विश्वकप लिग -२ : पपुवा न्यु गिनीको तेह्रौं हार, युएई दोश्रो स्थानमा उक्लियो

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, पपुवा न्यु गिनी र आयोजक युएई बीच त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सुरु भएको छ।

सिरिजको पहिलो खेलमा आयोजक युएईले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको छ।

युएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पपुवा न्यु गिनीले दिएको १७७ रनको लक्ष्य युएईले मात्र ३ विकेट क्षेतीमा ४४.३ ओभरमै भेटायो।

युएईको जितमा आसिफ खानले सर्वाधिक ८१ रन बनाए जुन क्रममा अविजित रहेका उनले १०२ बलमा ८ चौका र १ छक्का प्रहार गरे। यस्तै भृत्य अरविन्दले ४०, चन्दनगोपोयील रिजवानले अविजित २६ तथा मुहम्मद वासिमले २२ रन बनाए। ८९ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफ र रिजवानले चौंथो विकेटको लागि ९० रनको साझेदारी गरे।

टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ५० ओभरमा ८ विकेट क्षेतीमा १७६ रन बनाएको थियो। उसको लागि कप्तान असद भालाले सर्वाधिक ४६ रन, सिमोन अटाईले २५, चार्ल्स अमिनीले २३ रन योगदान दिए।

युएईका अफ स्पिनर बसिल हमिदले ४ विकेट तथा कप्तान एहमद रजाले २ विकेट लिए। यस्तै जुनैद सिद्दिकी र जहुर खानले समान १ विकेट लिए।

लिग-२ मा पपुवा न्यु गिनीको यो तेह्रौं हार हो। सबै खेलमा हार पछि पपुवा न्यु गिनी अंकतालिकाको पुछारमा छ। युएई भने स्कटल्याण्डलाई पछि पार्दै दोश्रो स्थानमा उक्लेको छ जसले १५ खेलमा ८ जित, ५ हार, १ बराबरी र १ नतिजाविहिन खेल खेलेको छ। ओमान ३६ अंक सहित शिर्षमा छ भने नेपाल ८ अंक सहित छैठौं स्थानमा छ।

सिरिज अन्तर्गत नेपालले पहिलो खेल बुधबार पपुवा न्यु गिनीसंग खेल्नेछ। शारजाह मैदानमा हुने खेल नेपाली समय ११:१५ बजे विहान सुरु हुनेछ।

( फिचर फोटो – द नेसनल युएई )





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]