वेस्ट इन्डिजद्वारा युगान्डालाई १७४ रनको लक्ष्य

२०८१ जेष्ठ २७, आईतवार ०७:५२

काठमाडौं । वेस्ट इन्डिजले अमेरिका तथा घरेलु भुमीमा जारी नवौं संस्करणको टी-२० विश्वकपको अठारौं खेलमा युगान्डालाई १ सय ७४ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजले गुयनामा टस जितेर पहिले ब्याटिङ गरेकोमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनायो ।

वेस्ट इन्डिजका लागि जोहसन चार्ल्सले ४१ बलमा ४४ तथा शेरफन रादरफोर्डले १६ बलमा २२ रन बनाए । आन्द्रे रसलले १७ बलमा ६ चौकाको सहयोगमा अविजित ३० रन बनाए । कप्तान रोभमन पावेलले २३ तथा निकोलस पुरनले २२ रन बनाए ।

युगान्डाका लागि ब्रायन मसावाले दुई तथा अल्पेश रामजानी, कसमस कईवाता, दीनेश नकरानीले समान एक एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy