एसेज सिरिज सुरुवातको रोचक कथा

एसेज भन्ने शब्दको उत्पति कसरि भयो भन्ने बिषय रोचक रहेको छ। सामान्य अर्थमा भन्नुपर्दा एसेज भनेको खरानी भन्ने बुझाई छ तर यो सिरिजलाई किन खरानी भनिन्छ त ? के यो खरानी जस्तै काम नलाग्ने सिरिज हो ? यदि हो भने किन विश्वभर यो सिरिज लोकप्रिय छत ?

यसको बारेमा खोतल्ने प्रयास गरेका छौ।

सन् १९८२ मा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको टेस्ट सिरिजमा अस्ट्रेलियाले इंग्ल्यान्डको धर्तिमा पहिलोपल्ट सिरिज जित हातपारेको थियो।  इंग्ल्याण्डलाई यो हार ठुलो झड्का जस्तो लागिरहेको थियो, यसैक्रममा इंग्ल्याण्डकै पत्रिका द स्पोर्टिंग टाइम्समा एउटा व्यंग्यात्मक शिर्षक सहित लेख छापियो जसको शिर्षक रहेको थियो “इंग्ल्याण्ड क्रिकेटको मृत्यु भयो, त्यसको अन्तिम संस्कार गरेर खरानी अस्ट्रेलियाले लिएर जादैछ । “

एसेज सिरिजको बिजेतालाई प्रदान गरिने ट्रफी

यसपछि जब अर्को बर्ष फेरी सिरिज सुरु हुने बेला भयो, अन्तिम बर्षको हार इंग्ल्याण्डले अझैपनि भुलाउन सकिरहेको थिएन । योपाली इन्ग्लिश टोलि आईवो ब्लिगको कप्तानीमा सिरिज खेल्नको लागि अस्ट्रेलिया जादै गर्दा मिडियाहरुले इंग्ल्याण्ड अन्तिम बर्ष मरेको क्रिकेटको खरानी फिर्ता गर्ने दाउमा रहेको लेखेका थिए त्यसै अनुरुप यो सिरिजको नामनै ‘द एसेज’ राखिएको हो ।

यो पल्ट ३ खेलको सिरिज इंग्ल्याण्डले २-१ ले आफ्नो हात पारेको थियो। यहि जितपछि अस्ट्रेलियाको मेलबर्नमा फ्लोरेंस मर्फीनामको महिला समूहले कप्तान आईवो ब्लिगलाई अस्थीकलश सहित स्वागत गरे, जसको भित्र यो पाली इंग्ल्याण्डको नभएर अस्ट्रेलियाको क्रिकेटको खरानी राखिएको जनाइएको थियो ।  अस्थिकलशको आकार अहिले प्रदान गरिने एसेज ट्रफीको जस्तै रहेको थियो।

स्पोर्टिंग टाइम्समा प्रकाशित समाचार

अहिले बिजेता टोलीलाई प्रदान गरिने एसेज ट्रफी अर्थात अस्थीकलशको उचाई १५ सेन्टिमिटर अर्थात ६ इन्च रहेको छ। सन् १९९८ मा यसै अस्थीकलश आकारको ट्रफी बनाउदै यसैलाई आधिकारिक मान्यता दिन थालिएको हो ।

पहिले ३ टेस्ट खेलिने सिरिजमा अचेल ५ खेलहरु खेलिने गरिन्छ र सिरिजको आयोजना दुवै देशले पालैपालो गर्ने गर्दछन्। सिरिज बरावर भएमा पनि अन्तिम पटक जितेको टिमलेनै लैजाने चलन रहेको छ।  आयोजनाको नियम भने कम्तिमा ४ वर्षमा १ पटक गर्नेपर्ने रहेको छ तर आजकल छिटो आयोजना गर्न थालिएको छ।

आईवो ब्लिग

पहिले पहिले टेस्ट क्रिकेटलाई मात्र एसेजको नाम दिईएपनि अहिले आएर एसेजमा एकदिवसीय र टी-ट्वान्टी क्रिकेट पनि समाबेश गर्न थालिएको छ भने दुवै देशका महिला टिम बिचको खेललाई पनि महिला एसेजको नाम दिईएको छ।

यो सिरिजको जितको लागि दुई टिमहरुको जित्ने भोक कति छ भन्ने कुरा नतिजाबाटै बुझ्न सकिन्छ। हालसम्म अस्ट्रेलियाले ३२ पटक र इंग्ल्याण्डले ३१ पटक सिरिज आफ्नो नाममा लेखाएका छन् ।

सन् २०१३ मा अस्ट्रेलियाले घरमा भएको ५ खेलको सिरिजमा इंग्ल्याण्ड माथि क्लिन स्विप गरेको थियो भने २०१५ को सिरिज रोमान्चक रहेको थियो जसमा घरेलु टोलि इंग्ल्याण्डले सिरिज ३-२ ले जितेको थियो।

कसले जित्ला त यो पालिको एसेज ?

( फिचर फोटो – : GETTY IMAGES EUROPE )





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]