युवा खेलाडीहरुको तारिफ गर्दै प्रशिक्षक व्हाटमोरले दिए नेपाली क्रिकेटलाई यस्ता सुझाव

ओमान भ्रमण सकिए लगत्तै डेभ व्हाटमोरको नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा ९ महिने कार्यकाल अन्त्य भएको छ। एक वर्षको अनुबध गरेता पनि उनले ओमान भ्रमणमा नेपाली टिम पुगेलगत्तै नेपाल क्रिकेट संघलाई राजीनामा बुझाएका थिए। नेपालको प्रशिक्षकको रुपमा अन्तिम खेलमा बलियो ओमानलाई पराजित गर्दै नेपालले व्हाटमोरलाई सुखद विदाई गर्यो। जितपछि प्रतिक्रिया दिने क्रममा ६७ वर्षीय पूर्व अस्ट्रेलियन क्रिकेटर व्हाटमोरले सफलताको सम्पूर्ण श्रेय खेलाडीहरुलाई दिए –

“जितको सबै श्रेय खेलाडीहरुलाई जान्छ, उनीहरुले कडा मेहनत गरेका हुन्। हामीले सक्दो उत्कृस्ट तयारी गरेका थियौं तर खेल्ने भनेको खेलाडीनै हो जो प्रति आज मलाई गर्व छ र हिजो निराश थिएँ। हामीले राम्रो अन्त्य गर्यौं र अब हामि अंकतालिकामा राम्रो नेट रन रेटका साथ चौंथो स्थानमा छौँ।”

व्हाटमोरले नेपाली युवा खेलाडीहरुको तारिफ गरे – “म सधैं सहि खेलाडीलाई सहि स्थान दिने र आत्मविश्वास दिने कुरामा विश्वास गर्छु। हामि भाग्यमानी छौँ हामीसंग राम्रो ओपनर छन् जसले टि-२० र यहाँ पनि राम्रो गरे। दुवैको भविष्य राम्रो छ र छिट्टै सिक्नेछन्।”

सिरिजमा राम्रो प्रदर्शन गरेका रोहित पौडेल भाग्यमानी भएको र छनोटकर्तालाई प्रमाणित गरेको उनले बताए- “रोहित पौडेलले आएर राम्रो गरे जो भाग्यमानी थिए। सन्दिप जोरा उपलब्ध नहुँदा उनले टिममा स्थान पाए भने पछि दिपेन्द्र सिंह ऐरी सिरिजको सुरुमा घाइते हुँदा उनले अन्तिम-११ मा मौका पाए। अचम्म तरिकाले कुराहरु घटे र उनले अवसरको फाइदा उठाए। उनले छनोटकर्ताहरुलाई प्रमाणित गरेर देखाएका छन्।”

उनले युवा पेसर गुल्सन झा डेब्युमा महँगो सावित भएता पनि उनिसंग क्षमता रहेको अवगत गराए – “प्रदेश-२ का युवा फास्ट बलर गुल्सन झाले राम्रो ब्याटिंग गरे राम्रो पेसमा बलिंग गरे। थोरै रन खाए तर उनिसंग गजबको क्षमता छ।”

नेपाली क्रिकेटलाई उनले सुझाव समेत दिए – “आईसीसी प्रतियोगिता कुर्नु भन्दा आफैले महत्वपूर्ण खेलहरु आयोजना गर्नुपर्छ। ईपीएल आउंदैछ जुन राम्रो कुरा हो। तर अझै महत्वपूर्ण प्रतियोगिताहरु योजना बनाउनु पर्छ।”

नेपालमा अरु घरेलु प्रतियोगिता हुनुपर्छ, जति खेल्यो त्यति राम्रो हुन्छ। मैले थोरै भए पनि क्रिकेट हेर्न पाएँ जहाँ नेपाली खेलाडीहरुले नियमित रुपमा केहि गल्ति गरे ब्याटिंगमा। तर बलिंग र फिल्डिंग गर्दा उनीहरु मनले गर्ने गर्छन। उनीहरु मैदानमा हामफाल्न डराउने गर्दैनन्।

उनले नेपाली खेलाडीहरुको तारिफ गर्दै राम्रो टिमसंग खेल खेल्नु पर्नेमा जोड दिए “धेरै सुखद यादहरु लिएर जानेछु। खेलाडीहरु अनुशाशित थिए र प्रशिक्षक गर्न लाएक थिए। उनीहरुसंग कला छ तर एउटा कुरा मात्र छैन त्यो हो राम्रो टिमसंग खेल्ने अनुभव। अमेरिका, स्कटल्याण्ड, नामिबिया जस्ता राम्रो टिमसंग खेल्नुपर्छ जसले नेपाली खेलाडीहरुको परिक्षा लिने गर्छन्।”

नेपाली समर्थकहरु मैत्रीपूर्ण रहेको बताउदै उनीहरु क्रिकेटको ठूलो समर्थक रहेको उनले बताए – “काठमाडौँ र नेपालका मानिसहरु सबै मैत्रीपूर्ण छन् , उनीहरु सधैं कुरा गर्न चाहन्छन्। केहि क्रिकेटको ठूलो समर्थक छन्। नेपाली फ्यानहरु गजबका छन्। नेदरल्याण्ड, मलेसियासंग सिरिजमा दर्शक आउन नपाएता पनि बाहिर बसेर टिमको समर्थन गरे। म धेरै पेपर पढ्ने गर्दिन, सोसल मिडिया धेरै चलाउदीन तर मैले पढ्न पाए सबैं सकारात्मक पढ्न पाए।”

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy