विश्वकप लिग २ मा नेपालको पहिलो जित, अमेरिका ३५ रनले पराजित

काठमाडौँ । नेपालले क्रिकेट विश्वकप लिग २ मा पहिलो विजय हात पारेको छ । घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विजय हात पार्ने क्रममा नेपालले शनिबार अमेरिकालाई ३५ रनले पराजित गर्‍यो। पहिलो खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भएको थियो। स्कोरकार्ड 

१ सय ९१ रनको विजय लक्ष्य लिएर आएको अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अलआउट भयो। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको नेपाल ओभरमा १ सय ९१ रनमा अलआउट भएको थियो।

७५ रन बनाएका इयान हल्यान्डले अमेरिकालाई विजय दिलाउन सकेनन्। उनले १ सय ११ बलको इनिङ्समा ७ चौका प्रहार गरे। ६५ रन बनाउँदा ७ विकेट गुमाएको अमेरिकाबाट क्यामरन स्टेभनसनले १९ रन बनाए।

अत्यन्त खराब सुरुवात गरेको अमेरिकाले पहिलो ५ विकेट २७ रनमै गुमाएको थियो। त्यसपछि हल्याण्डले एक किनार सम्हाल्दै अमेरिकालाई जितको आशा दिलाएका थिए। यस क्रममा उनले आठौँ विकेटको लागि क्यामरन स्टेभेनसनसंग ४९ रनको तथा नवौं विकेटको लागि इयान रस्टि थेरनसंग ३० रनको साझेदारी गरेका थिए।  तर नेपालले निरन्तर अन्तरालमा विकेट लिंदै अमेरिकालाई जितसम्म पुग्न दिएन।

नेपालबाट करण केसीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ७.१ ओभरमा १ मेडन गर्दै १५ रन खर्चिए। सुसन भारीले ३, सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए। केसी प्लेयर अफ द म्याच समेत चुनिए।

खेलमा अमेरिकाले टस जितेर फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रनको योगफल तयार गर्दै अमेरिकालाई १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालको लागि बिनोद भण्डारीले ५९ तथा कुशल मल्लले ५० रन बनाए। भण्डारीले ७९ बलमा ६ चौका र १ छक्का तथा मल्लले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

एक समय नेपालले ४९ रन बनाउदा पहिलो ५ विकेट गुमाई सकेको थियो। शरद भेसावकरको सट्टा टिममा भित्रिएका सुबास खकुरेल ३ रन, कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, पारस खड्का १९ रन, दिपेन्द्र ऐरी ० तथा  आरिफ शेख २ रन बनाएर आउट भए।

छैठौं विकेटको लागि कुशल मल्ल र बिनोद भण्डारीले ८४ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए। यस क्रममा कुशल मल्ल ३९ रनमा रहंदा अमेरिकी फिल्डरले सहज क्याच मिस गरेका थिए। मल्ल ३६ औं ओभरमा करिमा गोरेबाट क्याच आउट भए।

मल्लको विकेटपछि करन केसी १२ तथा सन्दिप लामिछाने खाता नखोली आउट भए। ४८ औं ओभरमा बिनोदलाई रस्टि थेरोनले क्याच आउट गराए। सुशन भारिले ११ रन बनाउदा नेपालले योगफल १ सय ९० रन बनायो।

अमेरिकाको बलिंगमा क्यामरन स्टेभेनसनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै ३० रन खर्चिए। यस्तै सौरभ नेत्रवाल्कर र रस्टि थेरनले समान दुइ विकेट लिए।

सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसंग १८ रनले पराजित भएको थियो।





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]