मलेसिया बिरुद्ध नेपाल खेल्दै; बर्षाका कारण टस हुन सकेन

एसिया कप छनौट प्रतियोगिता अन्तर्गत नेपाल र मलेसिया बीचको खेल बर्षाका कारण सुरु हुन ढिला भएको छ।

बयुमास ओभल मैदानमा बिहान केहि समय सिम-सिम पानि परेपछि खेल मैदानलाई कभरले ढाकिएको थियो। अहिले भने बर्षा रोकिएको र आउट फिल्डमा रहेको पानि हटाएपछि टस हुने जानकारी विकेटनेपालका मलेसिया सम्बाददाता साजन शर्माले बताएका छन्। बिहानको बर्षाले मैदान भिजेको र खेल्न योग्य हुनेगरी मैदान ओभाउन केहि समय कुर्नुपर्ने उनको भनाई छ। अहिले मैदानबाट जमेको हटाउने काम भैरहेको छ।

एसिया कप छनौट अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आयोजक मलेसियाको सामना गर्दैछ। ६ टोलि सम्मिलित प्रतियोगिताको फाइनल जित्दै एसिया कपका लागि छनौट हुन नेपाललाई अबको बाँकि खेलहरु जित्नैपर्ने दवाब छ। नेपालले आफ्नो पहिलो खेलमा ओमानसंग ७ विकेट तथा दोस्रो खेलमा युएईसंग ७८ रनको हार बेहोरेको थियो।

नेपालको बाँकी खेल तालिका :-

१ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान ) २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]