स्कटल्याण्डको दुर्भाग्यपूर्ण हार, वेस्टइन्डिज बिश्वकप खेल्न छनौट

  • विकेटनेपाल, चैत्र ७ – बुधबार

वेस्ट इन्डिज इंग्ल्यान्डमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकप खेल्न छनौट भएको छ। बिश्वकप छनौट अन्तर्गत आज भएको खेलमा वेस्ट इन्डिजले स्कटल्याण्डलाई डक वर्थ लुईस नियमका आधारमा ५ रनले पराजित गर्दै बिश्वकपमा प्रवेश पक्का गरेको हो। यदि बिहिबार हुने खेलमा घरेलु टोलि जिम्बाबेले युएई माथि जित दर्ता गरेको खण्डमा जिम्बाबे दोश्रो बिश्वकपमा छनौट हुनेछ भने जिम्बाबे हारेको खण्डमा आयरल्याण्ड र अफगानिस्तान बीच शुक्रबार हुने खेलको बिजेताले बिश्वकप खेल्ने टिकेट प्राप्त गर्नेछ।

अंकतालिका 

स्कटल्याण्डको दुर्भाग्य

वेस्ट इन्डिजलाई पराजित गरेको भए स्कटल्याण्ड बिश्वकप छनौट हुने पक्का थियो तर भाग्य स्कटल्याण्डको साथ थिएन। पहिले ब्याटिंग गर्दै वेस्ट इन्डिजले दिएको १९९ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले ३५.२ ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो। मुसलधारे वर्षाले खेल रोकियो जसपछि खेल पुनः सुचारु हुनसकेन।

खेल रोकिएको अवस्थामा स्कटल्याण्ड पार स्कोरमा मात्र ५ रनले पछि थियो जुन अन्तरलेनै स्कटल्याण्ड पराजित हुन पुग्यो। यदी त्यो अवस्थामा स्कटल्याण्डले ४ विकेट मात्रै गुमाएको हुन्थ्यो भने स्कटल्याण्ड पार स्कोरमा वेस्ट इन्डिज भन्दा अघि हुन्थ्यो र खेल जित्यो। ३२ औं ओभरमा ३३ रन बनाएर ब्याटिंग गरिरहेका रिची बेरिंगटनलाई अम्पायरले गलत एलबिडब्लु निर्णय दिंदा स्कटल्याण्डले विकेट गुमाउन पुगेको थियो। त्यो विकेट नगुमाएको हुन्थ्यो या अम्पायरले आउट नदिएको हुन्थ्यो भने स्कटल्याण्ड बिश्वकप खेल्ने थियो।

पहिलो ७ ओभरमानै कप्तान केली कोइट्जर सहित ३ विकेट लिंदै वेस्ट इन्डिजले उत्कृस्ट सुरुवात गरेका थियो। त्यसपछि अर्का मुख्य खेलाडी कालुम म्यक्लोइडलाई २१ रनमा एशले नर्सले कट एन्ड बोल्ड गर्दै  पेभेलियन फर्काएपछि स्कटल्याण्ड निकै नाजुक स्थितिमा पुगेको थियो। चौथो विकेट झरेपछि जर्ज मुन्सी(३२ रन) र रिची बर्रिंगटनले(३३रन) पाँचौ विकेटका लागि ३८रन जोडे। त्यसैगरी माइकल लेस्क र माइकल जोन्सले समान १४-१४ रन बनाए। वेस्ट इन्डिजका लागि केमार रोच र एशले नर्सले २/२ निकाले भने कप्तान जासन होल्डरले १ विकेट हात पारे।

वेस्ट इन्डिजको खराब ब्याटिंग 

टस जितेर बलिंग रोजेको स्कटल्याण्डले कसिलो बलिंग गर्दा वेस्ट इन्डिजले ४८.४ ओभरमा सबै विकेट गुमाएर मात्र २०० रन बनाएको थियो।सफ्यान शरीफले खेलको पहिलो बलमै क्रिस गेललाई र दोश्रो ओभरको पहिलो बलमा शाही होप दुवैलाई विकेट-किपर म्याथ्यु क्रसको हातबाट ० मै क्याच आउट गराउदै स्कटल्याण्डका लागि उत्कृस्ट सुरुवात दिलाएका थिए।

त्यसपछि इभिन लेविस र मार्लोन स्यामुल्सले १२१ रनको उत्कृस्ट साझेदारी गरेपछि वेस्ट इन्डिज खेलमा पुन फर्केको थियो। लेविसले ८७ बलमा ६६ रन (७ चौका र २ छक्का) र स्यामुल्सले ९८ बलमा ५१ रन (४ चौका) बनाए । ब्राड व्हिलले लेविसलाई एल.बी.डब.लु आउट गर्दै उक्त साझेदारी तोडे पछि लगातार विकेट’ गुमाउदा  १९८मा सिमित भएको थियो। त्यसैगरी कार्लोस ब्रैथवाइटले २४, रब्मन पावेलले १५ तथा कप्तान जासन होल्डरले १२ रन जोडे।

बलिंगतर्फ सफ्यान शरीफ र ब्राड व्हिलले ३/३ विकेट लिए भने माइकल लेस्कले २ तथा अलास्ड इभान्स र  रिची बर्रिंगटनले १-१ विकेट चट्काए। हारका बाबजुद उत्कृस्ट पहिलो स्पेल गरेका सफ्यान शरीफ प्लेयर (३ विकेट) अफ दि म्याच घोषित भए।

बाँकी खेलहरु :- 

मार्च २२ : जिम्बाबे Vs युएई
मार्च २३ : अफगानिस्तान Vs आयरल्याण्ड

फोटोहरु : ( आईसीसी)

 

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy