबरुद्ध हुनु पर्नेछ र दुवै टिमले बाँकी खेल हार्नु पर्नेछ। त्यसो भए पाकिस्तान, इंग्ल्याण्ड र बंगलादेशको ८ अंक हुनेछ र इंग्ल्याण्ड धेरै जितको आधारमा सेमीफाइनल प्रवेश गर्नेछ।

पाकिस्तान : सुरुवातमा इंग्ल्याण्डलाई पराजित गर्दै प्रतियोगिताको सुरुवात गरको पाकिस्तानले बीचमा लय गुमाए पनि दक्षिण अफ्रीका, न्युजिल्याण्ड र अफगानिस्तानलाइ पराजित गर्दै सेमीफाइनल दौडमा अघि आएको छ।

पाकिस्तानले अब बंगलादेशसंग १ खेल खेल्न बाँकी रहेको छ। उक्त खेल जिते पाकिस्तानको ११ अंक हुनेछ। पाकिस्तान त्यसपछि छनौट हुन कुनै १ टिम पाकिस्तान भन्दा मुनि हुनु पर्छ। ११ अंकमा अघि बढ्न निम्न ३ परिस्थिति भए पाकिस्तान छनौट हुनेछ –

– इंग्ल्याण्डले कम्तिमा एउटा खेल हार्नुपर्नेछ र १० अंकमा सिमित हुनु पर्नेछ

– भारतले बाँकी सबै खेलमा हार बेहोर्नुपर्नेछ र नेट रन-रेट पाकिस्तानको भन्दा कम हुनु पर्नेछ

-यदी अन्तिम खेलमा पाकिस्तान बंगलादेश संग पराजित हुँदै ९ अंकमा सिमित रहे इंग्ल्याण्डले बाँकी दुवै खेल हार्नुपर्नेछ। श्रीलंका र बंगलादेशले १/१ खेल हार्नुपर्नेछ र नेट रनरेट पाकिस्तान भन्दा कम हुनुपर्नेछ।

बंगलादेश : दक्षिण अफ्रीका र वेस्ट इन्डिज जस्तो देशलाई पराजित गरेको बंगलादेशले प्रतियोगितामा जुझारुपन देखाएको छ। उसले यदी आफ्नो बाँकी २ खेलमा पाकिस्तान र भारतलाई पराजित गरे ११ अंक हुनेछ। त्यसो भएको खण्डमा निम्न परिस्थितिमा बंगलादेश अघि बढ्न सक्छ –

– इंग्ल्याण्डले कम्तिमा एउटा खेल हार्नुपर्नेछ र अंक तालिकामा बढीमा १० अंक हुनुपर्नेछ

– न्युजिल्याण्डले इंग्ल्याण्डसंग हार बेहोर्नु पर्नेछ र नेट रनरेट बंगलादेश भन्दा कम हुनुपर्नेछ

– भारतले सबै ३ खेल हार्नुपर्नेछ र बंगलादेश भन्दा नेट रन-रेट कम हुनुपर्नेछ

–  ९ अंक मात्रै बटुल्दै अघि बढ्न, उसले पाकिस्तानलाई पराजित गर्नुपर्नेछ भने इंग्ल्याण्डले बाँकी २ खेल हार्नुपर्नेछ र श्रीलंकाले कम्तिमा एउटा खेल हार्नुपर्नेछ

श्रीलंका : इंग्ल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा अस्चार्य दिएको श्रीलंका दक्षिण अफ्रीकासंग पराजित भए पछि भने सेमीफाइनल सम्भावना झिनो भएको छ। श्रीलंकाको मात्र ६ अंक रहेको छ।

यदी श्रीलंकाले वेस्ट इन्डिज र भारतलाई पराजित गरे उसको १० अंक हुनेछ। त्यसो भए बंगलादेशलाई भारतले पराजित गर्ने र पाकिस्तानलाई बंगलादेशले पराजित गर्नुपर्नेछ जसले बंगलादेश र पाकिस्तानको श्रीलंका भन्दा कम अंक हुनेछ।

भारत : ५ खेलमा जित र १ नतिजाविहिन अंक रहेको भारतको ११ अंक रहेको छ। बाँकी रहेको इंग्ल्याण्ड, बंगलादेश र श्रीलंका संगको खेल मध्ये एउटा जितले भारत सेमीफाइनल प्रवेश गर्नेछ भने अंकतालिकामा समेत शिर्षमा पुग्ने समेत भारतको दाउ हुनेछ।

तपाईको विचारमा कुन-कुन टिम पुग्ला सेमीफाइनल ?

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]