जब नेपालसंग जिम्बाबे पराजित भएको थियो

Nepal U19 Cricket Team 2008
  • विकेटनेपाल, फाल्गुन २० – आइतबार

आजदेखि सुरु हुन लागेको आईसीसी विश्वकप छनौट प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक तथा टेस्ट रास्ट्र जिम्बाबेको सामना गर्दैछ। प्रतियोगिताको समुह ‘बि’ मा नेपालसंगै जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हंगकंग रहेका छन्। बिश्वकप छनौटको पहिलो खेल जिम्बाबेसंग खेलिन लाग्दै गर्दा नेपालले जिम्बाबेलाई पराजित गर्न सक्ला या नसक्ला भन्ने कौतुहलता नेपाली फ्यानहरुमा चलीरहेको छ। तर धेरै नेपाली फ्यानहरुलाई नेपालले जिम्बाबेलाई धेरै अगाडी पराजित गरिसकेको तथ्यको बारेमा थाहा नहुन सक्छ।

सन् १९८३ देखि २०१५ सम्म लगातार वानडे बिश्वकप खेलीसकेको जिम्बाबेको यु-१९ टिमसंग नेपाल इतिहासमा ४ पटक प्रतिस्पर्धा गरिसकेको छ। जसमध्ये नेपालले अन्तिम पटक सन् २००८ को यु-१९ बिश्वकपको नवौं स्थानको लागि भएको खेलमा जिम्बाबेलाई पराजित गरेको थियो। जिम्बाबे मात्रै हैन नेपालले यु-१९ स्तरमा भारत,पाकिस्तान, दक्षिण अफ्रीका, न्युजिल्याण्ड जस्ता रास्ट्रहरुलाई पराजित गरिसकेको इतिहास छ।

बिश्वकप छनौट अघि जिम्बाबेसंग खेल्दै गर्दा नेपाली कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय मिडियासंग कुराकानी गर्दै गर्दा जिम्बाबेसंगको जितलाई स्मरण गरेका थिए। हामि पनि याद गरौनत कसरि पराजित गरेको थियो नेपालले जिम्बाबेलाई – 

Paras Khadka Bowling
Paras Khadka Bowling ( photo – cricketeurope.com )

मलेसियामा आयोजना भएको २००८ यु-१९ विश्वकप प्रतियोगितामा शिर्ष ८ भित्र पर्न असफल नेपालले नवौं स्थानको लागि भएको प्लेटच्याम्पियनसिप तर्फको क्वार्टरफाइनल खेलमा जिम्बाबेलाई पराजित गर्न सकेको थियो।

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले पुस्प थापाको ४० रन (४८ बल, ३ चौका, १ छक्का) तथा पारस खड्काको २० रन (३५ बल, १ चौका, १ छक्का) को मद्दतमा ४५.१ ओभरमा सबै विकेट गुमाउंदै १५८ रनको योगफल तयार पारेको थियो। यस्तै राज श्रेष्ठले १९ रन (७१ बल, ३ चौका) तथा महेश क्षेत्रीले १६ रन (४८ बल) बनाएका थिए। नेपालले अतिरिक्त ४० रन पाएको थियो। जिम्बाबेको लागि स्टेवार्ट मत्सिका र एड्ज़ी जुरेले  ३/३ विकेट लिएका थिए।

Amrit Bhattarai
Amrit Bhattarai ( Photo – CricketEurope )

जवाफमा पारस खड्का अमृत भट्टराई र राज श्रेष्ठले समान ३/३ विकेट हात पारेपछि जिम्बाबेले २७.२ ओभरमा सबै विकेट गुमाउंदै मात्र ५९ रनमै अलआउट हुन पुगेको थियो। उसका लागि तिनाशे चिम्बम्बोले २० रन तथा सोलोमोन मिरले अविजित १६ रन बनाउनु बाहेक अन्यले ५ रन पनि कटाउन सकेनन्। यस्तै राहुल बिश्वकर्माले पनि ३ रन खर्चेर १ विकेट हात पारेका थिए।

नेपालको जितमा महत्वपूर्ण भूमिका निर्बाह गरेका कप्तान पारस खड्का म्यान अफ द म्याच घोषित भएका थिए।

पुष्प थापा

उक्त प्लेइंग एघारबाट अहिलेको टिममा रहेका खेलाडीहरु:

जिम्बाबे: पिटर मोर, सोलोमोन मिरे, क्यले जर्विस
नेपाल: पारस खड्का, ज्ञानेन्द्र मल्ल

नेपालले उक्त बिश्वकपको प्लेट च्याम्पियनसिपको फाइनलसम्मको यात्रा गरेको थियो जुन क्रममा प्लेट सेमीफाइनलमा नामिबियालाई ४ रनले पराजित गरेको थियो। फाइनल खेलमा भने नेपाल वेस्ट इन्डिजसंग ७ विकेटले पराजित भएको थियो। वेस्ट इन्डिजको लागि खेलीसकेका डेरेन ब्राभो र काइरन पावेल जस्ता खेलाडी त्यो बेलाको वेस्ट इन्डिज टिममा थिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]