नेपाल यसरी पुग्नेछ विश्वकपमा !

काठमडौं । सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने टि२० विश्वकपका एसिया तथा पुर्वि एसिया प्यासेफिक क्षेत्रीय छनोट आगामी साताबाट ओमानमा आयोजना हुदैछ

यसै छनोटको शीर्ष तीनमा अटाउन सकेमा नेपाल लगातार दोस्रो पटक विश्वकपका लागि छनोट हुनेछ । छनोटमा ९ राष्ट्रको सहभागीता रहनेछ । सहभागी राष्ट्रहरुलाई तीन समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपालको समूहमा कुवेत र जापान पनि रहेका छन् । हरेक समूहमा सिङ्गल राउन्ड रोबिनका आधारमा खेलहरु हुनेछ । प्रत्येक समूहको शीर्ष दुईमा रहने राष्ट्रले सुपर सिक्समा स्थान बनाउने छ । नेपालले पनि सुपर सुरुवातमा सुपर सिक्समा स्थान बनाउँन आफ्नो समूहमा कम्तिमा एक खेल जित्नु पर्ने हुन्छ ।

सुपर सिक्समा हरेक टोलीले आफ्नो समूहको बाहेक अन्य चार राष्ट्रको सामना गर्नेछ । नेपालले आफ्नो समूहबाट सुपर सिक्समा पुगेको राष्ट्र बाहेक अन्य चार राष्ट्रसँग खेल्नेछ । सुपर सिक्सको खेलमा नेपाल शिर्ष तीनमा रहन सकेमा लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउने छ ।

नेपालले समूह चरणको पहिलो खेलमा असोज २२ बेलुका पौने नौमा सामना गर्नेछ । दोस्रो खेलमा जापानसँग भने असोज २४ अपरान्ह सवा चारमा खेल्नेछ । असोज २६ देखि असोज ३१ सम्म सुपर सिक्सका खेलहरु हुनेछन् ।

टि२० विश्वकप आगामी वर्षको फेब्रुअरी देखि मार्चसम्म आयोजना हुनेछ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy