पहिलोपटक व्हिलचियर एसिया कप हुँदै, उद्घाटन खेलमा नेपालले भारतको सामना गर्ने

  • विकेटनेपाल, बैशाख ३१ – मंगलबार

जेठ १ गतेदेखि सुरु हुन लागेको एसिया कप ह्विल चियर ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतको सामना गर्ने भएको छ।

किर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारि पुरा भएको ह्विल चियर क्रिकेट संघले पत्रकार सम्मेलन गर्दै बताएको छ। यसअघि उक्त समयमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुने भनिएकोले पुल्चोक स्थित इन्जिनियरिङ क्याम्पसको मैदानमा आयोजना हुने बताईएको थियो। तर प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता एकसाता पर सरेपछि प्रतियोगिता पुल्चोकबाट किर्तिपुर सारिएको छ।

यता प्रतियोगिताको तयारि गरिरहेको नेपाली टिमका कप्तान दिग्म चेम्जोङ टिमले उपाधी जित्नेमा आशावादी देखिए। भने- “यसअघि केही खेलमा हामीले सहभागिता जनाइसकेका छौं, राम्रो खेल्न सक्छौ भन्ने मनोबल हामी रहेको छ।”

सन् २०१७ मा पहिलो अन्तर्राष्ट्रिय व्हिलचियर क्रिकेट सिरिज जितेपछि

उनले थपे-“तयारी राम्रो रहेको छ। बन्द प्रशिक्षणमा रहेर अभ्यास गर्ने मौका पाएका छौं। उपाधि जित्नेमा आशावादी छौं।”

नेपालले प्रतियोगिताको तयारि स्वरूप ललितपुरको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटिसी) र जोरपाटी स्थित अपाङ्ग अस्पतालको मैदानमा अभ्यास गरेको थियो। प्रतियोगिताको तयारीका लागि १७ जना खेलाडी अभ्यासमा जुटेका थिए।

चार दिन चल्ने एसिया कपमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छन्। राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्।

नेपालले यसअघि सन् २०१७ मा काठमाडौंमा सम्पन्न भारत र बंगलादेश सम्मिलित त्रिकोणात्मक टि२० सिरिजको उपाधी समेत जितेको थियो। उक्त प्रतियोगिता ह्विल चियर तर्फको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सृंखला रहेको थियो।

खेलतालिका

मिति खेल समय
२०७६/०२/०१ नेपाल Vs भारत  बिहान ९ बजे
२०७६/०२/०१ पाकिस्तान Vs बंगलादेश  दिउँसो २ बजे
२०७६/०२/०२ नेपाल Vs बंगलादेश  बिहान ९ बजे
२०७६/०२/०२ पाकिस्तान Vs भारत  दिउँसो २ बजे
२०७६/०२/०३ नेपाल Vs पाकिस्तान  बिहान ९ बजे
२०७६/०२/०३ बंगलादेश Vs भारत दिउँसो २ बजे
२०७६/०२/०४  फाइनल  बिहान ९ बजे

(तस्बिर: व्हिलचियर क्रिकेट एसोसिएसन, नेपाल)

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy