अस्ट्रेलियन पूर्वकप्तान व्हाइटद्वारा सन्यास घोषणा

अस्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान क्यामरन व्हाइटले २० वर्षे क्रिकेट करियरबाट सन्यास घोषणा गरेका छन्। उनले शुक्रबार सन्यास घोषणा गरेका छन्। टि-२० र एकदिवसीयमा ७ पटक अस्ट्रेलियाको कप्तानी गरेका व्हाइटले घरेलु क्रिकेटभने खेल्ने छन्। ३७ वर्षीय व्हाइटले क्रिकेट पछि प्रशिक्षक करियर सुरुवात गर्ने चाहना व्यक्त गरेका छन्।


व्हाइटको क्रिकेट करियर 

सन् २००५ मा अस्ट्रेलियाको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा आईसीसी विश्व ११ बिरुद्ध डेब्यु गरेका उनले २००७ मा टि-२० र २००८ मा टेस्टमा डेब्यु गरेका थिए। उनले अन्तिम पटक २०१८ मा इंग्ल्यान्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। बिग व्यस लिगमा उनले गत सिजन एडलेड स्ट्राइकर्सको लागि खेलेका थिए। लिगमा ६ खेल खेल्ने क्रममा उनको प्रदर्शन खास रहन सकेको थिएन।

यस क्रममा दायाँ हाते ब्याट्सम्यान व्हाइटले ९१ एकदिवसीयमा २ शतक र ११ अर्धशतक मद्दतले २,०७२ रन, ४७ टि-२० मा ५ अर्धशतक मद्दतले ९८४ रन तथा ४ टेस्टमा १४६ रन बनाएका थिए। यस्तै उनले टेस्टमा ५, एकदिवसीयमा १२ तथा टि-२० मा १ विकेट समेत लिए।

सन् २००२ को यु-१९ विश्वकपमा व्हाइट प्रतियोगिताकै सर्वाधिक रनकर्ता रहेका थिए जुन विश्वकप अस्ट्रेलियाले जितेको थियो।

अस्ट्रेलियाको घरेलु क्रिकेटमा व्हाइटले १७७ खेलमा १०,५३७ प्रथम श्रेणी रन बनाएका थिए। यस्तै लिस्ट ‘ए’ मा ७,७०३ रन तथा टि-२० मा ५,४६९ रन बनाएका थिए। यस्तै लेग स्पिनर व्हाइटले १९५ प्रथम श्रेणी, १०४ लिस्ट ‘ए’ र २६ टि-२० विकेट समेत नाम गरेका छन्।

व्हाइटको कप्तानीमा भिक्टोरियाले ६ वटा शेफिल्ड सिल्ड ( वानडे ) तथा एउटा बिग ब्यास लिग उपाधि जितेको थियो।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/cpl-sandeep-wn20-3rd-match-prev/

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/trinbago-2nd-win-cpl-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/rajasthan-punjab-prasthan-uae-wn20/

https://wicketnepal.com/shoaib-akhtar-on-j-bumrah-wn20/

https://wicketnepal.com/20-records-by-kohli-12th-year-wn20/





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]