यु-१९ टिममा किन राखिएन सन्दिप, दिपेन्द्र र रोहितलाई ?

Dipendra Airee, Sandeep Lamichhane, Rohit Paudel
  • विकेटनेपाल, भदौ २६ – मंगलबार 

भारत र अफगानिस्तानको १९ बर्ष मुनिको टिम सहभागी चौदिवसिय एकदिवसीय सिरिज खेल्न नेपाली अन्डर-१९ टिम अहिले भारतको लखनउमा छ। लखनउमा नेपालले सिरिजको पहिलो खेलमा बुधबार भारत यु-१९ ( बि ) संग पहिलो खेल खेल्नेछ भने सेप्टेम्बर १४ मा भारत यु-१९ ( ए ) तथा सेप्टेम्बर १६ मा अफगानिस्तान यु-१९ संग खेल्दैछ।

बिश्वकप बिजेता भारतीय यु-१९ टिम र एसिया कपको बिजेता अफगानिस्तान जस्तो ठुलो देशसंग नेपाली युवा टिमले सिरिज खेल्ने मौका पाउदा उमेरले खेल्न भ्याउने भए पनि राष्ट्रिय टिममा नियमित रहेका खेलाडीहरु दिपेन्द्र ऐरि, सन्दिप लामिछाने र रोहित पौडेल भने टिममा छैनन्।

हाल सन्दिपको उमेर १८ बर्ष ४० दिन, दिपेन्द्रको १८ बर्ष २३० दिन रहेको छ भने रोहित पौडेलको १६ बर्ष ९ दिन रहेको छ।

Rohit Paudel
Rohit Paudel

यसै साता घोषणा गरिएको टिममा राष्ट्रिय टिमको लागि खेलीसकेका आसिफ शेखले कप्तानी गर्दैछन् भने टिममा यस अघि यु-१९ टिमबाट खेलीसकेका खेलाडीहरु आसिफ शेख, पवन सर्राफ, किशोर महतो, भिम शार्की,कमल सिंह ऐरि, सन्दिप जोरा, रासिद खान जस्ता खेलाडीहरु रहेका छन्। १५ सदस्यीय टिममा रहेका रभी शाह , त्रित राज दास, रित गौतमले यु-१६ टिमबाट खेलीसकेका छन् भने बिपिन रावल, लोकेश बम, सागर ढकाल, अरुण ऐरि र मोहम्मद संसाद आलम ट्यालेन्ट हन्टबाट आएका हुन्।

किन छैनन् दिपेन्द्र, सन्दिप र रोहित ? 

उमेरले खेल्न भ्याउने भए पनि टिममा स्टार खेलाडीहरु नराखिएको बारे प्रशिक्षक बिनोद दासले भारत जानु अघि विकेटनेपालसंग कुराकानी गर्दै नयाँ खेलाडीहरुलाई अवसर दिन यस्तो कदम चालेको बताएका छन्-

“सिनियर खेलाडीहरु रोहित, सन्दिप र दिपेन्द्रलाई अहिले स्थान दिएका छैनौ। नयाँ खेलाडीहरुले अवसर पाउनु पर्छ भन्नको लागि र उनीहरुले पनि आफ्नो स्थान दाबि गर्न पाउन भन्ने हिसाबले टिमको छनौट गरेका हौँ”

दासका अनुसार सिरिजमा नेपाललाई कुनै दबाब नरहेको तथा उपाधि जित्ने र कुनै प्रतियोगितामा छनौट हुन नपर्ने हुँदा उनीहरुको स्थानमा अन्य नयाँ खेलाडीहरुलाई मौका दिईएको हो-

“हामीलाई कुनै प्रतियोगितामा छनौट हुन छैन। बिश्वकप छनौट जस्तो महत्वपूर्ण प्रतियोगिताको बेलासम्मको लागि म धेरै खेलाडीहरु देख्न चाहन्छु त्यही भएर ३ जनालाई ठाउँ नदिएको हो र हेरौं हामि उनीहरु बिना पनि टिम तयार गर्नेछौं”

Binod Das
Binod Das

प्रतियोगिता जित्नु भन्दा यु-१९ स्तरमा क्रिकेटरहरु उत्पादन हुनु नेपालको भबिष्यमा क्रिकेटर उत्पादनको लागि महत्वपूर्ण हुने बिश्वास दासले ब्यक्त गरे-

“उनीहरु ( दिपेन्द्र, सन्दिप, रोहित ) सिनियर टिमको लागि खेलीरहेका छन् र मेरो लागि यु-१९ एसिया कपनै जिते पनि हामीलाई यसले सहयोग गर्दैन। अफगानिस्तानले एसिया कप जित्यो तर त्यो जितले उनीहरुले टेस्ट मान्यता पाएको हैन, मान्यता सिनियर टिमको प्रदर्शनले पाएको हो।”

राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान दासले यसै महिनाको ( सेप्टेम्बर ) अन्तिम साता देखि बंगलादेशमा सुरु हुने एसिया कपमा पनि दिपेन्द्र, सन्दिप, रोहितलाई मौका नदिने पनि स्पस्ट पारे।

“मेरो लागि पनि चासो सिनियर क्रिकेट हो त्यसैले यदी मैले यु-१९ स्तरमा क्रिकेटरहरु उत्पादन गर्न सके, जसले सिनियर क्रिकेटलाई सहयोग गर्न सकोस त्यो फलदायी हुनेछ कुनै प्रतियोगिता जित भन्दा। आशा गरौँ यो टुर र एसिया कप पछि हामीसंग ३०-३५ जना खेलाडीहरु पुलमा हुनेछन् जो सबैले राष्ट्रिय टिमको ढोका ढक्ढक्याउने छन्”

भारत सिरिजमा अफगानिस्तान र भारतसंग खेल्ने स्तरको छौँ भन्ने प्रमाणित गर्नु आफ्नो उद्देश्य रहेको दासले बताए। सिरिजमा गरेको प्रदर्शनको आधारमा एसिया कप खेल्ने टिममा ३-४ वटा परिवर्तन गर्न सक्ने उनले खुलाए।

हरि चौहान किन परेनन् ? 

यसै बर्षको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शतक र ह्याट्रिक समेत एकै खेलमा लिएका हरि चौहानलाई टिममा नराखिएको बारे प्रश्नमा दासले उनले बन्दसत्रमा गरेको खराब प्रदर्शनलाई दोष दिएका छन्-

“हरि चौहान जस्तो खेलाडी जसले पीएम कपमा शतक प्रहार गरेको थियो उसलाई हामीले ८-९ पटक अवसर दियौं, उसले एउटा इनिंगमा पनि ३०-३५ रन भन्दा माथिको रन बनाउन सकेन। उसलाई नेटमा पनि अवसर दियौं तर नेटमा पनि उसले भन्दा अन्य खेलाडीहरुले राम्रो गरे त्यसैले अहिले बाहिर राखेका छौँ तर त्यसो भन्दा भन्दै हामीले उसलाई पर्याप्त अवसर दिएका छौँ उसलाई सुधार गर्नको लागि।”

भिडियो  कुराकानी

भारत चौदिवसिय सिरिजको लागि नेपाली टिम – आसिफ शेख ( कप्तान ) त्रित राज दास, रभि शाह , बिपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, राशिद खान, भिम शार्की, कमल सिंह ऐरी, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद संसाद आलम ( प्रशिक्षक – बिनोद दास, सहायक प्रशिक्षक – मनोज कटवाल )

सिरिजमा नेपालको खेल तालिका –

सेप्टेम्बर १२ : नेपाल यु-१९ Vs भारत यु-१९ ( बि )
सेप्टेम्बर १४ – नेपाल यु-१९ Vs भारत यु-१९ ( ए )
सेप्टेम्बर १६ – नेपाल यु-१९ Vs अफगानिस्तान यु-१९
सेप्टेम्बर १८ – फाइनल र प्ले-अफ ( तेश्रो र चौथो )





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]