वानडे विश्वकप : पाकिस्तानको टिममा मोहम्मद आमिरको इन्ट्री, टिममा २ वटा परिवर्तन

  • विकेटनेपाल, जेठ-२ 

मे ३० गते बाट इंग्ल्याण्डमा सुरु हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अघि पाकिस्तानले पुर्व घोषित विश्वकप टिममा परिवर्तन गर्ने भएको।

इंग्ल्याण्ड र पाकिस्तान बीच इंग्ल्याण्डमा जारि टि-२० र एकदिवसीय सिरिजमा कमजोर प्रदर्शन गरेपछि पाकिस्तानले विश्वकपको १५ सदस्यीय टिममा फेरवदल गर्ने भएको हो।

इंग्ल्याण्ड भ्रमण अन्तर्गत एक मात्र टि-२० मा इंग्ल्याण्ड ७ विकेटले विजयी भएको थियो भने त्यसपछि पहिलो एकदिवसीय वर्षको कारण नतिजाविहिन हुँदा दोश्रो र तेश्रो एकदिवसीयमा इंग्ल्याण्ड क्रमशः १२ रनले र ६ विकेटले विजयी भएको थियो। दुवै खेलमा पाकिस्तानी बलरहरुको प्रदर्शन खास रहन सकेको थिएन।

मोहम्मद आमिरको कमब्याक 

इंग्ल्याण्ड सिरिजमा बलिंग प्रदर्शनको आलोचना पछि टिम चयन समितिले अनुभवी पाकिस्तानी तिब्र गति बलर मोहम्मद आमिरलाई १५ सदस्यीय टिममा बोलाएको जिओटिभीले बताएको छ। टिमका मुख्य प्रशिक्षक मिकी अर्थर, कप्तान सरफराज एह्मद र प्रमुख चयनकर्ता इन्जमाम उल हकले यो निर्णय लिएका हुन्।

आमिरलाई टिममा राखिए पनि अधिकारिक रुपमा भने उनको मेडिकल रिपोर्ट पछि मात्र उनलाई टिममा समावेस गरिनेछ। आमिरलाई केहि दिन अघि ठेउला आएको खबर आएको थियो।

आमिरलाई यस अघि घोषणा गरिएको प्रारम्भिक टिममा स्थान दिईएको थिएन जसको कारण आमिरको पछिल्लो २ वर्षको खराब फर्म थियो।

सन् २०१७ को च्याम्पियन्स ट्रफी प्रतियोगिताको फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जित्दा उत्कृस्ट प्रदर्शन गरेका मोहम्मद आमिरले त्यसपछि खेलेको १४ अन्तर्राष्ट्रिय खेलमा मात्र ५ विकेट लिएपछि उनको फर्म माथि प्रश्न उठेको थियो।

यस्तै आमिर संगै आसिफ अलिलाई पनि टिममा समाबेस गरिने बताईएको छ। आसिफ अलिले इंग्ल्याण्ड बिरुद्ध जारि सिरिजको दुवै खेलमा आक्रामक अर्धशतक बनाएका थिए। २७ वर्षीय अलिले पहिलो खेलमा ३६ बलमा ५१ तथा दोश्रो खेलमा ४३ बलमा ५२ रन बनाएका थिए।

Asif Ali

आमिर र अलि टिममा समाबेस हुँदा फर्ममा नरहेका ओपनर आबिद अलि र फाहिम असरफलाई भने टिमबाट बाहिर राखिने बताईएको छ।

आईसीसीले बिश्वकपको लागि मे २३ सम्म घोषित टिममा फेरबदल गर्न समय समय दिएको छ जसपछि आईसीसीको अनुमति लिनु पर्नेछ। पाकिस्तानले बिश्वकपमा आफ्नो पहिलो खेल वेस्ट इन्डिजसंग मे ३१ मा खेल्नेछ।

यस्तो हुनेछ पाकिस्तानको विश्वकप टिम :- 

सरफराज अहमद (कप्तान). फखर जमान, इमाम-उल-हक, बाबर आजम, आसिफ अली, शाहीन अफरीदी, हसन अली, जुनैद खान, मोहम्मद हसनैन, शादाब खान, शोएब मलिक, मोहम्मद आमिर, मोहम्मद हफीज, इमाद वसीम, हरिस सोहेल।​

अन्य देशको विश्वकप टिम :- 

अफगानिस्तान: गुल्बदीन नइब (कप्तान), मोहम्मद शेहजाद (विकेटकिपर), नुर अलि ज़द्रान, हज्रतुल्लाह जजाई, रहमत शाह, अस्घर अफगान, हाश्मतुल्लाह शहिदी, नजिब जद्रान, शमिउल्लाह सिनवारी, मोहम्मद नाबी, राशिद खान (उप-कप्तान), दवलत जद्रान, अफताब आलम, हमिद हसन, मुजीब उर्-रहमान

अष्ट्रेलिया: एरोन फिंच (कप्तान), जेसन बेरेनड्रफ, एलेक्स केरी, नेथन कुल्टर नाइल, प्याट कमिन्स, उश्मान ख्वाजा, नेथन लायन, शन मार्श, ग्लेन म्याक्स्वेल, झाए रिचार्डसन्, स्टिभ स्मिथ, मिचल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा

बंगलादेश: मोस्राफे बिन मोर्ताजा (कप्तान), तामिम इकबाल, लिटन दास, सौम्य सरकार, मुश्फिकर रहिम (विकेट किपर), महमदुल्लाह, साकिब अल हसन (उप-कप्तान), मोहम्मद मिथुन, सबिर रहमान, मोसद्देक हुसैन, मोहम्मद सैफुदीन, मेहिदी हसन मिराज, रुबेल हुसैन, मुस्ताफिजुर रहमान, अबु जायद

इंग्ल्याण्ड: इयान मोर्गान (कप्तान), मोईन अलि, जोन्नी बेयरिस्टो, जोस बटलर, टोम करन, जोए डेन्ली, लियाम प्लंकेट, आदील रशिद, जोए रुट, जेसन रोए, बेन स्टोक्स, डेविड विली, क्रिस वक्स, मार्क वुड

न्युजिल्यान्ड: केन विलियम्सन (कप्तान), टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, रोस टेलर

दक्षिण अफ्रिका: फाफ डु प्लेसिस (कप्तान), क्विन्टन डि कक्, हसिम अमला, रस्सी भान डर डसेन, डेविड मिलर, एण्डिले फेह्लुक्वायो, जेपी डुमिनि, ड्वैन प्रेटोरियस, डेल स्टेन, कागीसो रबाडा, लुङ्गी एन्गिडी, एन्रिच नोर्ट्जे, इमरान ताहिर, त्रबिज साम्सी

श्रीलंका: दिमुथ करुणारत्ने (कप्तान), आविष्का फर्नान्डो, लाहिरु थिरिमाने, कुसल परेरा, कुशल मेन्डिस, एन्जेलो म्याथ्युज, धनन्जय डि शिल्भा, जेफ्फेरी भन्डेर्से, थिसरा परेरा, इसुरु उदना, लासिथ मालिंगा, सुरंगा लकमल, नुवान प्रदीप, जीवन मेन्डिस, मिलिण्डा सिरिवर्दाना

वेस्ट इन्डिज: जेसन होल्डर (कप्तान), क्रिस गेल, आन्द्रे रसेल, शेल्डन कोट्रेल, शन्नन गब्रिअल, केमार रोच, निकोलस पुरन, अश्ले नर्स, फबियन एलेन, शिम्रोन हेट्मायर, साई होप, ओशाने थोमस, कार्लोस ब्राथवेट

भारत: विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, केदार जाधव, एमएस धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, कुलदिप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जस्प्रित बुम्राह

 





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]