ईपीएलको ट्रफी विश्वकप ट्रफी बनाउने कम्पनिले बनाउने, यस्ता छन् विशेषता

२०७८ श्रावण २५, सोमबार १८:४२

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ( आईसीसी ) ट्रफी बनाउने कम्पनि इंग्ल्यान्डको ओटविल सिल्भरस्मिथले नेपालको घरेलु टि-ट्वान्टी लिग एभरेस्ट प्रिमियर लिगको ट्रफी बनाउने भएको छ।

सोमबार एभरेस्ट प्रिमियर लिगले लिगको ‘रिप्लिका ट्रफी’ सार्वजनिक गरेको हो। लिगको दौरान सक्कली ट्रफी सार्वजनिक हुने जसको तौल १२ केजीको हुनेछ। ट्रफी डिजाइन गर्न लागेको रकम आयोजकले खुलासा गरेको छैन।

ट्रफी हिरा जडित हुनेछ जसमा नेपाल झल्किने गरि खुकुरी राखिएको छ। ट्रफीमा तिन वटा खुकुरी रहेको छ जसको माथि टल्किएको सेतो बल हिरा जडित हुनेछ। अतिन वटा खुक्कुरीको बिंडले क्रिकेटको तिन वटा स्टम्पलाई समेत प्रतिनिधित्व गर्नेछ। ट्रफीमा जडित हिरा स्वरोभ्सकी हिरा हुने आयोजकले बताएको छ।

ईपीएल टि-२० को चौथो संस्करण असोज ९ देखि २३ तारिखसम्म आयोजान हुनेछ जसमा ६ वटा टोलि सहभागी हुनेछन्। लिगलाई आईसीसीले मान्यता प्रदान गरिसकेको छ।

लिगमा यस पटक विश्वप्रसिद्ध पाकिस्तानी खेलाडी शाहिद अफ्रिदी र शोयब मलिक तथा वेस्टइन्डिजका कार्लोस ब्राथवेट खेल्ने पक्का भइसकेको छ। यस्तै अर्का पाकिस्तानी युवा क्रिकेटर डानिस अजिज चितवन टाइगर्सबाट लिग खेल्ने पक्का भैसकेको छ। अफ्रिदी काठमाडौँ किंग्स-११ बाट खेल्दैछन् जसको कप्तानी स्टार नेपाली स्पिनर सन्दिप लामिछानेले गर्नेछन्। मलिक र ब्राथवेट खेल्ने टिम घोषणा भएको छैन।

ईपीएलको चौथो संस्करणलाई बजाज पल्सरले मुख्य प्रायोजना गर्नेछ जसबापत नेपाली खेलकुद प्रतियोगिताको इतिहासकै सर्वाधिक २ करोड ५० लाख रुपैयाँ आयोजकलाई प्रदान गर्नेछ।

लिगको गत सिजन उपाधि ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर पेट्रिएट्सले जितेको थियो। ललितपुर सहित लिगमा बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स, चितवन टाइगर्स, पोखरा राइनोज र काठमाडौँ किंग्स -११ सहभागी रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy