विश्वकप लिग टुमा क्यानडाको लगातार चौथो जित

काठमाडौं । क्यानडाले विश्वकप लिग टु अन्तर्गत लगातार चौथो जित हात पारेको छ । लगातार चौथो जित हासिल गर्ने क्रममा क्यानडाले ओमानमाथि ५ विकेटको जित निकालेको थियो ।

शुक्रवार बिहान सपन्न खेलमा ओमानले दिएको १ सय ९९ रनको लक्ष्य क्यानडाले ४५ दशमलब ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

क्यानडाको जितमा प्रगत सिंहले ९५ बलमा ८३ रनको अर्धशतकीय ईनिङ खेले । श्रेयस मोभ्भाले ६० बलमा नट आउट ३६, ओपनर आरोन जोनसनले २७ बलमा ३१, अर्का ओपनर नवनित धालीवालले ६१ बलमा २५ तथा हर्ष ठाकरले १० रन जोडे ।

ओमानका लागि आयान खानले २ तथा कप्तान अकिब इल्यास, जिशान मक्शुद र सकिल अहमदले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।

ओमानका लागि कश्यप प्रजापती र अकिब इल्यासले अर्धशतकीय ईनिङ खेले । कप्तान इल्यासले ९८ बलमा ६१ तथा प्रजापतीले १ सय बलमा ५२ रन बनाएका थिए । सकिल अहमदले २५ बलमा नट आउट २९ तथा आयान खानले १३ बलमा १२ रन बनाए ।

क्यानडाका लागि कलिम साना र प्रगत सिंहले समान २ तथा साद विन जाफर र हर्ष ठाकरले समान १ विकेट लिए ।

क्यानडाले पहिलो र तेस्रो खेलमा नेपाललाई तथा दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।

जितपछि १२ खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा छ । पराजित ओमान ८ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ । नेपालसहित ८ टोली सहभागी लिग टुमा हरेक टोली २०२७ सम्ममा ३६ ओडिआई खेल खेल्नेछन् ।

अंक तालिकाको शीर्ष ४ टोलीले २०२७ मा हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउँने छन् । बाँकी चार टोलीले भने विश्वकप छनोटमा स्थान बनाउँन प्लेअफ खेल्नु पर्ने हुन्छ ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]