IPL : ठूलो लक्ष्यका बाबजुद धोनी किन ७ नम्बरमा ब्याटिंगमा आए ? आफैले बताए कारण

मंगलबार राति चेन्नाईले २१७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा धोनीले नम्बर-७ मा ब्याटिंग गर्न आए। किन धोनी माथि ब्याटिंग गर्न आएनन् र त्यति तल ब्याटिंग गर्न आए भन्ने प्रश्न धेरैले गरे। चेन्नाई नवौं ओभरमा ७७/३ को अवस्थामा थिए। त्यो बेला धोनीलाई ब्याटिंग गर्न आउन स्टेज तयार थियो जहाँबाट उनले खेल जिताउन सक्थे र आफ्नो ‘फिनिसर’ परिचय दोहोर्याउने अवसर थियो। तर धोनीले युवा ब्याट्सम्यान रुतुराज गायकवाड र केदार जाधबलाई आफु भन्दा माथि पठाए।

खेल पछि धोनीले आफुले सातौँ नम्बरमा ब्याटिंग गर्नुको कारण बताए। उनले आफू लामो समय देखि ब्याटिंग नगरेकोले अरुलाई मौका दिएको बताए। मुम्बई इन्डीएन्स बिरुद्ध जितमा ब्याटबाट महत्वपूर्ण भूमिका खेलेका स्याम करनलाई पुनः चौथो नम्बरमा पठाइएको थियो। अन्त्यमा फाफ डु प्लेसीले दोश्रो अर्धशतक बनाउने क्रममा ३७ बलमा ७२ रनको उत्कृस्ट इनिंग खेले जुन चेन्नाईलाई जिताउन पर्याप्त रहेन।

“मैले लामो समय देखि ब्याटिंग गरेको थिईन। १४ दिनको क्वारेन्टाइनको कारणले पनि सम्भव भएन। अनि म फरक कुरा पनि प्रयोग गर्न चाहन्थे र स्याम करनलाई अवसर दिए। मसंग प्रयोग गर्ने मौका थियो। लिगको सुरुमै प्रयोग गर्न सजिलो पनि हुन्छ। त्यसले काम गरेन भने तिमि जहिले पनि आफ्नो बलियो पक्ष प्रयोग गर्न सक्छौ।”

धोनीले फाफ डु प्लेसीको तारिफ गरे “स्पिनरहरुले बल सर्ट खेलाइरहेका थिए जुन अवस्थामा फाफले आफूलाई राम्रोसंग परिस्थितिमा ढाले। उनले स्क्वायर लेगलाई वेवास्ता गरे र धेरै लंग अन र लंग अफमा प्रहार गरे। अरु ब्याट्सम्यानले उनिबाट सिक्नुपर्छ ” धोनीले खेल पछि बताए।

धोनीले १७ बलमा अविजित २९ रन बनाए जुन क्रममा अन्तिम ओभरमा स्याम करको दाई टम करनको बलमा लगातार ३ छक्का प्रहार गरे। लक्ष्य पछ्याउने क्रममा यस अघि ओपनर उराली विजय र शेन वाटसनले ६.३ ओभरमा ५६ रनको साझेदारी गरेका थिए। धोनीले टिमलाई त्यो भन्दा राम्रो सुरुवातको खाँचो रहेको बताए –

“२१७ रन लक्ष्य हुँदा हामीले धेरै राम्रो सुरुवातको खाँचो थियो जुन हुन सकेन। स्टिभ र स्यामसनले राम्रो ब्याटिंग गरे। बलरहरुलाई क्रेडिट दिनु पर्छ, मैदानमा धेरै सित थियो।” धोनीले बताए “एक पटक पहिलो इनिंगको खेल हेरे पछि तपाईलाई बलको लेन्थ थाहा हुन्छ। उनीहरुको स्पिनरले राम्रो बलिंग गरे र ब्याट्सम्यानहरुबाट बल टाढा राखे। हाम्रो स्पिनरहरुले पहिलो केहि ओभरहरुमा माथि बल फाल्ने गल्ति गरे। तै पनि पछि हामीले राम्रो कम्ब्याक गरेका थियौं।”

“जे गल्ति गरे पनि हामीले नो बलमा भने कन्ट्रोल गर्न सक्थ्यौ , बिपक्षीले कसरी ब्याटिंग गर्न सक्छन् कन्ट्रोल गर्न सक्दैनौ। २०० सम्ममा हामीले रोक्न सकेको भए खेल राम्रो हुने थियो।”

राजस्थान रोयल्स कप्तान स्टिभ स्मिथले पहिलो जितपछि अन्तिममा जोफ्रा आर्चर र सन्जु स्यामसनको तारिफ गरे –

“अन्तिममा जोफ्राले गजबको हिटिंग गरे। संजु स्यामसन सबै बललाई छक्का हिर्काउन खोजेको जस्तो देखिन्थे। धोनी र फाफले पनि राम्रो गरे तर अन्ततः जित हाम्रो पक्षमा छ। संजु गजबको थिए , मैले उनलाई स्ट्राइक दिने काम गरे। यो इनिंग पछि उनले गजबको आत्मविश्वास पाएका छन्। यो महत्वपूर्ण थियो कि बलरहरुले सिधा प्रहार रोक्नु पर्थ्यो त्यसैले पछाडीको लेन्थमा बल फाल्नु जरुरि थियो। स्पिनरहरुले राम्रो लेन्थमा बलिंग गरे। श्रेयस गोपालले राम्रो गरे। दुबईको मैदान निकै ठुलो छ। मैले यहाँ अभ्यास गरेकी थिईन। म पहिलो पटक यहाँ आएको हुन्।” स्मिथले खेल पछि बताए।

३२ बलमा ९ छक्का प्रहार गर्दै ७४ रन बनाउदै खेलको प्लेयर अफ द म्याच चुनिएका संजु स्यामसनले आफ्नो खेल पावर हिटिंग रहेको बताए – “मेरो बलियो पक्ष पावर हिटिंगनै हो त्यसैले म आफ्नो फिटनेस र बलियो बनाउन मेहनत गरिरहेको छु। म संग ५ महिना मेहनत गर्ने अवसर थियो। मलाई लाग्छ रेन्ज हिटिंग अहिलेको पुस्ताबाट खेलले चाहन्छ।” उनले बताए।

युएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाउन सकेको थियो।

चेन्नाईले आगामी खेल दिल्ली क्यापिटल्ससंग सेप्टेम्बर २५ मा तथा राजस्थानले सेप्टेम्बर २७ मा किंग्स-११ पन्जाब बिरुद्ध खेल्नेछ।

क्यान बैठकको ९ निर्णय, डिसेम्बरमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने

क्यानद्वारा पुरुष र महिला खेलाडीको नयाँ वर्गीकरण ( कसले कति तलव पाउनेछन् )

देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]