विश्वकप लिग-२ : नेपालको पहिलो खेल अमेरिकासंग

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानमा खेल्ने आयोजक ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ।

नेपाली क्रिकेट टिम दुई वटा सिरिजको तयारीको लागि मंगलबार ओमान पुगीसकेको छ। एक दिन क्वारेन्टाइन बसेपछि सबै सदस्यहरुको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको हुँदा टिम क्वारेन्टाइन मुक्त भैसकेको छ। टिमले बुधबार देखि अभ्यास सुरु गरिसकेको छ।

खेलतालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर १३ तारिखमा अमेरिकासंग अल अमिरत मैदानमा खेल्ने छ। खेल नेपाली समय ४:१५ बजे बेलुका तथा ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ।

सेप्टेम्बर २० तारिखसम्म कुल ८ दिन चल्ने प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल सेप्टेम्बर १४ तारिखमा आयोजक ओमान बिरुद्ध खेल्नेछ। यस्तै तेश्रो खेल दुई दिन आराम पछि सेप्टेम्बर १७ तारिखमा अमेरिकासंग तथा चौथो खेल सेप्टेम्बर १९ तारिखमा ओमान बिरुद्ध खेल्नेछ। सम्पूर्ण खेलहरु अल अमीरत मैदानमा खेलिनेछ। सबै खेलहरु नेपाली समय ४:१५ बजे बेलुका र ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ।

खेल तालिका : सेप्टेम्बर १३ : नेपाल Vs अमेरिका , सेप्टेम्बर १४ : नेपाल Vs ओमान , सेप्टेम्बर १६ : अमेरिका Vs ओमान , सेप्टेम्बर १७ : अमेरिका Vs नेपाल , सेप्टेम्बर १९ : ओमान Vs नेपाल , सेप्टेम्बर २० : ओमान Vs अमेरिका

ओमान र अमेरिकासंगको सिरिज अघि नेपालले पपुवा न्यु गिनीअंग सेप्टेम्बर ५ र ८ तारिखमा दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ। त्यस मध्ये दोश्रो खेल दिवा रात्रि हुनेछ।

नेपाल र अमेरिकासंगको सिरिज पछि ओमानले सेप्टेम्बर २५ तारिख देखि पपुवा न्यु गिनी र स्कटल्याण्डसंग सेप्टेम्बर २५ देखि अक्टोबर २ तारिखसम्म विश्वकप लिग-२ अन्तर्गतको अर्को सिरिज खेल्नेछ।

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा ओमान १५ औं स्थानमा तथा अमेरिका १९ औं स्थानमा रहेको छ। यस्तै पपुवा न्यु गिनी २० औं स्थानमा रहेको छ। नेपाल ओमान भन्दा एक स्थान पछि १६ औं स्थानमा रहेको छ।

विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।

लिग-२ अन्तर्गत नेपालले यस अघि पहिलो सिरिज पनि ओमान र अमेरिकासंग घरेलु भूमिमा गत वर्ष फेब्रुअरीमा खेलेको थियो। त्यस पछि कोभिड-१९ का कारण नेपालले खेल्ने विश्वकप लिग -२ अन्तर्गतको सिरिज स्थगित हुँदै आएको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो।

विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। लिग-२ को शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]