विकेटनेपाल एकदिवसीय विश्वकप विशेषको यो शृंखलामा विश्वकप खेल्न गइरहेका १० राष्ट्रका सबैभन्दा जेठा खेलाडीबारे लेख प्रस्तुत गरेका छौँ।
एकदिवसीय विश्वकपमा प्रत्येक टिमका सबैभन्दा जेठा खेलाडी
१०. लियाम प्लंकेट (इंग्ल्यान्ड) , उमेर – ३४ , जन्म मिति – अप्रिल ६, १९८५
सन् १९८५ मा इंग्ल्यान्डको यर्कशायरमा जन्मेका प्लंकेटले आफ्नो रास्ट्रबाट २००५ मा डेब्यु खेल खेलेका हुन्। २००७ विश्वकपकमा समेत इंग्ल्यान्ड टिममा रहेका उनको नाममा १२४ एकदिवसीय विकेट रहेको छ। प्लंकेटको स्लो कटर र ब्याक अफ द लेन्थ बलिंग रणनीतिले उनलाई मध्य-ओभरको एक सफल बलरको रुपमा चिनाएको छ।
३४ वर्षीय तिब्रगतिका बलर आफ्नो करियरको समाप्ति नजिक पुगी सक्दा यो उनले खेल्ने अन्तिम ठुलो प्रतियोगीता हुन सक्छ। मध्य-ओभरमा प्लंकटको विकेट लिने क्षमताले विश्वकपमा इंग्ल्यान्डको सफलतामा महत्त्वपूर्ण भूमिका खेल्ने क्रिकेट पण्डितहरुको विश्वास छ।
९. मोहम्मद नबी (अफगानिस्तान) , उमेर – ३४ , जन्म मिति – जनवरी १,१९८५
अफगानिस्तानको अविश्वसनीय सफलता यात्रामा मोहम्मद नबि एक प्रमुख पात्र हुन। उनको जन्म सन् १९८५ मा भएको थियो। ११२ एकदिवसीय खेलखेलिसकेका उनि अफगान टोलिका सबैभन्दा अनुभवी खेलाडी हुन् जसको बिस्वकपमा अफगानिस्तानको सफलताको सफलतामा ठुलो हात हुनेछ।
अफगानिस्तानका पुर्ब कप्तान समेत रहेका नबिको नाममा २५९२ एकदिवसीय रन र ११८ विकेट छ। उनले सन् २०१५ को विश्वकप अगाडी सम्म अफगानिस्तानको नेतृत्व गरेका थिए त्यसपछि कप्तानीले आफ्नो प्रदर्शनमा असर गरेको भन्दै नेतृत्व छोडेका थिए।
८. रोस टेलर (न्युजिल्यान्ड) , उमेर – ३५ , जन्म मिति – मार्च ८,१९८४
रोस टेलर न्युजिल्यान्ड क्रिकेटको इतिहासको सर्वश्रेष्ठ ब्याट्सम्यान मध्येको एक हुन्। २० एकदिवसीय शतक सहित उनि न्यूजील्याण्डको लागि सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडी हुन्। यो वर्षको विश्वकप न्युजिल्यान्ड दिग्गजका लागि चौथो ठुलो प्रतियोगिता हुनेछ।
सन् २०१५ को विश्वकप पछि रोस टेलरको ब्याटिंग शीर्ष स्तर सम्म पुगेको छ। ५६ पारिमा उनले ८ सतक र १७ अर्धसतक सहित २८९२ रन बनाएका छन्। ठुलो अनुभव बोकेका टेलरले विश्वकपमा टिमको मध्यक्रम सम्हाल्ने छन् र उनिमाथि ठुलो जिम्मेवारी समेत रहेको छ। न्युजिल्यान्ड अघिल्लो विश्वकपमा फाइनलमा पुगेर अष्ट्रेलियासँग पराजित भएको थियो।
७. मश्रफे मोर्तजा (बंगलादेश) उमेर – ३५ , जन्म मिति – अक्टोबर ५,१९८३
बांग्लादेश क्रिकेट टोलीका कप्तान मश्रफे मोर्तजाको लागि यस बर्षको बिस्वकप अन्तिम हुनेछ। केन्द्रीय सरकारको सदस्यको जिम्मेवारी सहित संघिय चुनाबमा उम्मेदवारी दिंदै बिजेता बनेका मोर्ताजाले यो आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्।
बंगलादेश हरेक विश्वकपमा जाइन्ट किलरको रुपमा रहने गर्दछ। उसले यसअघि पनि दाबेदारको रुपमा रहेका राष्ट्रलाई हराउने इतिहास बनाएको छ। सन् २००१ मा पहिलोपल्ट राष्ट्रिय टिममा स्थान बनाएका मोर्ताजाले २०९ एकदिवसीय खेल खेल्दै १७५२ रन र २६५ विकेट लिएका छन्। उनले सन् २००३ को विश्वकप पनि खेलेका थिए। त्यसपछि २००७ र २०११ को विश्वकप पछी उनि आफ्नो चौथो विश्वकप खेल्दै छन्।
६. शन मार्श (अष्ट्रेलिया) उमेर – ३५ , जन्म मिति – जुलाई ९,१९८३
सुन्दा अपत्यारिलो लाग्न सक्छ तर शन मार्शको यो पहिलो बिस्वकप सहभागीता हो। यसपटक भने मार्शलाई विश्वास गरेर अस्ट्रेलियन छनोटकर्ताले उनलाई यस विश्वकपमा मध्य-अर्डर ब्याटिंगको जिम्मा सुम्पेका छन्। त्यसैले आफुलाई प्रमाणित गर्न मार्शमा ठुलो चुनौती छ। ७१ एकदिवसीय खेल खेलेका ३५ बर्षे मार्शको खातामा २७४७ रन छ।
५. जीवन मेन्डिस (श्रीलंका) , उमेर – ३६ , जन्म मिति – जनवरी १५,१९८३
जीवन मेन्डिस श्रीलंकाको विश्व कप टोलीमा परेपछि क्रिकेट दुनिया चकित बन्यो। बिगत ३ बर्ष देखि एकदिवसीय अन्तर्राष्ट्रिय नखेलेका मेन्डिसले श्रीलंकाको घरेलु प्रतियोगितामा लगातार राम्रो प्रदर्शन गर्दै श्रीलंकन टोलि सम्मको बाटो बनाएका हुन्। २०१५ को बिस्वकप टोलिमा पर्न सफल भएतापनि चोटको कारण उनि पुरा प्रतियोगिताबाटै बाहिरिएका थिए।
४. महेन्द्र सिंह धोनी (भारत) , उमेर – ३७ , जन्म मिति – जुलाई ७,१९८१
भारतीय पुर्व कप्तान धोनी आफ्नो चौथो विश्व कप खेल्दैछन्। धोनी विश्वकपमा कप्तान बिराट कोहलीको लागि ठुलो सहायक हुने क्रिकेट हस्तीहरुको विश्वास छ। उमेर ३७ भएतापनि धोनिमा लामो छक्का प्रहार गर्ने र स्टम्प पछाडिको काम दुर्त गतिमा गर्ने क्षमता अझै पुरानै छ। उनि दबाव परिस्थितिमा बलरहरुलाइ उपयोगी सुझाव प्रदान गरेर विकेट पतन गराउन पनि माहिर छन्। भारतलाई दोश्रो पटक बिस्वकप उपाधि पनि धोनीलेनै २०११ मा चुमाएका थिए। धोनीको चलाखी र अनुभव विश्वकपमा भारतको सफलतामा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
३. मोहम्मद हफिज (पाकिस्तान) उमेर – ३८ , जन्म मिति – अक्टोबर १७, १९८०
पाकिस्तानी अलराउन्डर हफिज आफ्नो करियरको अन्तिम चरणमा छन्। गत वर्ष उनले टेस्ट क्रिकेटबाट आफ्नो सन्यास घोषणा गरे। यो प्रतियोगिता पाकिस्तान रंगमा हफिजको अन्तिम प्रतियोगिता हुनसक्छ। आफ्नो बलिंग पटक पटक अवैध घोषणा भएपछि हफिजले आफ्नो पुरानो लयलाई निरन्तरता दिन असफल भएका छन्। २१० ओडीआई खेलिसकेका उनले ६,३६१ रन साथ् साथै १३७ विकेट आफ्नो पोल्टामा परिसकेको छन्।
२. क्रिस गेल (वेस्टइंडीज) उमेर – ३९ , जन्म मिति – सेप्टेम्बर २१,१९७९
‘युनिभर्स बोस’ क्रिस गेल आफ्नो अन्तिम बिस्वकप खेल्दैछन्। ३९ बर्षीय गेल वेस्ट-इन्डिज टोलीको सबैभन्दा वरिष्ठ खेलाडी हुन्। उमेर धेरै भएतापनि गेल अझै पनि यो विश्वकपको सबैभन्दा खतरनाक खेलाडी मध्ये एक हुन्। २०१५ को बिस्वकपमा २०० रन प्रहार गर्दै बिस्वकपमा २०० बनाउने उनि पहिलो खेलाडी समेत बनेका थिए। २८९ ओडीआई खेलेका गेलको नाममा १० हजार माथि रन रहेको छ।
१. इमरान ताहिर ( दक्षिण अफ्रीका ) , उमेर – ४० , जन्म मिति – मार्च २७,१९७९
भर्खरै सम्पन्न इन्डियन प्रिमियिर लिगमा सबैभन्दा धेरै विकेट लिने बलर बनेका ताहिर उत्कृस्ट लयमा छन्। ताहिर यो विश्वकपमा सबैभन्दा जेठो खेलाडीको रुपमा रहनेछन्। खेलको कुनैपनि चरणमा विकेट चट्काउन सक्ने क्षमता भएका उनलाई यस विश्वकपको एक खतरनाक स्पिनरको रुपमा हेरिएको छ। हाल एकदिवसीय वरियतामा उनि चार नम्बरमा छन्। उनको विकेट लिने शैलीको साथै विकेट लिएपछि सेलेब्रेसन गर्ने तारिक पनि प्रसिद्ध छ। ९८ एकदिवसीय मात्र खेलेका ४० बर्षीय स्पिनरको खातामा १६२ विकेट रहेको छ।