चिन्नुस् – नामिबिया बिरुद्ध डेब्यु गरेका रोहित पौडेल को हुन्

  • विकेटनेपाल – २५ माघ, बिहिवार

नामिबियामा आजबाट सुरु भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पहिलो खेलमा आयोजक नामिबियासंग युवा खेलाडी रोहित पौडेलले डेब्यु गरेका छन्। उनलाई खेल सुरु हुनु अघि ब्याटिंग टिमका ब्याटिंग कन्सल्ट्यान्ट सुलक्षण कुलाकर्नीले डेब्यु क्याप प्रदान गरेका थिए।

को हुन् त रोहित पौडेल ?

रोहित पौडेल अन्डर-१९ समुहबाट उदाएका खेलाडी हुन्। सन् २०१६ को अन्डर-१९ एसिया कपका लागि खेलाडी छनोट गर्न आयोजित ट्यालेन्ट हन्टबाट राष्ट्रिय टोलिसम्मको बाटो बनाएका रोहित एक कुशल ब्याट्सम्यान हुन् भने मिडियम पेस बलिंग र राम्रो फिल्डिंग समेत गर्नेगर्छन्।

राष्ट्रिय टोलिको क्याप लिंदै रोहितपछिल्लो केहि समय उत्कृस्ट लयमा देखिएका रोहितल एक आक्रामक ब्याट्सम्यानका रुपमा परिचित छन्। आफ्नो एकल प्रयासमा खेल जिताउने क्षमता रोहितमा रहेको छ।

भर्खरै सम्पन्न एभरेष्ट प्रिमियर लिगमा समेत उत्कृस्ट ब्याटिंग गरेका रोहितले त्यसकै बलमा रास्ट्रिय टोलिसम्मको बाटो निर्धारण गरेका हुन्। सन् २०१६ को अन्डर १९ एसिया कपमा भारत बिरुद्ध उनले आक्रामक ब्याटिंग गर्दै रोहितले ६८ रन जोडेका थिए। त्यस खेलमा रोहितले भारतीय बलर कमलेश नगरकोटीको अन्तिम ओभरमा २ छक्का र ३ चौका प्रहार गर्दै २४ रन हिर्काएका थिए। हालै न्युजिल्याण्डमा सम्पन्न यु-१९ बिश्वकपमा प्रभावशाली बलिंग गरेपछि नगरकोटीलाई आईपीएल टिम कोलकाता नाइट राइडर्सले ३.२ करोड भारतीय रुपैयाँमा खरिद गरेको छ।

पुषमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा दायाँ हाते ब्याट्सम्यान पौडेलले ललितपुर प्याट्रिएट्ससंगको लिग चरणको खेलमा मेहबुब आलमको एकै ओभरमा १८ रन ( ३ चौका, १ छक्का ) प्रहार गर्दै टिमलाई अप्रत्यासित जित दिलाएका थिए। त्यसक्रममा उनले ११ बल ३१ रन बनाएका थिए। यस्तै ललितपुरसंगकै क्वालिफायर खेलमा रोहितले अन्तिम ओभरमा १३ रन जितको लागि आवस्यक हुँदा लगातार पहिलो ३ बलमा २ छक्का र १ रन लिंदै खेल जिताएका थिए।

Rohit Poudel
Rohit Poudel

यस्तै मलेसियामा सम्पन्न यु-१९ एसिया कप २०१७ को बंगलादेशसंगको खेलमा रोहितले ४० रन ( ५४ बल, २ चौका र २ छक्का ) बनाएका थिए।

डिभिजन-२ अघि युएईमा खेलीएको युएई ‘ए’ संगको पहिलो अभ्यास खेलमा जिम्मेवार ४३ रनको इनिंग खेलेका थिए भने तेश्रो अभयस खेलमा पनि २१ रन योगदान दिएका थिए। घरेलु क्रिकेट र उमेर समुहमा राम्रो प्रदर्शन गरेका रोहितले रास्ट्रिय टिमबाट डिभिजन-२ मा कस्तो प्रदर्शन गर्ने हुन् भने हेर्न बाँकीछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy