सन्दिप लामिछाने बारे १४ रोचक तथ्य

sandeep lamichhane

छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको  मद्दतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन्। सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु कमाएका छन्। २०१८ मा बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल टि-२०) खेल्न छनौट भएपछि सन्दिपलाई नेपालको सर्वाधिक सफल खेलाडी मान्ने गरिन्छ।  पढ्नुस सन्दिप लामिछाने बारे १४ रोचक तथ्यहरु एकै ठाउँमा – 

१. सन्दिपको जन्म स्यांजाको आरुचौर-तालपोखरीमा आज भन्दा १७ बर्ष अघि भएको थियो। सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्र नारायण लामिछानेसंग सन्दिप पढाईको लागि भारत पुगेका थिए। भारत ४ कक्षासम पढ्ने क्रममा बस्दा सन्दिपको क्रिकेट खेलसंग परिचय भएको थियो।

 सन्दिपले चितवनको नारायणगढ स्थित क्याम्पसचौरमा ( क्यापाचौर ) रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन्। उनलाई त्यहाँ पुर्ब रास्ट्रिय क्रिकेटर राजु खड्काले क्रिकेट सिकाएका थिए।

३. रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके चितवनमा एक दिने प्रशिक्षणको लागि पुग्दा सन्दिपको बलिंगबाट एकै नजरमा प्रभावित भएका थिए। जसपछि आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत युएईसंगको खेलको लागि रास्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लिगमा सन्दिपलाई खेल्ने मौका दिईएको थियो। सुपर लिग अन्तर्गतको एउटा खेलमा सन्दिपले ४ विकेट लिएका थिए।

४. सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश अन्डर-१९ बिश्वकप २०१६ खेल्ने टिममा सन्दिप छनौट भएका थिए। यु-१९ विश्वकप २०१६ मा सन्दिप प्रतियोगिताकै सर्बाधिक विकेट लिने सुचीमा १४ विकेट सहित दोश्रो स्थानमा थिए। आईसीसीले सन्दिपलाई उक्त यु-१९ बिश्वकपको उत्कृस्ट ११ क्रिकेटरको सुचीमा समेत परेका थिए।

५. सन्दिपले बंगलादेश यु-१९ बिश्वकप २०१६ मा आयरल्याण्डसंग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए।

पारस खड्का सन्दिपलाई रास्ट्रिय क्रिकेट टिमको क्याप प्रदान गर्दै , साथमा प्रशिक्षक पुबुदु दासानायके

६. बंगलादेश यु-१९ बिश्वकपमा सन्दिपको लेग स्पिनले निकै टर्न लिएपछि कमेन्टेटरहरुले उनलाई बिश्व प्रख्यात लेग स्पिनर शेनवार्नसंग तुलना गरेका थिए। त्यसबखत बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए।

७. यु-१९ बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दिपले २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासंगको आईसीसी बिश्व क्रिकेट लिग म्याचमा नेपाली रास्ट्रिय क्रिकेट टिमको लागि खेल्ने मौका पाएका थिए। त्यसपछि सन्दिप रास्ट्रिय टिमको लागि लगातार खेलीरहेका छन्।

८. रास्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेपछि सन्दिपले हंगकंगलाई घरेलु टि-२० प्रतियोगिता हंगकंग टि-२० ब्लीट्ज २०१६ खेल्न बोलाईएको थियो। त्यहाँ उनले अस्ट्रेलियन पूर्व कप्तान माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए।

Sandeep Lamichhane

९. हंगकंगमा क्लार्कसंग एकै टिममा खेल्न पाएका सन्दिपको प्रदर्शनबाट प्रभावित भएका सन्दिपलाई क्लार्कले अस्ट्रेलियामा खेल्ने प्रस्ताब राखेका थिए।

१०.माइकल क्लार्कको निम्तोमा सन्दिप सेप्टेम्बर २०१६ मा अस्ट्रेलिया पुगेका थिए। अस्ट्रेलिया पुग्ने क्रममा सन्दिपलाई स्वागत गर्न क्लार्क स्वयम् एअरपोर्ट पुगेका थिए। उनलेले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेलेका थिए।

११. साढे २ महिना अस्ट्रेलिया बसाइँको क्रममा सन्दिप लामिछानेलाई क्लार्कले आफ्नो फेसबुक मार्फत प्रत्यक्ष कुराकानी गर्न निम्त्याएका थिए। जुन क्रममा क्लार्कले सन्दिपको निकै प्रशंशा गरेका थिए

Sandeep Lamichhane

१२. सन्दिपलाई २०१६ डिसेम्बरमा श्रीलंकामा सम्पन्न यु-१९ एसिया कपमा नेपाली टिमको कप्तान बनाईएको थियो। त्यसपछि उनले २०१७ एसिया यु-१९ बिश्वकप छनौटमा पनि नेपाली टिमको कप्तानी गरे।

१३. २०१७ यु-१९ एसिया बिश्वकप छनौटमा सन्दिपले ६ खेलमा कुल २४ विकेट लिंदै प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए। २४ विकेट लिंदै उनि नेपालको लागि एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी खेलाडी बन्नपुगेका थिए।

१४. सन्दिपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृस्ट युवा क्रिकेटरहरुको सुचीमा सामेल गरेको थियो।





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]