स्मिथले बताए वानडेमा को हुन् विश्वकै उत्कृस्ट ब्याट्सम्यान

बिराट कोहली र स्टिभ स्मिथ क्रिकेट फिल्डमा जतिसुकै ठूलो प्रतिस्पर्धी भएता पनि दुवै खेलाडी एकअर्कालाई निकै सम्मान गर्नेगर्छन्। दुवै ब्याट्सम्यानलाई विश्व क्रिकेटमा सबैभन्दा उत्कृस्ट को भनेर तुलना गर्ने गरिन्छ। तर दुवै खेलाडीले एकअर्कालाई भने बारम्बार तारिफ गर्नेगर्छन्। गत वर्ष विश्वकप क्रिकेटको समुह चरणको खेलमा स्मिथलाई केहि भारतीय दर्शकले गालि गर्दै ‘बु’ गर्दा कोहलीले फ्यानहरुलाई चुप लाग्न् र तालि बजाउन आग्रह गरेको सबैलाई याद छ। स्मिथले पनि कोहलीको त्यो कामलाई सम्मान गरेका छन् र फरक तरिकाले गुण तिरेका पनि छन्।

पूर्व अस्ट्रेलियन कप्तानले भारतीय कप्तान बिराट कोहलीलाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वर्तमान उत्कृस्ट खेलाडी बताएका छन्। स्मिथ जो अहिले इंग्ल्यान्डमा रहेका छन् र शुक्रबार देखि सुरु हुने एकदिवसीय सिरिजको तयारी गरिरहेका छन् उनले आफ्नो इन्स्टाग्राममा फ्यानहरुसंग सवाल जवाफ गर्ने क्रममा सो कुरा बताएका हुन्।

सवाल-जवाफको क्रममा एक फ्यानले ३१ वर्षीय अस्ट्रेलियन ब्याट्सम्यानलाई वानडेमा सबैभन्दा उत्कृस्ट ब्याट्सम्यान को लाग्छ ? भनेर सोधेका थिए। जसको जवाफमा स्मिथले वर्तमानमा कोहली उत्कृस्ट हुन् भन्ने जवाफ दिएका छन्।

कोहली वानडेको तथा स्मिथ टेस्टको विश्व नम्बर-१ खेलाडी हुन्

कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय क्रिकेटरहरु मध्ये सर्वाधिक रन कर्ता हुन् जसले ५९.३४ को औशतमा ११ हजार ८ सय ६७ रन बनाएका छन्। यस क्रममा दायाँ हाते ब्याट्सम्यानले ४३ शतक बनाएका छन् जो सचिन तेन्दुलकरको धेरै एकदिवसीय शतकको रेकर्ड तोड्न मात्र ७ शतकले टाढा रहेका छन्।

यस्तै स्मिथले कोहलीको आईपीएल टिम बैंगलोरका साथी खेलाडी दक्षिण अफ्रिकी लेजेण्ड खेलाडी ए बि डी भिल्लीयर्सलाई एक शब्दमा बताउन भन्दा ‘Freak’ अर्थात् ‘सनकी’ खेलाडी उपनाम दिएका छन्। यस्तै भारतीय क्रिकेटर केएल राहुललाई ‘Gun’ बताएका छन् जसको अर्थ प्रतिभावान हुन्छ। यस्तै उनले सन्जु सामसनलाई प्रतिभावान खेलाडी बताएका छन्।

यस्तै आफ्नो टिम राजस्थान रोयल्सको साथी खेलाडी जोस बटलरको बारेमा बताउदै स्मिथले उनि गजबको खेलाडी रहेको बताउदै उनले यो हफ्ता आफ्नो टिम बिरुद्ध रन नबनाउने तर आईपीएलमा भने धेरै भन्दा धेरै रन बनाउने चाहना रहेको बताएका छन्।

स्मिथले क्रिकेट पछि मन पर्ने खेलाडी टेनिस र प्रिय खेलाडी रोजर फेडेरर रहेको बताएका छन्

स्मिथले जवाफहरु दिने क्रममा आफ्नो प्रिय क्रिकेट सट ‘स्ट्रेट ड्राइभ’ रहेको बताएका छन्। क्रिकेट बाहेक मन पर्ने खेल टेनिस बताउदै टेनिस खेलाडी रोजर फेडेरर क्रिकेट बाहेक खेलको आफ्नो प्रिय खेलाडी रहेको र टेस्ट क्रिकेट सबैभन्दा मन पर्ने क्रिकेट फर्म्याट रहेको उनले बताएका छन्। उनले अस्ट्रेलियन फास्ट बलर मिचेल स्टार्क नेटमा सबैभन्दा कठिन ब्याट्सम्यान बताएका छन्। उनले जोन्टि रोड्स र रिकी पोन्टिङलाई सबैभन्दा मन पर्ने फिल्डर बताएका छन्।

टेस्ट नम्बर-१ ब्याट्सम्यान स्मिथ इंग्ल्यान्ड बिरुद्ध सेप्टेम्बर १६ मा तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलीसकेपछि राजस्थान रोयल्सको लागि खेल्न युएई पुग्नेछन्। युएई पुगेर उनले ६ दिन क्वारेन्टाइनमा बिताउनु पर्नेछ। राजस्थानले लिगमा पहिलो खेल सेप्टेम्बर २२ तारिखमा चेन्नाई सुपर किंग्स बिरुद्ध खेल्नेछ।

सन् २०१२ देखि आईपीएल खेल्न थालेका स्मिथले कूल ८१ खेल खेल्ने क्रममा ३७.४४ को औशतले १ शतक र ८ अर्धशतक प्रहार गर्दै २ हजार २२ रन बनाएका छन्। गत सिजन उनले १२ खेलमा ३९.८७ को औशतले ३ अर्धशतक प्रहार गर्दै ३१९ रन बनाएका थिए।

यो पनि पढ्नुस :-

– CPL FINAL : ट्रिनबागोको तेश्रो उपाधि लक्ष्यमा सेन्ट लुसिया बन्ला बाधा

– ‘युएईको पिचमा हाई स्कोरिंग म्याच कम देख्न पाइनेछ’ भुवनेश्वर कुमार

– ‘बैंगलोर टिम २०१६ पछिको सबैभन्दा सन्तुलित’- कोहली

– IPL 2020 : अरेन्ज क्याप जित्न सक्ने ११ खेलाडी





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]