एसेज सिरिज सुरुवातको रोचक कथा

एसेज भन्ने शब्दको उत्पति कसरि भयो भन्ने बिषय रोचक रहेको छ। सामान्य अर्थमा भन्नुपर्दा एसेज भनेको खरानी भन्ने बुझाई छ तर यो सिरिजलाई किन खरानी भनिन्छ त ? के यो खरानी जस्तै काम नलाग्ने सिरिज हो ? यदि हो भने किन विश्वभर यो सिरिज लोकप्रिय छत ?

यसको बारेमा खोतल्ने प्रयास गरेका छौ।

सन् १९८२ मा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको टेस्ट सिरिजमा अस्ट्रेलियाले इंग्ल्यान्डको धर्तिमा पहिलोपल्ट सिरिज जित हातपारेको थियो।  इंग्ल्याण्डलाई यो हार ठुलो झड्का जस्तो लागिरहेको थियो, यसैक्रममा इंग्ल्याण्डकै पत्रिका द स्पोर्टिंग टाइम्समा एउटा व्यंग्यात्मक शिर्षक सहित लेख छापियो जसको शिर्षक रहेको थियो “इंग्ल्याण्ड क्रिकेटको मृत्यु भयो, त्यसको अन्तिम संस्कार गरेर खरानी अस्ट्रेलियाले लिएर जादैछ । “

एसेज सिरिजको बिजेतालाई प्रदान गरिने ट्रफी

यसपछि जब अर्को बर्ष फेरी सिरिज सुरु हुने बेला भयो, अन्तिम बर्षको हार इंग्ल्याण्डले अझैपनि भुलाउन सकिरहेको थिएन । योपाली इन्ग्लिश टोलि आईवो ब्लिगको कप्तानीमा सिरिज खेल्नको लागि अस्ट्रेलिया जादै गर्दा मिडियाहरुले इंग्ल्याण्ड अन्तिम बर्ष मरेको क्रिकेटको खरानी फिर्ता गर्ने दाउमा रहेको लेखेका थिए त्यसै अनुरुप यो सिरिजको नामनै ‘द एसेज’ राखिएको हो ।

यो पल्ट ३ खेलको सिरिज इंग्ल्याण्डले २-१ ले आफ्नो हात पारेको थियो। यहि जितपछि अस्ट्रेलियाको मेलबर्नमा फ्लोरेंस मर्फीनामको महिला समूहले कप्तान आईवो ब्लिगलाई अस्थीकलश सहित स्वागत गरे, जसको भित्र यो पाली इंग्ल्याण्डको नभएर अस्ट्रेलियाको क्रिकेटको खरानी राखिएको जनाइएको थियो ।  अस्थिकलशको आकार अहिले प्रदान गरिने एसेज ट्रफीको जस्तै रहेको थियो।

स्पोर्टिंग टाइम्समा प्रकाशित समाचार

अहिले बिजेता टोलीलाई प्रदान गरिने एसेज ट्रफी अर्थात अस्थीकलशको उचाई १५ सेन्टिमिटर अर्थात ६ इन्च रहेको छ। सन् १९९८ मा यसै अस्थीकलश आकारको ट्रफी बनाउदै यसैलाई आधिकारिक मान्यता दिन थालिएको हो ।

पहिले ३ टेस्ट खेलिने सिरिजमा अचेल ५ खेलहरु खेलिने गरिन्छ र सिरिजको आयोजना दुवै देशले पालैपालो गर्ने गर्दछन्। सिरिज बरावर भएमा पनि अन्तिम पटक जितेको टिमलेनै लैजाने चलन रहेको छ।  आयोजनाको नियम भने कम्तिमा ४ वर्षमा १ पटक गर्नेपर्ने रहेको छ तर आजकल छिटो आयोजना गर्न थालिएको छ।

आईवो ब्लिग

पहिले पहिले टेस्ट क्रिकेटलाई मात्र एसेजको नाम दिईएपनि अहिले आएर एसेजमा एकदिवसीय र टी-ट्वान्टी क्रिकेट पनि समाबेश गर्न थालिएको छ भने दुवै देशका महिला टिम बिचको खेललाई पनि महिला एसेजको नाम दिईएको छ।

यो सिरिजको जितको लागि दुई टिमहरुको जित्ने भोक कति छ भन्ने कुरा नतिजाबाटै बुझ्न सकिन्छ। हालसम्म अस्ट्रेलियाले ३२ पटक र इंग्ल्याण्डले ३१ पटक सिरिज आफ्नो नाममा लेखाएका छन् ।

सन् २०१३ मा अस्ट्रेलियाले घरमा भएको ५ खेलको सिरिजमा इंग्ल्याण्ड माथि क्लिन स्विप गरेको थियो भने २०१५ को सिरिज रोमान्चक रहेको थियो जसमा घरेलु टोलि इंग्ल्याण्डले सिरिज ३-२ ले जितेको थियो।

कसले जित्ला त यो पालिको एसेज ?

( फिचर फोटो – : GETTY IMAGES EUROPE )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy