को हुन् नेपाल आएका यी हाई-प्रोफाइल प्रशिक्षक ?

  • विकेटनेपाल, भदौ १२

एसीसी यु-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिताको लागि तयारी गरिरहेको नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिमको ब्याटिंग कन्सल्टेन्टको रुपमा प्रशिक्षक मोन्टि देसाई आज नेपाल आइपुगेका छन् l

८ बर्ष इन्डियन प्रिमियर लिगसंग जोडिएका देसाई आईपीएल टिम राजस्थान रोयल्स तथा गुजरात लायन्सको प्रशिक्षक तथा ट्यालेन्ट स्काउट ( प्रतिभा खोजकर्ता ) रहीसकेका छन् l नेपालमा १० दिन बस्ने देसाईले यो क्रममा नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिमको ब्याटिंगलाई उकास्ने प्रयास गर्नेछन् l

नेपालले मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिकसम्म संचालन हुने एसीसी यु-१९ ( पूर्वी क्षेत्र  ) प्रतियोगितामा सहभागित जनाउदै छ l नेपाल सहित आयोजक मलेसिया सहित सिंगापुर, थाईल्याण्ड, भुटान, हंगकंग, चिन र म्यानमार खेल्दै छन् l प्रतियोगितामा उत्कृस्ट हुने २ टिम नोभेम्बरमा मलेसियामा हुने भनिएको यु-१९ एसिया कपमा छनौट छनौट हुनेछ l

राहुल द्रविडसंग देसाई

को हुन् देसाई ? 

आईपीएल टिम राजस्थान रोयल्स र गुजरात लायन्सको प्रशिक्षण तथा प्रतिभा प्रस्फुटक रहीसकेका देसाईले ८ बर्ष आईपीएलसंग जोडिने क्रममा धेरै नयाँ प्रतिभा जन्माउने श्रेय पाएका छन् l राजस्थान रोयल्सलाई नाम नचलेका खेलाडी रहनुका बाबजुत पहिलो आईपीएल उपाधि जिताउनुमा देसाईको योगदान महत्वपूर्ण मानिने गर्छ l  प्रविण ताम्बे, संजु स्यामसन, कामरान खान, अजित चण्डीला जस्ता आईपीएल खेलाडीहरु उनकै खोज हुन् l

सन् २०१२ मा शक्ति गौचनलाई राजस्थान रोयल्समा ट्रायलको लागि देसाईले बोलाएका थिए l  त्यसपछि २०१२ मा पृथु बास्कोटा र प्रदिप ऐरीलाई १ महिना भारतमा ब्याटिंग बिशेष प्रशिक्षण दिलाएका थिए l यस्तै भुवन कार्कीलाई २०१३ मा राजस्थान रोयल्सको ट्रेनिंग क्याम्पमा बोलाएका थिए l

सन् २०१२ मा शक्ति गौचनलाई राजस्थान रोयल्समा ट्रायलको लागि देसाईले बोलाएका थिए l

सन् २०१५ मा आयरल्याण्ड र स्कटल्याण्डमा सम्पन्न टि-२० बिश्वकप छनौटमा समेत प्रशिक्षक देसाई नेपाली टिमको ब्याटिंग कन्सल्टेन्टको भूमिकामा थिए l नेपाल लगायत, क्यानाडा, बर्मुडा, अमेरिका जस्ता देशसंग देसाईले काम गरिसकेका छन् l

पुर्ब प्रशिक्षक पुबुदु दासानायकेसंग राम्रो सम्बन्ध भएका उनले दासानायकेको प्रशिक्षणकालमा नेपाली खेलाडीहरुलाई बारम्बार सहयोग गरेका थिए l सन् २०११ बिश्वकपमा दासानायके क्यानडाको प्रशिक्षक रहंदा देसाईले उनलाई सघाएका थिए l राहुल द्रविड, एन्डी फ्लावर, जोन्टि रोड्स लगायत प्रशिक्षकहरुसंग समेत देसाईले काम गरिसकेका छन् l

प्रशिक्षणको लेभल ३ कोर्स उतिर्ण देसाई सन् २००८ देखि २०१२ सम्म इंग्ल्याण्डले भारत भ्रमण गर्दै इंग्ल्याण्ड प्रशिक्षक एन्डी फ्लावरलाई सघाएका थिए l इंग्ल्याण्ड काउन्टी क्लबहरुसंग समेत उनले काम गरिसकेका छन् l

 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy