विश्वकपमा आज वेस्ट इन्डिज र पाकिस्तान बीच प्रतिस्पर्धा

“एकदिवसीय क्रिकेटमा पारीमा ५०० रनको योगफल बनाउने पहिलो टिम बन्न सक्यौं भने हाम्रो लागि ठुलो काम हुने थियो, सधै सबैको सम्झनामा हुने थियौं र हामिसँग त्यो किसिमको ब्याटिंग पनि रहेको छ।” न्युजिल्यान्डसँगको अभ्यास खेलमा ४२१ रनको बिशाल लक्ष्य बनाएपछि वेस्ट इन्डिजका शाई होपले भनेका थिए। उनले भने जस्तै वेस्ट इन्डिज टिममा त्यस्तो किसिमको ब्याटिंग क्षमता समेत रहेको छ।

वेस्ट इन्डिजको टिममा क्रिस गेल, आन्द्रे रसेल जस्ता विस्फोटक ब्याट्सम्यान सहित सम्हालिएर पारीलाई अगाडी बढाउन सक्ने शाई होप र ड्यारेन ब्राबोले सन्तुलन प्रदान गर्छन्। न्युजिल्यान्ड बिरुद्द रसेलले २५ बलमा ५४ रनको विस्फोटक ब्याटिंग गर्दा होपले शतकीय पारि खेलेका थिए।

त्यस्तै क्लिन हिटरको रुपमा शिम्रोन हेट्मायर, इभान लुइस सहित कप्तान जेसन होल्डर रहेका छन्। सबै खेलाडी टि२० क्रिकेटमा उत्कृस्ट प्रदर्शन गर्दै आएका छन् र एकदिवसीय क्रिकेटमा पनि त्यो क्षमता राख्छन भन्ने प्रमाणित गरिसकेका छन्।

पछिल्लो १० एकदिवसीय खेलमा वेस्ट इन्डिजले ४ पटक ३०० भन्दा माथिको योगफल बनाईसकेको छ। सन् १९७५ र १९७९ को विश्वकप बिजेता टिममा राजनीतिक कारणले सामस्या आएपनि विश्वकपको लागि बलियो टिम घोषणा गरिएको छ।

बलिंगतर्फ पनि स्पिनरको रुपमा एश्ले नर्स र फेबियन एलान रहेका छन् भने तिब्र गतिको बलिंगतर्फ शेल्डन कोट्रेल, ओशाने थोमस, शन्नन गाब्रियलको साथमा कप्तान जेसन होल्डर रहेका छन्।  होल्डर वेस्ट इन्डिजको विश्वकप प्रदर्शनको लागि एक्स फ्याक्टरको रुपमा रहने आशा गरिएको छ। उनको कप्तानी मात्र नभएर तल्लोक्रममा आएर गर्ने ब्याटिंग र आवश्यकता अनुसार गर्ने बलिंग महत्त्वपूर्ण रहनेछ।

उता पाकिस्तानको लागि पनि ब्याटिंग केहि हदसम्म सुखद देख्न सकिन्छ। माथिल्लो क्रमका ३ ब्याट्सम्यान बाबर अजाम, इमाम उल हक र फकर जमान को सन् २०१८ मा औसत ५० भन्दा माथि रहेको छ। त्यस्तै टिममा हार्ड हिटरको कमि पुरा गर्नको लागि आसिफ अलिको आगमन भएको छ। माथिल्लो क्रममा फकर जमानको विस्फोटक ब्याटिंग, बाबर  र इमामको सम्हालिएको ब्याटिंगलाई साथ दिन अनुभवि शोएब मल्लिख र कप्तान सरफराज अहमद रहनेछन्।

पाकिस्तानले इंग्ल्याण्डसंगको सिरिजमा लगातार ३ पारीमा ३४० भन्दामाथिको योगफल बनाएको थियो।

पाकिस्तानको पछिल्लो समय मुख्य समस्या भनेको बलिंग रहेको छ। टिमले इंग्ल्याण्डबिरुद्दको सिरिजमा १४२४ रन खर्चेको थियो। उक्त टिममा लेग स्पिनर शदाब खान अनुपस्थित थिए र अब उनको आगमन पनि भईसकेको छ। तिब्र गतिको बलिंगमा सन् २०१७ को च्याम्पियन्स ट्रफि पछी नखेलेका वहाब रियाज, खराब फर्मबाट गुज्रिरहेका मोहम्मद आमिर र हसन अलि त्यति राम्रो अवस्थामा छैनन्।

आमिरले पछिल्लो १२ एकदिवसीयमा मात्र ३ विकेट लिँदा हसन अलिको औसत पनि च्याम्पियन्स ट्रफिपछी ४४ को रहेको छ।

पाकिस्तान पछिल्लो ३२ एकदिवसीय खेलमध्ये २१ खेलमा पराजित भएको छ भने च्याम्पियन्स ट्रफि पछी ९ खेलमा मात्र जित निकालेको छ। त्यस्तै अन्तिम १० खेलमा नतिजा आफ्नो पक्षमा छैन।

विश्वकप इतिहासको कुरा गर्ने हो भने हालसम्म दुई टिमले एक-अर्का बिरुद्ध खेलेको १० खेल मध्ये वेस्ट इन्डिजले ७ र पाकिस्तानले ३ खेल जितेको छ। २०१५ एकदिवसीय विश्वकपमा पाकिस्तानलाई वेस्ट इन्डिजले १५० रनको ठुलो अन्तरले पराजित गरेको थियो।

खेल मिति र समय : शुक्रबार १७, २०७६ ,  ३:१५ बजे दिउसो (नेपाली समय)

स्थान: ट्रेन्ट ब्रिज, नोटिंगम

ट्रेन्ट ब्रिज मैदानमा पहिलो पारीमा औसत २५२ रन बन्ने गर्छ भने दोश्रो पारीमा २१९ रन बन्ने गर्छ। तर यसमा सन् २०१५ भन्दा अगाडीका धेरै खेलहरु समावेश गरिएको  छ। पछिल्लो समय  यो मैदानमा ठुला ठुला योगफल बनेको देखिएको छ र आजको खेलमा पनि वेस्ट इन्डिज वा पाकिस्तानको ब्याटिंग चलेको खण्डमा ठुलो योगफलको आशा गर्न सकिन्छ।

पाकिस्तानको विश्वकप टिम :- 

सरफराज अहमद (कप्तान), फखर जमान, इमाम-उल-हक, बाबर आजम, आसिफ अली, शाहीन अफरीदी, हसन अली, वहाव रियाज, मोहम्मद आमिर, शादाब खान, शोएब मलिक, मोहम्मद हस्नैन, मोहम्मद हफीज, इमाद वसीम, हरिस सोहेल

वेस्ट इन्डिजको विश्वकप टिम :-

जेसन होल्डर (कप्तान), क्रिस गेल, आन्द्रे रसेल, शेल्डन कोट्रेल, शन्नन गब्रिअल, केमार रोच, निकोलस पुरन, अश्ले नर्स, फबियन एलेन, शिम्रोन हेट्मायर, साई होप, ओशाने थोमस, कार्लोस ब्राथवेट





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]